top of page

न्यू योर्ककि साहित्यकार लक्ष्मी श्रेष्ठको ‘तिमीलाई नसम्झेको’ म्यूजिक भिडियो सार्वजनिक


न्यू योर्ककि साहित्यकार लक्ष्मी श्रेष्ठले आफ्नो गीतको म्युजिक भिडियो ‘तिमीलाई नसम्झेको’ युट्युब च्यानलबाट सार्वजनिक गरेकीछिन् ।उक्त म्यूजिक भिडियोमा नेपालका वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत र नेपाल आईडलबाट चर्चित गायक प्रताप दासको सुमधुर स्वर रहेको छ भने न्यू योर्कका नवोदित कलाकारद्वय ह्यान्सी रावर मुना नेपालीको जीवन्त अभिनय रहेको छ ।

म्यूजिक भिडियो हेर्नुहोस्:

म्यूजिक भिडियोको छायाङ्कन, सम्पादन तथा निर्देशन ओम कर्माचार्यले गरेका छन् भने सहायक छायाङ्कन अभिशेक कर्माचार्यको रहेको छ ।

न्यू योर्क शहरमा पेशाले ब्यांकर अर्थात दिनहूँ करोडौं अमेरिकी डलरको ट्रान्ज्याक्सन ह्याण्डल गर्ने बैंकिंग सेवामा संलग्न नेपाली छोरी लक्ष्मी श्रेष्ठको आफ्नो पहिलो कविता संग्रह 'ढुकढुकीमा सुन्दरीजल" (२०१७) र “तिम्रो सम्झनामा” (२०२०) प्रकासित छन्।

0 comments

Comments


bottom of page