top of page

न्यू योर्कमा मगरहरूले राष्ट्रिय पर्व माघे संक्रान्ति मनाए, जर्सी सिटीद्वारा सहर घोषणापत्र (city proclamation) बाट सम्मान



Special: न्यू योर्क- मगर संघ अमेरिका न्यू योर्क च्याप्टरले नेपालका सबैभन्दा ठूलो जनसंख्या भएको आदिवासी मगरहरूको राष्ट्रिय पर्व माघे संक्रान्ति धुमधामसंग मनाएकोछ। सोही समारोहमा जर्सी सिटी सहरका मेयर स्टिभन फुलपद्वारा मगर संघ अमेरिकाले विगत दुई दशकमा सामाजिक कार्यमा पुर्याएको योगदानको कदर गर्दै सहर घोषणापत्र (city proclamation) बाट सम्मान गरेकाछन्। मगर समुदायको माघे संक्रान्तिलाई नेपाल सरकारले बि.सं. २०६५ सालमा राष्ट्रिय चाडको रुपमा मान्यता प्रदान गरेको हो ।


न्यू योर्क सहरमा जनवरी १२ तारिख शनिवार आयोजित माघे संक्रान्ति समारोह नेपाल सरकारको कार्यवाहक महावाणिज्यदूत विष्णुप्रशाद गौतमको प्रमुख आतिथ्य र मगर संघ अमेरिका न्यू योर्क च्याप्टरको अध्यक्ष अमृत रोका मगरको सभापतित्वमा सम्पन्न भएको थियो।



सहर घोषणापत्र (city proclamation) बाट सम्मान


समारोहमा जर्सी सिटी सहरका मेयर स्टिभन फुलपद्वारा मगर संघ अमेरिकाले विगत दुई दशकमा सामाजिक कार्यमा पुर्याएको योगदानको कदर गर्दै सहर घोषणापत्र (city proclamation) बाट सम्मान गरे। सो सहर घोषणापत्र जर्सी सिटी सहरका मेयरका सल्लाहकार डा. विष्णुमाया परियारले मगर संघ अमेरिकाका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेकीथिईन्।



मेयर फुलपले आफ्नो सहर घोषणापत्र (city proclamation) मा भनेकाछन्ः


Proclamation

City of Jersey City recognizes

Magar Association USA, Inc.


WHEREAS, the City of Jersey City is proud to recognize Magar Association USA, Inc., on Saturday January 13, 2024; and


WHEREAS, Magar Association USA, Inc., formerly known as "Langhali Association USA, Inc.," has played a pivotal role in preserving the rich Magar ethnic culture and tradition in the United States for the last two decades; and


WHEREAS, this non-profitable, non-political, charitable, humanitarian, and social organization was established in New York City on March 28, 2004, officially registered in the state of New York on August 30, 2004, and subsequently renamed "Magar Association USA, Inc.," in October 2010; and


WHEREAS, Magar Association USA, Inc., has demonstrated unwavering commitment to fostering the unity of Magar's who migrated to the United States, ensuring the transmission of cultural values to succeeding generations born in this country; and


WHEREAS, the association has been a beacon of community service, organizing diverse social and cultural activities; and


WHEREAS, the Magar indigenous peoples, recognized as the largest ethnic group in Nepal, have contributed significantly to the cultural fabric of our city and the nation, embodying traits of hard work, honesty, and bravery; and


NOW, THEREFORE, BE IT RESOLVED THAT I, STEVEN M. FULOP, MAYOR of the City of Jersey City, do hereby proclaim our gratitude and recognize Magar Association USA, Inc., for its impactful social work and dedication to preserving and promoting the Magar ethnic culture.


IN WITNESS WHEREOF, I have set my hand and the Seal of the Office of the Mayor on this 13th day of January in the Year of Our Lord, Two Thousand-Twenty Four


STEVEN M. FULOP

MAYOR”


सोही अवसरमा न्यू योर्क राज्य एसेम्बली सदस्य स्टिभन रागाले पनि न्यू योर्क राज्य कदरपत्रद्वारा मगर संघ अमेरिकालाई सम्मान गरेका थिए।



विविध साँस्कृतिक साँझ


उक्त साँस्कृतिक साँझमा परम्परागत मगर लोकगीतसंगीत र लोकनृत्यहरू सोरठी, कौडा/कौरा (चुट्का), झ्याउरे, टप्पा, सालैजो, लोक दोहोरी गीतका साथै लिम्बूहरूको धान नाँच र परम्परागत नौमति पन्चे बाजाको प्रस्तुति रहेको थियो।



साँस्कृतिक साँझको शुभारम्भ नौमति पन्चे बाजाको मीठो धुनबाट शुरू गरिएको थियो। कलाहरू अमृत रामदाम, रोशन पुन मगर, पदम पुन मगर, टेकमिलन पुन मगर, दिल पुन मगर, ज्ञान पुर्जा पुन मगर, पूर्ण छन्त्याल, भिजन मगर, टिका छन्त्याल र एकेन्द्र मल्ल रहेका थिए।


त्यसैगरी, सोरठी नृत्यका कलाकारहरूमा सुनिल रोका मगर, श्याम पुन मगर, सन्जु दर्लामी मगर र शर्मिला राना मगर रहेका थिए।


त्यसैगरी, बसन्त डान्स सेन्टरका नृत्य निर्देशक विजयमान नकर्मीको कोरियोग्राफीमा प्रस्तुति रहेको सालैजो नृत्यका कलाकारहरूमा सोनाम शेर्पा, कर्मा शेर्पा, हिमाल पुन मगर, समर राना मगर, जिंगमी लामा र बृहति हमाल रहेका थिए।



लाईभ कौरा गीति नृत्यमा कलाकारहरू गायनतर्फ दिपेन्द्र आले मगर, टेकमिलन पुन मगर, श्याम पुन मगर, रोशन पुन मगर, सुरेश पुन मगर, सुनिल रोका मगर, कुमार खाम्सा मगर, तेकमान गल्ठेन र अमृत रोका मगर रहेका थिए भने नृत्यतर्फ पेमिका पुन मगर, सन्जु दर्लामी मगर, शर्मिला राना मगर, सृजना रोका मगर, रोजिना पुन मगर, बृहति हमाल, मारिया छन्त्याल र करूणा रोका मगर रहेका थिए।


त्यसैगरी बसन्त डान्स सेन्टरका नृत्य निर्देशक विजयमान नकर्मीको कोरियोग्राफीमा प्रस्तुति रहेको कौरा नृत्यका कलाकारहरूमा बच्चा टोलीः दिक्षा राना मगर, सृजना रोका मगर, रोजिना पिन मगर, बृहति हमाल, मारिया छन्त्याल, करूणा रोका मगर, प्रेमीका पुन मगर, प्रिति गुरूंग, डायमण्ड, सुदिप रोका मगर र हिमाल पुन मगर; कन्या टोलीः स्मृति बुढा मगर, सृष्टि रोका मगर, श्री मोक्तान, फिनिक्स राना मगर, सन्जु दर्लामी मगर र हांगछुमा कुलुंग राई; आमा टोलीः प्रितिमाया पुन मगर र मेघा पुन मगर रहेका थिए।


लोकनृत्य टप्पाका कलाकारहरूमा रेन्जु छन्त्याल, स्मृति बुढा मगर, सृष्टि रोका मगर, श्री मोक्तान, हांगछुमा कुलुंग राई र शर्मिला राना मगर रहेका थिए।


झ्याउँरे र अन्य लोकनृत्यहरूका कलाकारहरूमा फिनिक्स राना मगर, हांगछुमा कुलुंग राई, निरजन तामांग, सुशील तामांग, रेन्जु छन्त्याल, दिपा थापा मगर, सुनिल घर्ती मगर र सबिन पुन मगर रहेका थिए।

लिम्बु कोशेली नृत्य याः लांग (धान नाँच) का कलाकारहरूमा लीला सिंगक लिम्बु, रूपा ओक्तुहाँग याक्खा, प्रेम मेन्यांग्बो, कविन वनेम, सरोज थांदेन, बिमल चेम्जोंग, प्रिति पुन मगर, राममाया बुडुजा, राम सोदेम्बा लिम्बु र सन्ध्या कन्दंबा रहेका थिए।


त्यसैगरी, गुरूंग कोशेली नृत्यका कलाकारहरूमा शिला गुरूंग, ईभा गुरूंग श्रेष्ठ र आर्या डोल्मा रहेका थिए।

लोकदोहोरी गायनका कलाकारहरूमा गायनतर्फः संगिता थापा मगर, दुलिप श्रिस मगर, आशा पुन मगर, दिपसागर बुढा मगर, बिना बुढा मगर, राजेश बुढा मगर, बिना छन्त्याल र दिपेन्द्र आले मगर; बाध्यवादनतर्फः टेकमिलन पुन मगर (मादल), रोशन पुन मगर (गिटार), सीबी पाईजा मगर (हार्मोनियम), राम सिंह (बासुरी), बिजन पुन मगर (बेस मादल), दिपेन्द्र आले मगर (सारंगी) र सागर बैजु (अक्टोप्याड) रहेका थिए।

एकल गायन प्रस्तुति गर्ने कलाकारहरूमा जगदिश समाल मगर, संगिता थापा मगर, बिना बुढा मगर, दिपेन्द्र आले मगर, बिना छन्त्याल र आशा पुन मगर रहेका थिए।


साँस्कृतिक साँझमा सात सयभन्दा बढी पाहुनाहरूको उपस्थिति रहेको थियो। साँस्कृतिक साँझको संचालन दिलिप श्रीस मगर र प्रतिभा पुन मगरले गरेका थिए।


माघे संक्रान्ति मगर संघ अमेरिकाको सातवटा च्याप्टरहरूले मनाउँदैछन् भने विश्वभरका मगरहरूले घरघरमा सेल रोटी, तरूल, बारा रोटी, घरपाला रक्सीलगायत परिकार खाएर मनाउने गर्दछन्। माघे संक्रान्ति मगरहरूले दिवंगत भैसकेका पूर्वज र परिवारभित्रका दिवंगत सदस्यहरूको सम्झनामा खिच्रो चढाएर (पिण्ड दिएर) मनाईने चलन पनि रहेकोछ।


माघे संक्रान्ति नेपालका अन्य समुदायले पनि धुमधामसंग मनाउने चलन छ।


0 comments
bottom of page