top of page

मिडिया ईन्डोर्समेन्ट: बाईडेनलाई १०३ अमेरिकी दैनिक, ट्रम्पलाई ७ समर्थन, माईनोरिटी मिडिया बाईडेन पक्ष



Exclusive: राष्ट्रपति ट्रम्पको गोरावादी, रंगभेदी बिभाजनको नीति, कोरोना महारोगप्रतिको विज्ञानबिरोधी हेलचेक्र्याई र अमेरिकालाई विश्व राजनैतिक र आर्थिक सहकार्यबाट अलग्याउने एकलकाँटे, अन्धराष्ट्रवादी नीतिले देश र जनतालाई डुबाउने मात्र हैन, अमेरिकी डेमोक्रेसी (प्रजातन्त्र) को मूल्यमान्यताको अस्तित्वनै समाप्त हुने देखेपछि यतिखेर बहुसंख्यक अमेरिकी मिडियाले राष्ट्रपतिका उम्मेदवार जोय बाईडेनलाई ईन्डोर्स (समर्थन) गरेकाछन्। बाईडेनलाई १०३ अमेरिकी दैनिकले सम्पादकीय र प्रकासकीय तहबाट ईन्डोर्स गरेको घोषणा गरेकाछन् भने ट्रम्पलाई ७ दैनिकले मात्र ईन्डोर्स गरेकाछन्। जोय बाईडेनलाई दैनिक, साप्ताहिक र अन्य मिडिया गरी १९४ अमेरिकी मिडियाले ईन्डोर्स गरेकोछ भने राष्ट्रपति ट्रम्पलाई १० वटा मात्र मिडियाको समर्थन रहेकोछ। त्यसैगरी, आप्रवासी (ईमिग्रेन्ट) समुदायबाट संचालित अधिकांश माईनोरिटी मिडियाले बाईडेनकै पक्षमा समर्थन जाहेर गरेकाछन्। नेपालिजम डट कमले बाईडेनकै पक्षमा ईन्डोर्समेन्ट जारी गरिसकेकोछ।यसैबिच, एसियन अमेरिकन एक करोड १० लाखले सन् २०२० को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा मतदान गर्दैछन् र अधिकांश एसियन अमेरिकन अगुवाहरूले बाईडेनलाई समर्थन गरिसकेकाछन्।


अक्टोबर १६, २०२० मा विश्व प्रसिद्ध पत्रिका न्यू योर्क टाईम्सको सम्पादकीय बोर्डले जोय बाईडेनलाई समर्थन गर्दै विशेष सम्पादकीयको शुरूमै भनेको छ: “डोनाल्ड ट्रम्पको पुन:निर्वाचितको लागि शुरू गरिएको निर्वाचन अभियानले अमेरिकी प्रजातन्त्रमाथि दोश्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भएकोछ“ (Donald Trump’s re-election campaign poses the greatest threat to American democracy since World War II.”)-The New York Times, October 16, 2020 । लिंक: https://www.nytimes.com/interactive/2020/10/16/opinion/donald-trump-worst-president.html


अर्को प्रतिष्ठित अमेरिकी मिडिया युएसए USA Today ले आफ्नो ३८ वर्षको ईतिहासमा यो वर्ष पहिलो चोटी राष्ट्रपति उम्मेदवार जोय बाईडेनलाई ईन्डोर्स गरेकोछ भने विश्व प्रसिद्ध पत्रिका The Economist (UK) र The Guardian (UK) ले जोय बाईडेनलाई ईन्डोर्स गरेकोछ।

विकिपिडियामा अपडेट गरिएअनुसार अमेरिकी मिडियाको ईन्डोर्समेन्ट यस्तो रहेकोछ:


जोय बाईडेनलाई ईन्डोर्समेन्ट:

दैनिक पत्रिका: १०३

(The New York Times, USA Today, Washington Post, Los Angelos Times, Seatle Times, Chicago Tribune, The Baltimore Sun,, Boston Globe, USA Today, The Star-Ledger, etc)

साप्ताहिक: ५१

कलेज र विश्वविद्यालयको पत्रिका: २७

म्यागाजिन: ८

(The New Yorker, The Nation, Rolling Stone, The Atlantic)

साईन्टिफिक जर्नल: २

(Nature, The Lancent Oncology)

माईनोरिटी मिडिया: ८+

(Black Voice News, Gay City News, South Florida Caribbean News, Northwest Asian Weekly, Washington Jewish Week, New York Carib News, Caribbian National Weekly, The Arab American News)

अन्य मिडिया: ३+

जम्मा अमेरिकी मिडिया: ११४

विश्व प्रसिद्ध पत्रिका (अमेरिका बाहिर):

(The Guardian, The Economist, Solidarity)


डोनाल्ड ट्रम्पलाई ईन्डोर्समेन्ट:

दैनिक पत्रिका: ७

(Las Vegas Review-Journal, New York Post, Boston Herald)

साप्ताहिक: २

(The Jewish Voice, The Jewish Press)

कलेज र विश्वविद्यालयको पत्रिका: 0

म्यागाजिन: १

(Washington Examiner)

साईन्टिफिक जर्नल: 0

अन्य मिडिया: 0

जम्मा अमेरिकी मिडिया: १०

विश्व प्रसिद्ध पत्रिका (अमेरिका बाहिर): 0


0 comments
bottom of page