Exclusive: अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरमा हड्सन स्पिक्स र नेपाली संस्थाहरूको सहआयोजनामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएकोछ। मानसिक स्वास्थ्य क्षेत्रका विज्ञहरूले नेपाली अमेरिकन समाजमा बिकराल बन्दै गएको यो अदृश्य मनोरोगको पहिचान र निदानबारे जानकारी गराएका थिए। सय जनाभन्दा बढी सहभागी शिविरको सह-आयोजकमा ट्रेनिंग एक्सेस प्रोग्रेस (ट्याप दि अपरिचुनिटी डट अर्ग), वुमन फर कज (डब्लुयूएफसी), हड्सन स्पिक्सको साउथ एसियन प्रयास- बोलो बहन र हड्सन स्पिक्सकै हिस्पानिक प्रयास- भोसेस सुन फ्रोन्टारेस (भ्वाईसेस विथआउट बोर्डर) रहेका थिए।
आयोजक संस्था हड्सन स्पिक्सकि कार्यक्रम निर्देशक डा. विष्णुमाया परियारले स्वागत मन्तव्य दिदै दक्षिण एशियाली अमेरिकी समुदायमा मानसिक स्वास्थ्यको महत्वबारे चर्चा गरेकी थिईन्। हड्सन स्पिक्सले समुदायमा यौन हिंशा, घरेलु हिंशाको विरूद्धमा परियोजनाहरू गर्नुकासाथै मानसिक स्वास्थ्य संचेतना कार्यक्रमहरू संचालन गरिएको बताईन्।
शिविरका प्यानेलिस्टहरूमा मानसिक स्वास्थ्य विज्ञहरू दिनेश श्रेष्ठ, दीपक चौधरी र मित्सु पुरी रहेका थिए।
मानसिक स्वास्थ्य परामर्शदाता दिनेश श्रेष्ठले मानसिक स्वास्थ्यमा गडबडी भएमा चिन्ता, डिप्रेसन, आत्महत्या जस्ता घटना घट्ने बताउँदै यसको लक्षण र रोकथामका उपायहरूबारे मन्तव्य राखे। उनी माईण्ड थेरापी टेक्सासका मानसिक स्वास्थ्य परामर्शदाता हुन्। उनले काउन्सेलिंगमा M.Sc. गरेकाछन् भने LPC (Licensed Professional Counselor), LCDC
(Licensed Chemical Dependency Counselor) पनि हुन्।
त्यसैगरी, परामर्शदाता दीपक चौधरीले एशियाली समुदायको ऐतिहासिक परिचय दिंदै एशियाली समुदायमा मानसिक स्वास्थ्यको समस्याबारे चर्चा गरे। उनी न्यू योर्क सहरको डिपार्टमेंट अफ हेल्थ एण्ड हाईजिनको कम्युनिटी ईगेजमेण्ट एण्ड ट्रेनिंग स्पेसलिस्ट हुन्। उनले न्यू योर्क विश्वविद्यालयबाट एमपिए गरेकाछन्।
परामर्शदाता मित्सु पुरीले मानसिक स्वास्थ्य सम्बन्धी उपयोगी स्रोतहरूबारे जानकारी गराउँदै मानसिकरूपमा स्वास्थ्य रहने ध्यान साधना गराईन्। उनी न्यू योर्क सहरको डिपार्टमेंट अफ हेल्थ एण्ड हाईजिनको कम्युनिटी ईगेजमेण्ट एण्ड ट्रेनिंग स्पेसलिस्ट हुन्। उनले कोलम्बिया विश्वविद्यालयबाट साईकोलोजीमा मास्टर्स गरेकीछिन्।
शिविरमा अतिथि वक्ताहरूमा जर्सी सिटी सहरकि हेल्थ एण्ड ह्युमन सर्भिसेस विभागकि डाइरेक्टर प्रोफेसर स्टेसी फ्लानागन, सोही विभागकी केशर ह्यारिस, त्रिवि टिचिंग हस्पिटल काठमांडूको नेपाल पोईजन ईन्फर्मेसन सेन्टरका प्रमुख डा राकेश घिमिरे र युएसएड नेपालकी पूर्व डेमोक्रेसी, राईट्स एण्ड गभर्मेण्ट स्पेसलिस्ट सुमित्रा मानन्धरले सम्वोधन गर्दै मानसिक स्वास्थ्यको महत्वबारे चर्चा गरेका थिए।
वुमन फर कजकी पूर्व अध्यक्ष रेणु शर्माले मानसिक स्वास्थ्य शिविरको आवश्यकतामाथि प्रकाश पार्दै समुदायले संचेतनाको लागि पहल गर्नु पर्ने कुरामा जोड दिईन्।
हड्सन स्पिक्सका आईटी परामर्शदाता एवं ट्रेनिंग एक्सेस प्रोग्रेस (ट्याप दि अपरिचुनिटी डट अर्ग) का संस्थापक सदस्य प्रदीप परियार थापाले प्यानेलिस्टहरूको परिचय र मानसिक रोगबाट प्रभावितबारे तथ्यांक प्रस्तुत गरेका थिए भने हड्सन स्पिक्सकी यौन हिंशा विरूद्धको एड्भोकेट, वुमन फर कजकी सचिव एवं रजिस्टर नर्स आसिका कँडेलले शिविरको सन्चालन गरेकी थिईन्।
शिविरमा कलाकार बसन्ती राई र कोरियोग्राफ़र शिव विकले परम्परागत नेपाली नृत्य र जारा रीत प्रसाईले गीत प्रस्तुति गरेका थिए।
हार्वार्ड विश्वविद्यालयको एक रिपोर्ट (२०२३) मा प्रस्तुत नेसनल इन्स्टिट्यूट अफ मेन्टल हेल्थको तथ्यांक अनुसार अमेरिकी कूल जनसंख्याको हरेक पाँच जना मध्ये एक जनामा मानसिक रोग हुने गरेको बताईएकोछ। अर्थात, ५८ मिलियन (पाँच करोड असी लाख) जनता मानसिक रोगबाट पीडित र प्रभावित छन्। नेपाली अमेरिकन समाज पनि यो रोगबाट प्रभावित छ।
अमेरिकी सरकारी दातृसंस्था यएसएडका अनुसार विश्वका ८० प्रतिसत मानसिक रोगबाट पीडितहरूलाई मानसिक रोगको उपचार अत्यन्त न्यून र छँदैछैन। संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठनको सन् २०१९ को तथ्यांक अनुसार विश्वमा ९७० मिलियन (९७ करोड) जनता मानसिक रोगबाट पीडित छन्।
“In 2019, 970 million people globally were living with a mental disorder, with anxiety and depression the most common.” Source: https://www.who.int/health-topics/mental-health#tab=tab_1
“An estimated 58 million American adults — more than one in five — live with a mental illness such as anxiety, depression, bipolar disorder, post-traumatic stress disorder, or obsessive-compulsive disorder, among others. And more women than men receive treatment such as medication or counseling for such an issue, according to the National Institute of Mental Health.” Source: https://www.health.harvard.edu/mind-and-mood/blasting-through-mental-health-misperceptions
“Worldwide, more than 80 percent of individuals with mental health conditions have little or no access to the care they require.” Source: https://www.usaid.gov/inclusivedevelopment/mental-health
Comments