top of page

विश्वभर नेपालका प्रथम शहीद लखन थापा मगर स्मृति दिवस सम्पन्न



Exclusive: नेपालका प्रथम शहीद लखन थापा मगर स्मृति दिवस (फागुन २) विश्वभर मनाईएकोछ।प्रथम शहीद थापाको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो ।प्रथम शहीद थापालाई जहाँनिया राणा शासनको बिरोध गर्दा श्री ३ जंगबहादुर राणाको ठाडो आदेशमा १४४ बर्ष अघी बिसं १९३३ (सन् १८७६) फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा झुन्ड्याई मारिएको थियो। नेपाल सरकारले प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्रीत्व कालमा सन् २०१५ को सेप्टेम्वर २० तारिख (२०७२ असोज ३ गते) बसेको मन्त्रिपरिषदको बैठकले लखन थापा मगरलाई नेपालको प्रथम शहीदको मान्यता प्रदान गरेको हो। नेपाल सरकार हुलाक बिभागद्वारा सन् २०१६ को नोवेम्बर १ तारिख (मंसिर १ गते) रू.१० को नेपालका प्रथम शहीद लखन थापा मगरको तस्वीर अंकित प्रथम हुलाक टिकट जारी गरेको छ। सूचना तथा सञ्चार मंत्री सुरेन्द्र कार्कीले प्रथम शहीद लखन थापामगरको प्रथम दिवसीय आवरण (First Day Cover) हुलाक टिकटमा टाँचा लगाई प्रथम हुलाक टिकट जारी गरेका थिए।


The first authoritative imaginative historical portrait of Nepal's first martyr Lakhan Thapa Magar was drawn by Tek Bir Mukhia which was first commissioned & published in 1992 by Laaphaa magazine (Editor-in-Chief Pradeep Thapa Magar) which was based on historical research. This image is widely circulated worldwide and adopted in Nepal Government’s official stamp. First preliminary sketch was drawn of first martyr Thapa by Deb Lal Moktan for Kairan magazine in 1992 (Editor-in-Chief Amrit Yonjan Tamang).


प्रथम शहीद लखन थापा मगरको पुरा र अर्ध कदको सालिक देशभरका बिभिन्न स्थानमा प्रतिस्थापन गरिएकोछ। सामाजिक अभियन्ता संजोग लाफा मगरका अनुसार ०६२/६३ को जनआन्दोलनपछि राजा, महाराजाको फोडिएको सालिक विस्थापन गरिएको स्थानमा लखन थापा मगरको सालिक निर्माण गरिएकोछ। प्रथम शहीद थापाको सालिक उनको जन्मस्थल गोर्खा जिल्लाको बुंगकोट भंगार, कास्की जिल्लाको पोखारा बजारको पृथ्वीचौक, रूपन्देही जिल्लाको बुटवल बजारको चौराहा, गोर्खा जिल्लाको गोर्खा बजार, धादिंग जिल्लाको बेंशी शहर, दांग जिल्लाको घोराही बजारमा प्रथम शहीद पार्क, पाल्पा जिल्लाको तान्सेन बजार, झापा जिल्लाको गजुरमुखी, बुटबल बजारको फूलबारी पार्क, काठमाडौं गोकर्णेश्वर–९ मा सहिद तथा शान्तिपार्क, हेटौँडा जिल्लाको लखन बाटिका, रुपन्देही जिलेलाको तिलोत्तमा वन वाटिकामा लखन पार्क र प्रथम शहीद लखन थापा मगरको सालिक निर्माण गरिएकोछ।

गोर्खा जिल्लाको एउटा गाउँपालिकाको नामाकरण शहीद लखन थापा गाउँपालिका नामकरण गरिएको छ।

0 comments
bottom of page