top of page

न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १४५ औं स्मृति दिवस सम्पन्न


Exclusive: नेपालका प्रथम शहीद लखन थापा मगर स्मृति दिवस (फागुन २) अमेरिकाको न्यू योर्क सहरबाट भर्चुवलरूपमा मनाईएकोछ। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) ले कोरोना महामारीको कारण आयोजना गरेको भर्चुवल स्मृति समारोहमा अतिथि वक्ताहरूले प्रथम शहीद थापाको योगदानको चर्चा गर्दै सरकारको उदासिनताको आलोचना गरेका थिए। समारोह फिप्ना महासंघका अध्यक्ष राज कुमार विष्टको सभापतित्वमा सम्पन्न भएको थियो। प्रथम शहीद थापाको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो । प्रथम शहीद थापालाई जहाँनिया राणा शासनको बिरोध गर्दा श्री ३ जंगबहादुर राणाको ठाडो आदेशमा १४४ बर्ष अघी बिसं १९३३ (सन् १८७६) फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा झुन्ड्याई मारिएको थियो। नेपाल सरकारले प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्रीत्व कालमा सन् २०१५ को सेप्टेम्वर २० तारिख (२०७२ असोज ३ गते) बसेको मन्त्रिपरिषदको बैठकले लखन थापा मगरलाई नेपालको प्रथम शहीदको मान्यता प्रदान गरेको हो। नेपाल सरकार हुलाक बिभागद्वारा सन्२०१६ को नोवेम्बर १ तारिख (मंसिर १ गते) रू.१० को नेपालका प्रथम शहीद लखन थापा मगरको तस्वीर अंकित प्रथम हुलाक टिकट जारी गरेको थियो।


तत्कालिन सूचना तथा सञ्चार मंत्री सुरेन्द्र कार्कीले प्रथम शहीद लखन थापा मगरको प्रथम दिवसीय आवरण (First Day Cover) हुलाक टिकटमा टाँचा लगाई प्रथम हुलाक टिकट जारी गरेका थिए।


The first authoritative imaginative historical portrait of Nepal's first martyr Lakhan Thapa Magar was drawn by Tek Bir Mukhia which was first commissioned & published in 1992 by Laaphaa magazine (Editor-in-Chief Pradeep Thapa Magar) which was based on historical research. This image is widely circulated worldwide and adopted in Nepal Government’s official stamp. First preliminary sketch was drawn of first martyr Thapa by Deb Lal Moktan for Kairan magazine in 1992 (Editor-in-Chief Amrit Yonjan Tamang).


प्रथम शहीद लखन थापा मगरको पुरा र अर्ध कदको सालिक देशभरका बिभिन्न स्थानमा प्रतिस्थापन गरिएकोछ। सामाजिक अभियन्ता संजोग लाफा मगरका अनुसार ०६२/६३ को जनआन्दोलनपछि राजा, महाराजाको फोडिएको सालिक विस्थापन गरिएको स्थानमा प्रथम सहीद लखन थापा मगरको सालिक निर्माण गरिएकोछ। प्रथम शहीद थापाको सालिक उनको जन्मस्थल गोर्खा जिल्लाको बुंगकोट भंगार, गोर्खा जिल्लाको गोर्खा बजार, कास्की जिल्लाको पोखरा बजारको पृथ्वीचौक, रूपन्देही जिल्लाको बुटवल बजारको चौराहा, बुटबल बजारको फूलबारी पार्क, धादिंग जिल्लाको बेंशी शहर, दांग जिल्लाको घोराही बजारमा प्रथम शहीद पार्क, पाल्पा जिल्लाको तान्सेन बजार, झापा जिल्लाको गजुरमुखी, काठमाडौं गोकर्णेश्वर–९ मा सहिद तथा शान्ति पार्क, हेटौँडा जिल्लाको लखन बाटिका र रुपन्देही जिल्लाको तिलोत्तमा वन वाटिकामा लखन पार्क प्रथम शहीद लखन थापा मगरको सालिक निर्माण गरिएकोछ।


गोर्खा जिल्लाको एउटा गाउँपालिकाको नाम शहीद लखन थापा गाउँपालिका नामकरण गरिएको छ।


प्रेस विज्ञप्ति


नेपालको प्रथम सहिद लखन थापा मगर १४५ औं स्मृति दिवस अमेरिकामा फिप्ना महासंघले यसरी निष्कर्ष सहित मनायो।


अमेरिका स्थित नेपाल सरकारका निकाय तथा कार्यालयहरुले मनाउनु पर्ने नेपालको प्रथम सहिद लखन थापा मगरको १४५ औं स्मृति दिवस हिजो अमेरिकामा नेपाल आदिवासी जनजाति महासंघअमेरिका (FIPNA) ले आफनो १८ वटा जातीय सदस्य संस्थाहरूका अध्यक्षज्यूहरु, फिप्नाका ११ सल्लाहकारज्यूहरु, फिप्ना सघीय परिषदका सभामुख, उप-सभामुख, फिप्नाका निवर्तमान तथा पूर्व अध्यक्षज्यूहरु, केन्द्रीय कार्यसमितका पदाधिकारीज्यूहरु लगायतका अन्य व्यक्तित्वहरुको समुपस्थितिमा प्रथम सहिद लखन थापा मगर प्रति हार्दिक श्रद्धा सुमन अर्पणका साथ कार्यक्रम सम्पन्न भय‍ो।


कप्तान लखन थापा मगरको संक्षिप्त जिवनीबारे प्रष्ट पारि दिनु हुने फिप्नाका सल्लाहकार तथा नेपालिजम डटकमका प्रधान सम्पादक प्रदिप परिवार थापाज्यू, आफ्नो महत्त्वपूर्ण मन्तव्य र सुझावराख्नु हुने फिप्ना अमेरिकाका पूर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ (नेफिन) का अध्यक्ष मानबहादुर राना मगरज्यू, फिप्नाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष लोकबहादुर लिम्बूज्यू लगायतका वक्ताहरूले उत्साहका साथ आफनो विचार, सुझाव र मन्तब्य राख्नुहुने फिप्नाका सभामुखज्यू र सम्पुर्ण सदस्य संस्थाका अध्यक्षज्यूहरु लगायत सबैमा फिप्ना केन्द्रीय समिति हार्दिक आभार प्रकट गर्दछ !!! सबैमा हार्दिक धन्यवाद !!!

निष्कर्ष तथा सुझावहरु:-


* नेपालको ४ वटा शहिद सँगै प्रथम शहिद लखन थापा मगरको पनि नामकरण जोडिनु पर्छ।


* कप्तान लखन थापा मगर स्मृति प्रतिष्ठानको स्थापना गरिनु पर्छ ।

* नेपाल सरकार लगायत बिदेशस्थित नेपाली दूतावास तथा कन्सुलेट कार्यालयहरुले प्रथम शहिद लखन थापा मगरको स्मृति दिवस व्यापकरुपमा मनाईनु पर्छ।

* प्रथम सहिद लखन थापा, आदिबासी जनजाति र मगरहरको मात्र नभै समस्त नेपालीको हुन् भन्ने समावेशी सोच र बुझाई हुनु पर्छ ।


* नेपालको काठमाडौं शहिद गेट लगायतका अन्य ठाँउहरुमा लखन थापा मगरको शालिक स्थापना हुनु पर्छ ।


*नेपाली पाठ्यक्रममा सहिद लखन थापा मगरको जिवनी राखिनु पर्छ।


अध्यक्ष

फिप्ना

तथा नेपाल आदिवासी जनजाति महासंघ,

फिप्ना केन्द्रीय समिति अमेरिका

Commentaires


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page