अमेरिकी नेपाली संघसंस्थाहरू कोरोनाभाईरस पीडित र तिनका परिवारलाई सहयोग पुर्याउँदै, अवसरवादीबाट सावधान
- Nepalism.com
- Mar 25, 2020
- 1 min read
Exclusive: अमेरिकी नेपाली संघसंस्थाहरूले कोरोनाभाईरस पीडित र तिनका परिवारलाई सहयोग पुर्याउने धमाधम घोषणा गर्दै आएकाछन्। यसैबिच, नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रीय समिति, न्यू योर्क च्याप्टर र अन्य राज्यका च्याप्टरहरू राहत पुर्याउन तम्तयार रहेको घोषणा मात्र हैन राहत वितरण थालेकाछन्।
जनसम्पर्क समिति अमेरिका केन्द्रीय समितिले न्यू योर्क शहरमा सर्जिकल मास्क १०० वटा र २५० ह्याण्ड सेनिटाईजर बितरण गरेकोछ। समितिका केन्द्रीय अध्यक्ष आनन्द विष्ट र महासचिव मुनिन्द्र नेम्बांगले मार्च २५ तारिख न्यू योर्क कुईन्स शहरमा बितरण गरेका थिए। लंग आईल्याण्ड नेपाली सोसाईटी न्यू योर्कका पूर्व अध्यक्ष एवं व्यावसायी दुर्गेश जंग कार्कीले ५० सर्जिकल मास्क र १०० बोट ह्याण्ड सेनिटाईजर अनुदान गरेका थिए।
एनआरएन लगायत विभिन्न नेपाली संघसंस्थाहरूले कोरोनाभाईरस पीडित र तिनका परिवारलाई सहयोग पुर्याउने अभियान संस्थागत रूपमा अघि बढाएकाछन् भने केही नेपालीहरूले समूह बनाएर सहयोग पुर्याउने बताएकाछन्।
तर यो संकटको घडीमा संकटको फाईदा उठाउन सकृय व्यक्तिहरूबाट सचेत गराउन नेपाली संघसंस्थाहरूले समाजमा भूमिका खेल्नु पर्दछ। स्मरण रहोस्, सन् २०१५ मा नेपालमा गएको महाभूकम्प पछि नेपालमा पीडित परिवारलाई सहयोग पुर्याउन नेपाली संघसंस्थाहरूले आर्थिक संकलन गरिरहेको बेला केही धुर्त व्यक्तिहरूले एक्लै मनमौजी आर्थिक संकलन गरेर आर्थिक हिनामिना गरिएको समाचार नेपाली संचार माध्यमहरूमा छताछुल्ल भएको थियो।
Comments