top of page

न्यू योर्कका नेपाली सिनेमाटोग्राफर शम्भु मोक्तान कोरोनाभाईरसबाट संक्रमित उपचारपछि घर फर्किए

Updated: Mar 29, 2020



निको भएर घर फर्किए उनी

Nepali Cinematographer infected with Coronavirus in NYC returned home: story of miraculous recovery

Updated: Exclusive: न्यू योर्कका चर्चित सिनेमाटोग्राफर शम्भु मोक्तान कोरोनाभाईरस महारोगबाट संक्रमितभै बिगत ६ दिनदेखि लंग आईल्याण्ड जेविस अस्पतालमा उपचाररत थिए तर स्वास्थ्यमा क्रमिक सुधार भएपछि आईतवार बिहान, मार्च २९ मा अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकाछन्। यस अघि उनकी श्रीमति नन्दु मोक्तान (फगामी मगर) ले केही दिनमै घर फर्किंने आशा गरिएको जानकारी गराएकिथिईन्। सिनेमाटोग्राफर मोक्तानले आफूलाई कोरोनाभाईरस रोग कसरी लाग्यो भन्ने कहानी नेपालिजम डट कमसंगको फेसबुक च्याट गर्दै बेलिबिस्तार लगाएकाछन्। शम्भु मोक्तान बेलायतको बिकन्सफिल्ड मिलिटरी कलेज लण्डनबाट सन १९९३ मा भिडियोग्राफी ट्रेनिङ लिएका पूर्व ब्रिटिश गोर्खाली सैनिक र सफल सिनेमाटोग्राफर हुन् । मोक्तानले सन् २००४ देखि न्यू योर्कमा भिडियोग्राफी ब्याबसाय गर्दै आएका छन् भने ३ वटा नेपाली चलचित्र र ३० भन्दाबढी म्यूज़िक भिडियोहरूमा आफ्नो भिडियोग्राफीको सिनेम्याटिक प्रतिभा देखाई सकेकाछन्।


उनलाई कसरी लाग्यो कोरोनाभाईरस?


सिनेमाटोग्राफर शम्भु मोक्तानले मार्च १३ मा न्यू योर्कको ज्याक्सनस्थित आफ्नो भिडियो एडिटिंग स्टुडियो कोरोनाभाईरस संक्रमणबाट बँच्न बन्द गरिएको सूचना आफ्नो फ़ेसबुक पेजमार्फत जानकारी गराएका थिए। त्यसको केही दिनमै उनलाई टाउको र पाखुरामा सोला हाने जस्तो भएछ जुन पेनकिलर ओखती खाएपछि सन्चो हुँदोरहेछ। उनले आफूलाई कोरोनाभाईरस संक्रमण रोग लाग्ने कुनै पनि लक्षण देखा नपरेकोले हप्तादिनसम्म अन्य उपचारमै समय खर्च गरेको उल्लेख गरेकाछन्।


उनले आफूलाई लागेको रोगबारे यसरी बताए:


“ बजारमा भनिएको कोरोनाको सिम्टम र मेरोमा भा’को सिम्टम एउटै पनि मिलेको थिएन। मलाई खाली पाखुरा र टाउकोमा सोला हान्थ्यो अनि पेनकिलर खाएपछि ठीक हुन्थ्यो तर ३-४ घण्टापछि फेर