न्यू योर्कमा मे २६ तारिख उत्तर अमेरिकी २२१ नेपाली कविहरूको ऐतिहासिक कृति लोकार्पण हुँदै

Exclusive: नेपाली डायस्पोराको ईतिहासमै ऐतिहासिक साहित्यिक कृति नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘उत्तर अमेरिकी नेपाली कविता’ संग्रहको यहीं शुक्रवार मे २६ तारिख बेलुकी न्यू योर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित नेपाली भान्साघरमा लोकार्पण हुने भएकोछ। उत्तर अमेरिकी २२१ नेपाली कविहरूको कविता समेटिएको ५०४ पृष्ठको उक्त कृतिको सम्पादन र संकलनकर्ता, नेपाली समकालिन साहित्यका उम्दा कवि एवं कूटनीतिज्ञ कृसु क्षेत्री (Krisu Chhetri) को समुपस्थितिमा सार्वजनिकीकरण समारोह हुनेछ। नेपालीजम डट कमद्वारा आयोजित लोकार्पण समारोहमा २२१ कविका कविताहरू मध्येबाट चिट्ठाबाट चुनिएका ७ कविहरूको कविता समारोहमा उपस्थित कविहरूबाट वाचन गरिनेछ।

Event: 'उत्तर अमेरिकी नेपाली कविता' कृति लोकार्पण
Date: Friday, May 26, 2023
Time: 6 pm EST
Venue: Nepali Bhansa Ghar
74-15, Roosevelt Ave.
Queens, NY 11373
RSVP: https://fb.me/e/HcsE3uAr