top of page

अमेरिकी सरकारको कला पुरस्कारबाट नेपालका लोकप्रिय गायक शिव परियार सम्मानित


जर्सी सिटी- लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएकाछन्। गायकपरियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवत: पहिलो नेपाली कलाकार हुन्।जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सीसिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णुमायापरियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वाचित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सीच्याप्टर प्रेसिडेण्ट समिर बुढाथोकीले संयुक्तरूपमा गायक परियारलाई प्रदान गरी सम्मान गरेकाथिए। गायक परियारले आफ्नो २६ वर्षको सांगितिक यात्रामा ५०० भन्दा बढी गीत गाईसकेकाछन्भने १० वटा गिती एल्वममा आफ्नो स्वर र संगित सृजना गरेकाछन्।

जर्सी सिटी शहरमा जनवरी १२ तारिख न्यू जर्सी राज्यका नेपालीहरुको संयुक्त आयोजनामाडाकिएको साँगितिक एवं सम्मान साँझमा गायक शिव परियारले आफ्ना सुमधुर गीतहरू गाएरउपस्थित पाहुनाहरूलाई भरपुर मनोरन्जन दिलाएकाथिए।

गायक परियारको बहुचर्चित गीत 'पिउँदिन भन्दा भन्दै पिलायो साथी' ले गीत यूट्यूब च्यानलमा दुईकरोड ५३ लाख (२५ मिलियन) भन्दा बढीले हेरिसकिएकोछ भने 'आँशुको अर्थ के थाहा' गीत डेढकरोडले हेरिएको छ ।

उनका एल्बमहरु मोक्ष्य (२००५), स्वयम (२००८), कदम्बिनी (२००८),क्या दामी (२००९), फाटेको मन(२०१०), पागल (२०११), कथाले मागेपछि(२०१२), ओन्ली यू मेरो साथी (२०१२), टाढाको साथी(२०१३) र शिव बूक (२०१५) छन् ।