top of page

नेपालीजम डट कम डिजिटल मिडियाको शुभारम्भ

Updated: Dec 10, 2019


Exclusive: न्यू योर्क- नेपालीजम (Nepalism.com) डिजिटल मिडियाको शुभारम्भ भएको छ । युएसनेपालअनलाइन डट कमको १२ औं र अन्तिम वार्षिकोत्सव समारोहमा यि दुई मिडिया बिच मर्ज गर्ने घोशणा सहित नेपालीजम डट कमको शुभारम्भ गरिएको हो ।


नेपालीजम (Nepalism.com) डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं ।


Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers and aim to become online marketplace leader with innovative offerings to our digital-age, tech-savvy consumers.


युएसनेपालअनलाइन डट कमको १२ औं र अन्तिम वार्षिकोत्सव समारोह भव्यब्यतापूर्वक सम्पन्न


न्यू योर्क- युएसनेपालअनलाइन डट कमको १२ औं र अन्तिम वार्षिकोत्सव भब्यतापूर्वक सम्पन्न भएको छ । सोही अवसरमा नेपालीजम (Nepalism.com) डिजिटल मिडियाको शुभारम्भ भएको छ । समारोहमा १७ नेपाली व्यक्तित्वहरुलाई सम्मानित गरिएकोछ ।



युएसनेपालअनलाइनले बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका १७ नेपाली व्यक्तित्वहरुलाई 'अतिथी सम्मान' (Guest of Honor 2019) द्वारा कदर गरिएको छ भने युवा प्रतिभाहरुलाई 'युवा प्रतिभा पहिचान पुरस्कार' (Youth Recognition Award 2019) द्वारा सम्मान गरिएको छ । 'अतिथी सम्मान' द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा शेर्पा किदूग न्यू योर्कका प्रेसिडेण्ट सामाजिक अभियन्ता उर्गेन शेर्पा (न्यू योर्क), घ्याल्सुम्दो सेवा संस्थाकि अध्यक्ष सामाजिक अभियन्ता निमा लामा (न्यू योर्क), पंडित उद्दब शास्त्री (न्यू योर्क), सामाजिक अभियन्ता केशवराम राई (न्यू योर्क), सुपरिचित फोटोग्रफर बिमल नेपाल (बोस्टन) कोरियोग्रफर बिजयमान नकर्मी (न्यू योर्क), नायक बिक्रान्त बस्नेत (न्यू योर्क), चर्चित गायक शिव परियार (नेपाल), वरिश्ठ मिथिला चित्रकार अजित शाह (नेपाल), कलाकार कबिना महर्जन (न्यू जर्सी), सामाजिक अभियन्ता शर्मिला थापा मगर (न्यू योर्क) र मिसेस नेपाल टुरिज्म २०१९ बिजेता छिरिङ डोल्मा शेर्पा (नेपाल) लाई सम्मानित गरिएको छ । त्यसैगरी, 'युवा प्रतिभा पहिचान पुरस्कार' बाट नेपाली हिपहप नृत्यकि अभियन्ता कोरियोग्रफर जेनिशा डङ्गोल महर्जन (नेपाल), मेधावी विध्यार्थीहरु राज बज्राचार्य (न्यू योर्क) र जेम्स कर्माचार्य (न्यू योर्क), प्रतिभाशाली वाल कलाकारहरु जारा रीत प्रशाई (न्यू योर्क) र सिम्रन अधिकारी (न्यू योर्क) लाई सम्मान गरिएकोछ । उक्त समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित संयुक्त राश्ट्रा संघका लागि नेपाली स्थायी प्रतिनिधि महामहिम राजदूत अमृत राईले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्र र ज