-प्रदीप परियार थापा मगर
Updated: Opinion: अहिले सामाजिक संजालमा भाईरल भएको एउटा पोष्ट छ जसमा नेपालको सबै मुख्य अंगहरूमा कुनै एक जाति विशेषको हावी भएको देखाईएकोछ। नेपालको असमावेशी अनुहार त्यहाँ देख्न सकिन्छ। मलाई धेरैले “तिमी त मगर जातिका हौ, किन नबोलेको ?” भनेर सोधे। जवाफस्वरूप मैले हाईपोथेटिकली ति सबै पदहरूमा “मगर” जातिको व्यक्तिहरूको प्रतिनिधित्व (हावी/हालीमुहाली) भएको परिकल्पना गरेकोछु। म मगरको छोरो पक्कै हूँ। तर त्यसरी जहाँतहीं मगरै मगरले नेतृत्व गर्दा के मलाई खुशी लाग्ला? अँह, एक रति खुशी लाग्ने छैन । बरू नेपाल असजिलो गरी असमावेशी भो भनेर चिन्तित बन्नेछु हरपल। हामी त “सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली” हौं।उहिल्यै भनिएको “चार वर्ण छत्तिस जात” र अन्य विविध जाति, जनजाति, आदिवासीहरूको “साझा फूलवारी” हौं। अब शासन सत्ताको डाडुपन्यू लिएर बसेकाहरूले समावेशिताको सिद्धान्तलाई व्यावहारमा उतार्न ढिलासुस्ती गर्नु हुन्न। यो मामिलामा #NepalisSoWrong भन्छु म। यो एउटा यस्तो inconvenient truth तीतो सत्य हो, सरोकारवालाहरूले महादेवले विष पिएर गला नीलो पारे जसरी पिएर स्वीकार नगरी सुखै छैन र नसच्याई धरै छैन।
नेपालमा समावेशिताको आवाज उठेको पन्चायत कालखण्डदेखिनै हो तर छयालिस सालमा प्रजातन्त्रको पुनर्वहालीपछि यो शब्दको प्रयोग बिनानै यसै आशयको मागले खुल्ला र राष्ट्रव्यापीरूप लियो। नेपाल गणतान्त्रिक मुलुक बनेपछि र संघीय राज्यप्रणालीमा प्रवेश गरेपछि त झनै नेपालमा समावेशिताको माग तीव्र बन्न पुगेकोछ।
तर राज्य संरचना पुरानै ढर्राबाट सन्चालन भैरहेको हुँदा समावेशी प्रतिनिधित्वको अवधारणाले मूर्तरूप लिन सकेकोछैन। त्यसको ज्वलन्त उदाहरण सामाजिक संजालमा अहिले भाईरल भएको यो पोष्ट हो। तर “मगर” को ठाउँमा अर्कै शब्द राखिएको पोष्ट छ। बुझ्नेलाई श्रृखण्ड नबुझ्नेलाई खुर्पाको बिंड। चेतना भया।
Comentários