top of page

नेपाली राजनीतिका सुपरिचित नेता, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

Tribute: नेपाली राजनीतिका शालीन व्यक्तित्व भएका राजनेताको रूपमा सुपरिचित कानूनविद, संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ (लिम्बु) को ७१ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ । नेपालको राजधानी काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा सोमवार राती १ बजे हृदयघात भै बाथरूममा बेहोसभै ढलेका भेटिएका उनलाई परिवारजनले त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा निधन भएको संचार माध्यमहरूले उल्लेख गरेकाछन्।


मृत्यूपर्यन्त नेकपा एमालेका उपाध्यक्ष रहेका राजनेता नेम्वाङ बिसं २०६४ साल र बिसं २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए भने उनी हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद र एमाले संसदीय दलको उपनेता समेत थिए । बिसं २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य रहेका राजनेता नेम्वाङ प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार (१९९४-१९९५) मा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।







0 comments
bottom of page