Exclusive: अमेरिकी जनताले डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार जोय बाईडेन र उनका उपराष्ट्रपति पदकि उम्मेदवार कमला ह्यारिसलाई विजय माला पहिर्याई दिएकाछन्। प्रेसिडेंट ईलेक्टबाईडेन-ह्यारिसको जीत राष्ट्रपति डोनाल्ड ट्रम्पको गोरावादी, रंगभेदी बिभाजनको नीतिको बर्खिलाप जनअभिमत हो। कोरोना महारोगप्रतिको उनको विज्ञानबिरोधी हेलचेक्र्याई र अमेरिकालाई विश्व राजनैतिक र आर्थिक सहकार्यबाट अलग्याउने एकलकाँटे, अन्धराष्ट्रवादी नीतिको अस्वीकार पनि हो।उपराष्ट्रपति पदकि उम्मेदवार कमला ह्यारिस पहिलो अमेरिकी महिला उपराष्ट्रपतिको रूपमा विजयी बनेर ईतिहास रचेकिछिन्।
प्रेसिडेंट—ईलेक्ट जोय बाईडेनले भनेकाछन:
”I am honored and humbled by the trust the American people have placed in me and in Vice President-elect Harris.
In the face of unprecedented obstacles, a record number of Americans voted. Proving once again, that democracy beats deep in the heart of America.
With the campaign over, it’s time to put the anger and the harsh rhetoric behind us and come together as a nation.
It’s time for America to unite. And to heal.
We are the United States of America. And there’s nothing we can’t do, if we do it together.”
उपराष्ट्रपति विजेता कमला ह्यारिसको विजय अमेरिकी ईतिहासको एउटा महत्वपूर्ण घटना हो। सन्१९२० मा मात्र अमेरिकी संविधानको १९औं संशोधनबाट अमेरिकी महिलाले भोट हाल्ने अधिकार पाएका थिए। अमेरिकी महिलाहरूले मतदान गर्ने अधिकार प्राप्त गरेको १०० वर्षपछि कमला ह्यारिसको उपराष्ट्रपति पदमा विजय हुनुले अमेरिकी प्रजातन्त्रमा नयाँ आयाम थपिएको छ। अमेरिकी राष्ट्रपतिय निर्वाचनको २३१ वर्षको ईतिहासमा सन् १७८९ देखि हालसम्म ४४ वटा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति सबै पुरूषहरू मात्र निर्वाचित भएकाछन्। अमेरिकी जनताले अब महिला राष्ट्रपति पाउन संभवत: अर्को दशक कुर्नु नपर्ने भएकोछ। राष्ट्रपति विजेता हाल ७७ वर्षीय जोय बाईडेनले आफ्नो ४ वर्षे कार्यकाल पुरा गर्दा ८१ वर्षको बयोबृद्ध हुनेछन् र सम्भवत: अर्को टर्म आफू नउठेर ह्यारिसकोलागि बाटो खुल्ला गर्नेछन्। ह्यारिस, जो अहिले ५६ वर्षकि छिन्, अबको ४ वर्षपछि राष्ट्रपतिकोउम्मेदवार बन्दा ६० वर्षकि हुनेछिन्।
उसो त, काला जातिका जनतालाई पूर्णरूपमा भोट हाल्ने अधिकार प्रदान गरिएको सन् १९६५ को भोटिंग राईट्स एक्ट लागू भएको ४३ वर्ष पछि बाराक ओबामा पहिलो काला जातिका राष्ट्रपति बनेर ईतिहास रचेका थिए। हुन त, काला जातिका पुरूषलाई चैं अमेरिकी महिलालाईभन्दा अघि सन् १८६९ को अमेरिकी संविधानको १५औं संशोधनबाट मतदान गर्ने अधिकार प्रदान गरिएको हो।अमेरिकी जनसंख्याको १३.४ प्रतिसत अफ्रिकन अमेरिकन (काला जाति) जनताले सदियौंदेखि मानवतस्करी (human trafficking), दासता (slavery), बाध्यतापूर्ण श्रमदान (forced labor), आर्थिक, सामाजिक र न्यायिक असमानता बेहोर्नु परेको छ जसको कारण बैभवशाली अमेरिकामा धनी र गरीवजनता बिचको खाडल अझ गहिरिदो छ जुन गहिराई पुर्ने जिम्मा बाईन र ह्यारिसको काँधमा थपिएकोछ।
आमनिर्वाचन अघि बहुसंख्यक अमेरिकी संचारमाध्यमले अमेरिकी डेमोक्रेसी (प्रजातन्त्र) को मूल्यमान्यताको अस्तित्वनै समाप्त हुने देखेपछि राष्ट्रपतिका उम्मेदवार जोय बाईडेनलाई ईन्डोर्स (समर्थन) गरेका थिए। बाईडेनलाई १०३ अमेरिकी दैनिकले सम्पादकीय र प्रकासकीय तहबाट ईन्डोर्स गरेको घोषणा गरेका थिए भने ट्रम्पलाई ७ दैनिकले मात्र ईन्डोर्स गरेका थिए। जोय बाईडेनलाई दैनिक, साप्ताहिक र अन्य मिडिया गरी १९४ अमेरिकी मिडियाले ईन्डोर्स गरे भने राष्ट्रपति ट्रम्पलाई१० वटा मात्र मिडियाको समर्थन रह्यो। त्यसैगरी, आप्रवासी (ईमिग्रेन्ट) समुदायबाट संचालित अधिकांश माईनोरिटी मिडियाले बाईडेनकै पक्षमा समर्थन जाहेर गरेका थिए। नेपालिजम डट कमले बाईडेनकै पक्षमा ईन्डोर्समेन्ट जारी गरेको थियो।यसैबिच, एसियन अमेरिकन एक करोड १० लाखले अमेरिकी राष्ट्रपतिय निर्वाचनमा बहुसंख्यकले बाईडेनको पक्षमा मतदान गरेको अनुमान गरिएकोछ।अधिकांश एसियन अमेरिकन अगुवाहरूले बाईडेनलाई समर्थन गरेका थिए।
Comments