top of page

छद्मभेषी फेक फेसबुक आईडि काण्डको ४५ दिने छानबिन हुन नसकेपछि एनआरएन अमेरिकाद्वारा म्याद थप



Exclusive: न्यू जर्सी- एनआरएन अमेरिकाले छद्मभेषी फेक फेसबुक आईडि काण्डको छानबिनको लागि गठन गरेको पाँच सदस्यीय ४५ दिने छानबिन समितिमा दुई जना मात्र रहेपछि समितिका संयोजक संघका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेलाई समितिलाई पूर्णता दिई यथासक्य छिटो छानबिन सकाउने अधिकार दिएको कुरा मार्च १२ तारिख एक प्रेस बिज्ञप्ती जारी गरी संघका महासचिव पशुपति पाण्डेले जानकारी गराएकाछन्।


छानबिन कमिटीमा तोकिएको सदस्यहरू मध्ये सल्लाहकार संजय थापा रहेकाछन् भने संघका क़ानूनी सल्लाहकार धन बस्नेतले कन्फ्लिक अफ ईन्टरेष्ट हुने भन्दै राजिनामा दिएका थिए। आरसीको सिफारिसमा १ सदस्य र महिला संयोजकको सिफारिसमा १ सदस्य रहने निर्णय गरिएकोमा दुबै पक्षबाट सदस्य मनोनय नभएको बिज्ञप्तिमा जानकारी गराईएकोछ।


यस अघि सीधा कुरा नामक छद्मभेषी फेसबुक प्रोफाईल पेज बनाएर आफ्ना मन नपरेका र बिरोधीहरूको खोईरो खन्ने, बदनाम गर्ने र चरित्र हत्यासम्म गर्ने हर्कत गर्दै आएको गिरोहको अगुवाई गरेको आरोप लागेका एनआरएन अमेरिकाका प्रवक्ता ओमकुमार भट्टराई र सल्लाहकार शिव मल्ललाई छानबिन “कमिटीको रिपोर्ट नआएसम्मको लागि पदीय जिम्मेवारीबाट बाहिर रहने गरी बढीमा ४५ दिन भित्र कार्य सम्पन्न गर्ने गरी” भन्दै “सो निवेदन उपर छानबिन गर्न जनवरी २७ तारिख जाँचबुझ कमिटी गठन गरिएको थियो।


आईटीविज्ञ एवं एनआरएन अमेरिकाका सन् २०१५ र २०१९ का कोषाध्यक्षका उम्मेद्वार प्रसन्न संग्रौलाले जनवरी २२ तारिख बुधवार बेलुकी फेसबुक लाईभ मार्फत आफूले सीधा कुरा फेसबुक प्रोफाईल पेज ह्याक गरेको र उक्त गिरोहको डिजिटल फुटप्रिण्ट पत्ता लगाउन र उक्त पेजको मेसेजमा प्रवक्ता भट्टराई र सल्लाहकार मल्ल लगायतको मिलोमतोमा उक्त पेजमा प्रकाशन गर्ने विषयबस्तु र लेखाईबारे दोहोरो सम्बाद भएको स्क्रिनसट प्रमाणकारूपमा प्रस्तुत गरेका थिए।

पढ्नुहोस् एनआरएन अमेरिकाका महासचिवद्वारा जारी प्रेस विज्ञप्ति:


Dear NRN’s Namaskar !

Re. About the update of fake Facebook ID issue


As we are aware that the NRNA Executive Board had received a complaint from NRNA life member Mr. Prashanna Sangroula against Advisor Mr. Shiva Malla and Spokesperson Mr. Om K. Bhattarai about the fake Facebook ID issue, requesting to take the necessary disciplinary action. Executive Board 7th meeting (special meeting) had seriously discussed over the fake Facebook ID and had formed a five-member investigation committee under the chairmanship of Senior Vice President Dr. Arjun Banjade. Proposed committee members were Advisor Mr. Sanjaya Thapa, Legal Advisor Mr. Dhana Basnet, 1 representative of ICC (Americas region) and 1 representative of the women'