top of page

एनआरएनए आईसिसीद्वारा ७ सदस्यीय निर्वाचन आयोग-२०२१ गठन, अनलाईन मतदान अक्टोवरमा ?


ree

Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए आईसिसी) अन्तर्राष्ट्रिय समितिले संघको सन् २०२१-२०२३ कार्यकालको लागि निर्वाचन सम्पन्न गर्न ७ सदस्यीय निर्वाचन आयोग-२०२१ गठन गरेकोछ। अधिवक्ता लिलामणि पौडेल (नेपाल) को संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिमा एनआरएनए संरक्षक रामप्रताप थापा (जर्मनी); डा. गणेश गुरूंग (नेपाल); डा. देवकाजी डंगोल (कतार); चिरंजिवी ढकाल (युके); डा. विष्णुमाया परियार (अमेरिका) र सदस्य सचिवमा भुषण घिमिरे (जापान) रहेकाछन्।


ree

एनआरएनए आईसिसी अध्यक्ष कुमार पन्तको कार्य समितिले उक्त निर्वाचन आयोगको गठन गरेको हो।


विश्वका ८० मुलुकबाट आगामी अक्टोवरमा पहिलो पटक हुन गैरहेको अनलाईन मतदान र काठमाण्डौंमा हुने दशौं विश्व सम्मेलनमा विश्वभरका झण्डै एक लाख सदस्यहरूबाट चुनिएर आएका पन्ध्र सय प्रतिनिधिहरू सहभागी हुनेछन्।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page