top of page

एनआरएनए आईसिसी र एनसिसी कार्यसमिति सदस्यहरू नेपालको राजनैतिक दलहरूको भातृसंगठनमा रहे पदमुक्त गरिने


Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए आईसिसी) का महासचिव डा. हेमराज शर्माले फेब्रुवरी ११ तारिख ‘जो-जससंग सम्बन्धित छ’ परिपत्र जारी गरी एनआरएनए आईसिसी र हरेक देशका राष्ट्रीय समन्वय परिषदका पदाधिकारी र सदस्यहरू नेपालको राजनैतिक दलहरूको बिदेशस्थित भातृसंगठनहरूको कार्य समिति, जातीय र धार्मिक संस्थाहरूको कार्य समितिको पदमा रहे संघको निर्वाचन सम्बन्धि नियमावली दफा ७.६ अनुसार पदमुक्त गरिने जानकारी गराएकाछन्।कुनै व्यक्ति त्यसरी दोहोरो पदमा रहेमा निजले आफू संलग्न संगठनबाट यहीं फेब्रुवरी २५, २०२० भित्र राजिनामा दिएको स्व: घोषणा गरी संघका महासचिवलाई जानकारी गराउन भनिएकोछ।


विश्वस्तसुत्रकाअनुसार, महासचिव डा. शर्माको उक्त परिपत्रको पालना भएमा आईसिसी र एनसिसी अमेरिकाबाट मात्रै आधा दर्जन पदाधिकारीहरूले बिभिन्न संघसंस्थाहरूको कार्य समितिबाट राजिनामा दिन बाध्य हुने या विधानत: पदमुक्त हुने कार्यबाहीमा पर्ने नेपालीजम डट कमलाई जानकारी गराईएकोछ।


एनआरएनए आईसिसी विधान संशोधन समितिको को-चेयर, अमेरिकाको न्यू योर्क शहर निवासी रविन बज्राचार्यले जनवरी २१, २०२० मा आईसिसीमा पेश गरेको निवेदन ‘निर्णय कार्यान्वयन गराउने/राजिनामा लिने तथा दिलाउनेबारे’ को २० दिन पछि एनआरएनए आईसिसी महासचिव डा. हेमराज शर्माले उक्त परिपत्र जारी गरेका हुन्।


साथै, उक्त परिपत्र ‘यो मितिभित्र जवाफ नआएको खण्डमा प्रचलित विधानअनुसार निजलाई पदमुक्त गरी कारवाही अगाडि बढाउन बाध्य हुने जानकारी गराईन्छ’ भनिएकोछ।

0 comments
bottom of page