
Updated: Exclusive: अमेरिकाको न्यू योर्क राज्यको न्यू योर्क सहरको नगर परिषदले कुईन्स ज्याक्सन हाईट्सस्थित ब्रडवे र उडसाईड एभेन्यू विचको ७५ स्ट्रीटलाई विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) मा प्रथम पटक सफल आरोहण गर्ने नेपाली छोरो आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा सडक नामाकरण गरी समर्पित गरेकोछ। सत्तरीऔं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ को अवसर पारेर गरिएको सो सडक नामाकरणले नेपालित्वको पहिचान र स्वाभिमानी नेपालीहरुको शीर अझ उच्च भएको कुरा अतिथि वक्ताहरू र समारोहको आयोजक संस्था युएस नेपाल क्लाईम्बर्स एशोसिएसनले जानकारी गराएको छ। अमेरिकामा मात्र हैन विश्वमै नेपाली व्यक्तित्वको नाममा सडकको नाम समर्पित भएको यो सम्भवतः पहिलो ऐतिहासिक घटना हो।

तेन्जिंग नोर्गे शेर्पा वे सडक नामाकरण समारोह
न्यू योर्क सिटी नगर परिषद डिस्ट्रिक्ट २५ का काउन्सिल सदस्य शेखर कृष्णनको पहलमा बिहान ११-१२ बजे आयोजित तेन्जिंग नोर्गे शेर्पा वे नामाकरण समारोहमा कृष्णन लगायत तेन्जिङ नोर्गे शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे शेर्पा, नेपालकी पूर्व पर्यटन मन्त्री एवं बाग्मती प्रदेशकी सांसद याङकिला शेर्पा, कार्यवाहक नेपाली महावाणिज्यदूत बिष्णुप्रसाद गौतम, न्यू योर्क राज्यको सिनेट डेपुटी मेजोरिटी लिडर माइकल जियानारिस, न्यू योर्क राज्य एसेम्बली सदस्य स्टिभन रागा, न्यू योर्क राज्य एसेम्बली सदस्य क्याटलिना क्रुज, न्यू योर्क राज्य एसेम्बली सदस्य जेसिका गोन्जालेज, न्यू योर्क सहर काउन्सिल सदस्य जुली वन, युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ निमा शेर्पा, शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पा र शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जे शेर्पाले सम्बोधन गर्दै तेन्जिंग नोर्गे शेर्पा वे सडक नामाकरणले नेपाली समुदायको पहिचान र गौरवको विषय भएको उल्लेख गरेका थिए।


यसरी मनाईयो ७० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ !
आजभन्दा सत्तरी वर्ष अघि सन् १९५३ को मई २९ तारिख नेपाली आरोही तेन्जिंग नोर्गे शेर्पा र न्युजिल्याण्डका आरोही एडमण्ड हिलारीले संयुक्तरूपमा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम पटक सफल आरोहण गरेका थिए। सो ऐतिहासिक दिनको सम्झनामा नेपाल सरकारको टुरिजम वोर्डले सन् २००८ मा मे २९ तारिखलाई ‘अन्तरराष्ट्रिय सगरमाथा दिवस (International Mt. Everest Day)’ को रुपमा मनाउने घोषणा गरेपछि ‘माउण्ट एभरेष्ट डे (सगरमाथा दिवस)’ विश्वभर मनाउन थालिएको हो।

सो समारोह युएस नेपाल क्लाईम्बर्स एशोसिएसनको आयोजनामा न्यू योर्क सहरमा बिहान ९ः३० बजेदेखि बेलुकी ४ बजेसम्म विविध कार्यक्रम गरी मनाईएको छ। बिहान ९ः३० मा पूजा र दीपप्रज्वलन, बिहानै ११-१२ बजे नामाकरण समारोह र अपरान्ह १२-४ बजे विबिध साँस्कृतिक झाँकीहरूको प्रस्तुती रहेको थियो।

समारोहको उद्घाटन र अतिथिहरूबाट सम्वोधन
सो समारोहमा सुभारम्भ मन्तव्य (opening speech) राख्दै युएस नेपाल क्लाईम्बर्स एशोसिएसनका द्वितीय उपाध्यक्ष पासांग शेर्पा (जिरी) ले समारोहका उद्घोषकद्वय नेपालिजम डट कमका सम्पादक प्रदीप परियार थापा मगर र डावा यांगजी शेर्पालाई समारोहको जिम्मा लगाएका थिए भने एशोसिएसनका महासचिव जांगबु शेर्पाले स्वागत मन्तव्य राखेका थिए।

समारोहका कन्भेनर एवं एशोसिएसनका प्रथम उपाध्यक्ष मिंगमार लामा र एशोसिएसनका अध्यक्ष पासांग निमा शेर्पाले सम्वोधन गर्दै न्यू योर्क सहर नगर परिषदले ७० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ को अवसर पारेर तेन्जिंग नोर्गे शेर्पा वे सडक नामाकरण गरेकोमा आफूहरू गौरवान्वित भएको बताउँदै समारोहमा उपस्थित सम्पूर्ण जनसमुदाय, अतिथिहरू, कलाकार, संचारकर्मी, संघसंस्थाहरू, प्रायोजकहरू र स्वयमसेवीहरू प्रति हार्दिक आभार व्यक्त गरे।

सो समारोह नेपाल र अमेरिकाको राष्ट्रगान र विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणकाक्रमा सहादत प्राप्त गरेका साहसीहरूको स्मृतिमा एक मिनेट मौन धारण गरिएको थियो।
सो समारोहमा अतिथि वकिताहरू प्रमुख अतिथि कार्यवाहक नेपाली महावाणिज्यदूत बिष्णुप्रसाद गौतम, नेपालकी पूर्व पर्यटन मन्त्री एवं बाग्मती प्रदेशकी सांसद याङकिला शेर्पा, न्यू योर्क राज्य एसेम्वली सदस्य जेनिफर राजकुमार, न्यू योर्क राज्य एसेम्बली सदस्य स्टिभन रागा, न्यू जर्सी राज्यकी एसियन अमेरिकन प्यासिफिक आईल्याण्डर कमिस्नर एवं जर्सी सिटी सहरका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियार, युनाईडेड शेर्पा एशोसिएसनका अध्यक्ष तेम्बा शेर्पा, युनाईडेड शेर्पा एशोसिएसनका पूर्व अध्यक्ष उर्गेन शेर्पा र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष राजकुमार विष्टले सम्वोधन गर्दै नेपाल र नेपालीको लागि गर्विलो ईतिहास रचिएको उल्लेख गरेका थिए।
विशेष सम्मान
यसैबिच, सो समारोहमा तेन्जिंग नोर्गे शेर्पा वे सडक नामाकरणको लागि सन् २०१७ देखि निरन्तर विशेष पहल गरी सफल पुर्याउन महत्वपूर्ण भूमिका खेलेका दुई व्यक्तित्वहरू सामाजिक अभियन्ता एवं युनाईडेड शेर्पा एशोसिएसनका पूर्व अध्यक्ष उर्गेन शेर्पा र न्यू योर्क सिटी नगर परिषद डिस्ट्रिक्ट २५ का पूर्व काउन्सिल सदस्य डानुल ड्रमलाई युएस नेपाल क्लाईम्बर्स एशोसिएसनको तर्फबाट विशेष सम्मानपत्र (Citation of Appreciation) प्रदान गरी सम्मान गरिएको थियो।

त्यसैगरी, युएस नेपाल क्लाईम्बर्स एशोसिएसनको President’s Award सो संस्थाका संस्थापक अध्यक्ष शेरप जांगबु शेर्पालाई प्रदान गरियो। उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको दुई पटक सफल आरोहण गरेका थिए।
त्यसैगरी, सोही समारोहमा व्यावसायी ग्यालजेन नुरू शेर्पालाई संस्थाको Token of Love प्रदान गरियो भने पर्यावरण अभियन्ता पेमा छेवांग शेर्पालाई Appreciation Award बाट सम्मान गरिएको थियो।

सगरमाखा आरोहीहरूको विशेष सम्मान
यसैबिच, सोही समारोहमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका न्यू योर्कमा रहेका सैंतीस जना सगरमाथा आरोहीहरूलाई न्यू योर्क राज्य एसेम्वलीको कदनपत्र (citation) र युएस नेपाल क्लाईम्बर्स एशोसिएसनको विशेष सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। अमेरिकाभरी झण्डै यस जना सगरमाथा आरोहीहरू विभिन्न राज्यहरूमा छरिएर रहेका छन्।
List of Everest Summiteers who attended the 70th International Mt. Everest Day 2023
1.Serap Jangbu Sherpa 2 times
2.Kipa Sherpa 3times
3.Lhakpa Nuru Sherpa 2 times
4.Jangbu Sherpa 3times
5.Pasang Sherpa (Jiri) 7 times
6.Da Ongchhu Sherpa 7 times
7.Kaji Sherpa 2times
8.Ngima GeljenSherpa 6times
9.Ang Gaylgen Sherpa (A) 1 time
10.Lhakpa Gelu Sherpa 2 times
11.Lakpa Geljen Sherpa 5 times
12.Ang Dawa Sherpa 5times
13.Pasang Phuti Sherpa 1 time
14.Mingma Chhiri Sherpa 2times
15.Da Jangbu Sherpa 3times
16.Da Kusang Sherpa 3times
17.Mingma Nuru Sherpa 2times
18.Ang Babu Sherpa 5times
19.Chhuldim Nuru Sherpa 3times
20.Ms.Chhurim Doma Sherpa 2times (Gunnies World Record holder)
21.Ang Gayljen Sherpa (B) 3times
22.Karna B. Tamang 3times
23.Mingmar Tsering Sherpa 6times
24.Pujan Acharya 1time
25.Sonam Chhiring Sherpa 1time
26.Kusang Sherpa 1time
27.Nima Tashi Sherpa 1time
28.Pasang Kami Sherpa 6times
29.Pasang Nima Sherpa 1time
30.Ang Pasang Sherpa 1time
31.Mingma Dorji Sherpa 1time
32.Lhakpa Tenji Sherpa 3times
33.Pasang Dawa Sherpa 9times
34.Nima Doma Sherpa 1time
35. Ms.Vanessa O’Brien (first women of British American) Guinness Book of world record holder who became the first woman to reach Earth's highest and lowest points on 12 June 2020.
36.Ngawang Wongchu Sherpa 6 times
37.Ms.Lhakpa Sherpa 10 times summiteers (world record holder woman)
Sea to Summit साँस्कृतिक झाँकीहरूको भव्य प्रस्तुति
सो समारोहमा Sea to Summit साँस्कृतिक झाँकीहरूको भव्य प्रस्तुति गरिएको थियो। जस अन्तर्गत स्वागत गीत डेण्डी शेर्पाले पांग्की मेतोक्ला गाएर पाहुनाहरूको स्वागत गरेका थिए भने हिमालयन कल्चरल एकेडेमीका कलाकारहरू शिशिर श्रेष्ठ, न्हुछे डंगोल, अभय ढुंगेल र प्रताप केसीले विश्वको सर्वोच्च शिखर सगरमाथामा प्रथम पटक सफल आरोहण गर्ने नेपाली छोरो आरोही तेन्जिंग नोर्गे शेर्पाको सम्मानमा जनकवि केशरी स्व. धर्मराज थापाको राष्ट्रिय गीत “हाम्रो तेन्जिंग शेर्पाले चढ्यो हिमाल चचुरो” लाईभ म्युजिकका साथ प्रस्तुत गरेका थिए।
त्यसैगरी, मन्जुश्री नृत्यमा कविना महर्जन, सम्राट मानसिंह डंगोल, स्टिभन मानसिंह डंगोल, नोभा अमात्य, सास्वत प्रजापतिले नेवा गुठी न्यू योर्कको तर्फबाट, थारू नृत्यमा निनिमा राई र मजुदा परवेज, तामांग सेलो नृत्यमा साग्डुप्पा लामाको प्रस्तुति रहेको थियो।
उता युनाईडेट किराँत राई अर्गनाईजेसन अफ अमेरिका न्यू योर्क च्याप्टरको भव्य साकेला साँस्कृतिक झाँकी र सामूहिक नृत्य र सुदूरपश्चिम नेपाली समाज अमेरिकाको प्रशिद्ध गौरा पर्वमा नाँचिने, गाईने डेउडा सामूहिक नृत्यले समारोहलाई भव्य झाँकीमय बनाएको थियो।
त्यसैगरी, तिब्बतियन सामूहिक नृत्य र खुम्बु पासांग ल्हानु शेर्पा समाजको “फुई चोमोलुंगमा (सगरमाथाको शिखर)” सामूहिक गीतिनृत्यबाट Sea to Summit साँस्कृतिक प्रस्तुतिको मैझारो गरिएको थियो।

प्रायोजकहरूको सम्मान
युएस नेपाल क्लाईम्बर्स एशोसिएसनद्वारा आयोजित ७० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ को अवसरमा तेन्जिंग नोर्गे शेर्पा वे सडक नामाकरण समारोहलाई आर्थिक सहयोग प्रदान गर्ने प्रायोजक (sponsors) हरूलाई एशोसिएसनले आभार व्यक्त गर्दै कदर गरेको छ।
A. PATRON SPONSOR
1. Jewel of Himalaya Restaurant, Connecticut
B. PLATINUM SPONSORS
2. Consul General of Nepal
3. KTM Bar and Lounge
4. Nepali Bhancha Ghar
C. GOLD SPONSORS
5. Buddha Tax and Accounting
6. The Weekender
7. Queens Diamond Jewelry, Jackson Heights, NY
8. Mr. AC Sherpa
9. Gorkhali Restaurant, Jackson Heights
10. Royal Byanjan Place and Bar
11. Sanima Express USA
12. Thamel NYC
13. Mr. Phu Gyaljen Sherpa
14. Mr. Pema Chhewang Sherpa
15. S N vajra Jewelers
16. Annapurna Thakali Kitchen, Jackson Heights, NY
17. Bangla Travels, New York
D. SILVER SPONSORS
18. A77 Delta Consulting
19. Khumbu Pasang Lhamu Sherpa Samaj
20. Laliguras Restaurant
21. Gora, Tapting, Kerung and Tingla Association (GTKT)
22. Everest Accounting and Tax
23. Red Panda Restaurant

कसरी नामाकरण गरियो?
युनाईटेड शेर्पा एसोसिएशन अमेरिका (शेर्पा किदूक अमेरिका) को पूर्व अध्यक्ष उर्गेन शेर्पाका अनुसार उनी अध्यक्ष रहेको बेला सन् २०१७ मा न्यू योर्क सहरमा नेपालीहरूको घनावस्ती रहेको कुईन्स बोरो सहरमा नेपाली पहिचान झल्किने सडक (स्ट्रीट) नामाकरण गर्ने अभियान किदूगको अगुवाई र तत्कालिन काउन्सिल सदस्य डानियल ड्रमको स्पोन्सरसिपमा शुरू गरिएको थियो। यस विच, सन् २०२१ डिसेम्वर १५ तारिख न्यू योर्क सिटी काउन्सिलको नं. २४७७ को Naming of 199 thoroughfares and public places बिल अन्तर्गत Tenzing Norgay Sherpa Way प्रस्तावित गरिएको थियो भने सन् २०२२ को जनवरी १५ तारिख न्यू योर्क नगर परिषदले विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) मा प्रथम पटक सफल आरोहण गर्ने नेपाली छोरो आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा सो सडक नामाकरण गर्ने निर्णय पारित गरेको थियो।
नेपाल र नेपालीको पहिचान झल्किने यो सडक Tenzing Norgay Sherpa Way (75th Street between Broadway and Woodside Avenue) मा युनाईटेड शेर्पा एसोसिएशन अमेरिका (शेर्पा किदूक अमेरिका) को आफ्नै भव्य शेर्पा गुम्वा भवन रहेको छ। किदूगले सन् २०१३ मा १२ लाख अमेरिकी डलरमा न्यू योर्क सहरको ज्याक्सन हाईट्सको सो सडकमा शेर्पा गुम्बा र सामुदायिक भवन निर्माण गरेर संचालनमा ल्याईसकेको छ।

यो ऐतिहासिक नामाकरणबारे यूएस नेपाल क्लाईम्बर्स एसोसिएसनले जारी गरेको प्रेस विज्ञप्ति पढ्नुहोस्ः
यूएस नेपाल क्लाईम्बर्स एसोसिएसन
प्रेस विज्ञप्ति!
यूएस नेपाल क्लाईम्बर्स एसोसिएसनको आयोजनामा ७० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ र विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) मा प्रथम पटक सफल आरोहण गर्ने नेपाली छोरो आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा सडक नामाकरण गरिएको ऐतिहासिक दिनलाई महोत्सवकारूपमा भव्यतापूर्वक सम्पन्न गरिएकोछ। यस सुखद अवसरमा यूएस नेपाल क्लाईम्बर्स एसोसिएसन उपस्थित सम्पूर्ण जनसमुदाय, विशिष्ट अतिथिहरू, सामाजिक संघसंस्थाहरू, कलाकारहरू, संचारकर्मीहरू, प्रायोजकहरू र स्वयमसेवीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ।
नेपाल र नेपाली समुदायको पहिचानको सम्मान गर्दै अमेरिकाको न्यू योर्क राज्यस्थित न्यू योर्क सहरको नगर परिषदद्वारा न्यू योर्कको ज्याक्सन हाईट्स, एल्म्हर्स्ट स्थित ब्रोडवे र उडसाईड एभेन्यू विच ७५ स्ट्रीटको नाम विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) प्रथम पटक सफल आरोहण गर्ने नेपाली आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा समर्पित गरिएको छ। यो खवरले विश्व भरी छरिएर रहेका नेपाली समुदायमा खुशीको संचार भएको छ ।
सो समारोह बिहान ९ः३० बजेदेखि बेलुकी ४ बजेसम्म विविध कार्यक्रम गरी मनाईएकोछ। बिहान ९ः३० मा पूजा र दीपप्रज्वलन, ११-१२ बजे सडक नामाकरण समारोह र अपरान्ह १२-४ बजे विबिध साँस्कृतिक झाँकीहरूको प्रस्तुती रहेको थियो।
सुपरिचित नेपाली सन्तति, प्रथम सगरमाथा आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा न्यू योर्क शहरको सडक नामाकरणले स्वाभिमानी नेपालीहरुको शीर अझ उच्च भएको महसुस गरेका छौँ । न्यू योर्क सिटी काउन्सिलले गरेको यस सुखद र ऐतिहासिक निर्णयको स्वागत गर्दै न्यू योर्क शहर सिटी काउन्सिलप्रति यूएस नेपाल क्लाईम्बर्स एसोसिएसन हार्दिक आभार व्यक्त गर्दछ ।
आजभन्दा सत्तरी वर्ष अघि सन् १९५३ को मई २९ तारिख नेपाली आरोही तेन्जिंग नोर्गे शेर्पा र न्युजिल्याण्डका आरोही एडमण्ड हिलारीले संयुक्तरूपमा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम पटक सफल आरोहण गरेका थिए। यि दुई महान् सगरमाथा आरोहीहरूको निधन क्रमशः तेन्जिङ् शेर्पाको मे ९, १९८६ मा र हिलारीको जनवरी ११, २००८ मा भएको थियो । हिमाल आरोहणका लागि विश्व प्रसिद्ध र अदम्य साहसका धनी हजारौं पर्वतारोहीहरूको समर्पण, बलिदानी र मार्गदर्शनले सगरमाथा आरोहणको गौरवशाली सत्तरी वर्षको ईतिहासमा हालसम्म विश्वका ६ हजारभन्दा बढी आरोहीहरूले सगरमाथाको आरोहण गर्न सफल भएका छन्।
अन्त्यमा, नेपाल अनि सारा नेपालीहरुको गौरव र प्रतिष्ठासँग जोडिएको यो ऐतिहासिक समारोह भव्यताका साथ सफल पार्न आम अमेरिकी र नेपाली समुदाय प्राप्त साथ, सहयोग र सहभगिताको लागि पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
जय सगरमाथा ।
मे २९, २०२३
पासांग निमा शेर्पा
अध्यक्ष
जांगबु शेर्पा
महासचिव
यूएस नेपाल क्लाईम्बर्स एसोसिएसन
न्यू योर्कमा माउण्ट एभरेष्ट वे नामाकरण र माउण्ट एभरेष्ट डे
स्मरण रहोस्, यस अघि सन् २०१९ को मार्च ९ तारिख काउन्सिल सदस्य कोस्टा कन्सटान्टिनिडेसको स्पोन्सरसिपमा न्यू योर्क शहरको कुईन्सस्थित 75th St. and 31st Ave. को सडकलाई ‘माउण्ट एभरेष्ट वे’ (Mt. Everest Way) सह-नामाकरण गरिएको थियो ।
त्यसैगरी, न्यू योर्क राज्य सभाद्वारा सन् २०२१ को अक्टोवर २ तारिख विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाली छोरो तेन्जिंग नोर्गे र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ को मे २९ तारिख प्रथम पटक पाईला टेकेको ऐतिहासिक दिनको स्मरण गर्दै मई २९ तारिखलाई Mt. Everest Day (सगरमाथा दिवस) को रूपमा मनाउने ऐतिहासिक घोषणा गरिएको थियो।
न्यू योर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुमारले यूएस नेपाल क्लाईम्बर्स एसोसिएसनद्वारा अक्टोवर २ तारिख आयोजित विशेष समारोहमा उक्त घोषणा गरेकी थिईन्। पढ्नुहोस् नेपालिजमको रिपोर्ट>> https://www.nepalism.com/post/new-york-state-declared-may-29-as-mt-everest-day
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाली छोरो तेन्जिंग नोर्गे र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ को मे २९ तारिख प्रथम पटक पाईला टेकेको ऐतिहासिक दिनको स्मरण र सम्मान स्वरूप नेपाल सरकारको टुरिजम वोर्डले सन् २००८ मा मे २९ तारिखलाई ‘अन्तरराष्ट्रिय सगरमाथा दिवस (International Mt. Everest Day)’ को रुपमा मनाउने घोषणा गरेको थियो भने त्यसयता ‘माउण्ट एभरेष्ट डे (सगरमाथा दिवस)’ विश्वभर मनाउन थालिएको हो।
विश्वको सर्वोच्च शिखर सगरमाथाको हालको उचाई 8,848.86 मिटर (29,031.7 फिट) रहेकोछ। हालसम्म विश्वभरका ६ हजारभन्दा बढी आरोहीहरूले सगरमाथा शिखर आरोहण गर्न सफल भएकाछन् भने ३०० भन्दा बढीको आरोहणका क्रममा निधन हुन गएकोछ।
Comments