चरित्रहत्याको दुष्प्रयास: प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल किन आगो भएकाछन् ?
Updated: Oct 12, 2020

-Prof. Dr. Khagendra Prasad Luitel
सुपरिचित नेपाली भाषाविद प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल यतिखेर आगो ओकल्न तयार छन् । नेपाली भाषालाई एकेडेमी मार्फत धुस्नो बनाउन उद्यत केही विरोधी तत्वहरुको कुत्सित नियतको कारण आँखाको तारो बनेका प्रा.डा. लुइटेललाई लोकसम्वाद डेस्कको रिपोर्टिङ भन्दै रचना चोरी गरेको आरोप लागेपछि उनी आगो भएका हुन् । प्रा.डा. लुइटेलले निराधार आरोपहरुको सविस्तार खण्डन गर्दै सप्रमाण प्रतिबादमा उतृन चुनौती दिएकाछन् । पढनुहोस् उहाँको आलेख:
Updated: विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत म खगेन्द्रप्रसाद लुइटेल हाल प्राध्यापकजस्तो गरिमामय पदमा रही राष्ट्रिय रूपमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा समेत पहिचान बनाएको व्यक्ति भएको कुरा सर्वविदितै छ । २०७७ आश्विन १६ गते 'प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद बौद्धिक चोरीको आरोपै–आरोप' शीर्षकमा मेरो मान, प्रतिष्ठा र इज्जतप्रति ईष्र्या गर्ने केही व्यक्तिले भुपराज खड्का सम्पादक रहेको लोकसंवाद नामक अनलाइन पोर्टललाई दुरुपयोग गरी बेनामे लेखमा प्रेस काउन्सिल नेपालले जारी गरेको 'पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६)' का 'पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य' खण्डअन्तर्गत दफा ४(१), ४(३), ४(५), ४(६) एवं 'पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने' खण्डअन्तर्गत दफा ५(१) ५(२) ५(३) ५(५) ५(१०), मुलुकी अपराध संहिता २०७४ को भाग ३ को परिच्छेद–२ गाली बेइज्जतीसम्बन्धी कसूरको दफा ३०५, ३०६ र ३०७ एवं विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ समेत उल्लङ्घन हुने गरी अनलाइन सामग्री प्रकाशन गरेको पाइयो । निज भुपराज खड्का सम्पादक रहेको अनलाइन पोर्टल 'लोकसंवाद' ले पत्रकारिताका विश्वव्यापी मूल्यमान्यता, सिद्धान्त, आचारसंहिता एवं नेपालका प्रचलित कानुन र प्रेस काउन्सिल नेपालले जारी गरेको प्रचलित पत्रकार आचारसंहिताको समेत उल्लङ्घन हुने गरी अत्यन्त निकृष्ट भाषामा तथ्यप्रमाणहीन, भ्रामक, झुठा, कपोलकल्पित, गैरजिम्मेवार, मनगढन्ते एवं एकतर्फी सामग्री प्रकाशन गरेर पीतपत्रकारिताको हदैसम्मको नमुना प्रस्तुत गरी म निःस्वार्थ ढङ्गले नेपाली भाषाको श्रीवृद्धिका लागि आफ्नै पैसा खर्च गरी अभियानकै रूपमा निरन्तर संलग्न रहेको व्यक्तिलाई सार्वजनिक रूपमा बदनाम गर्ने, चरित्रहत्या गर्ने र बेइज्जती गर्ने दुष्प्रयास गरेको देखियो । अतः सो सामग्री यथार्थपरक, वस्तुनिष्ठ र सत्यतथ्य नभएको एवं कुनियतवश आएको हुनाले यथार्थ तपसिलबमोजिम भएको हुँदा यसप्रकार खण्डन गर्दछु: