कोरोना लकडाउनको एक वर्ष: शिक्षा के लिने? One year of COVID-19 Lockdown: What are the lessons?
Updated: Mar 16, 2021

-Pradeep Pariyar Thapa
Updated: Exclusive: अमेरिकामा फेडेरली आपत्काल घोषणा गरेको एक वर्ष पुरा भएकोछ। पोहर साल राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीयस्तरमा आपत्कालको घोषणा मार्च १३ तारिख गरेका थिए।त्यस अघि न्यू योर्क राज्य र न्यू जर्सी राज्यले क्रमश: मार्च ७ र ९ तारिख राज्यस्तरमा आपत्कालको घोषणा गरेका थिए। अहिलसम्म कोरोना महामारीबाट संक्रमित अमेरिकी जनताको संख्या २९.३ मिलियन (दुई करोड ९३ लाख) नाघेको छ भने ५ लाख ३४ हजार १९६ जनाको संक्रमणबाट ज्यान गएकोछ। उता विश्वका १९२ देशहरूका ११९ मिलियन (११ करोड ९० लाख) जनतालाई कोरोना संक्रमण भएको छ भने २.६ मिलियन (२६ लाख) भन्दा बढीको ज्यान गएकोछ। विश्वभर कति प्रकारका कोरोना भ्याक्सिन उपचारको लागि उपलब्ध छन्? भ्याक्सिनले कसरी काम गर्छ? विश्वभरको खतरनाक महामारीहरूमा कोरोनाभाईरसको स्थान के छ? विश्वमा कति पत्ता नलागि सकेको भाईरसहरू छ? कोरोना संक्रमणको घटनाबाट के शिक्षा लिने? युट्यूवले किन ३० हजार भिडियोहरू हटायो ? सविस्तार तलको समाचारमा पढ्नुहोस्:
कति कोरोना भ्याक्सिन उपलब्ध छन्?
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, विश्वभर ७ प्रकारका कोरोना भ्याक्सिनहरू कोरोना संक्रमणबाट बचाउन जनतालाई खोप दिईएकोछ भने दुई सयभन्दा बढी कोरोना भ्याक्सिनहरू निर्माणको विभिन्न चरणमा छन्। ६० भन्दा बढी क्लिनिकल विकास (clinical development) को चरणमा रहेका छन्। हेर्नुहोस्>>
अमेरिकामा कति जनसंख्याले कोरोना भ्याक्सिन खोप लगाई सके ?
अमेरिकामा हिजो मार्च १२ तारिख २०२१ सम्म ९८.२ मिलियन (९ करोड २ लाख) जनतालाई कोरोना भ्याक्सिन प्रदान गरीसकिएको छ भने दैनिक २२ लाख अमेरिकी जनतालाई कोरोना खोप दिएको सिडीसीले जानकारी गराएको छ। त्यो भनेको अमेरिकी कूल जनसंख्याको १९.३ प्रतिसत हो।अमेरिकाको ३३०+ मिलियन जनसंख्या मध्ये १८ वर्ष माथिको कोरोना भ्याक्सिन लिन पर्ने वयस्क जनसंख्या २०९ मिलियन (२० करोड ९० लाख) रहेकोछ।
गत सालको डिसेम्वर १४ तारिखदेखि वितरण शुरू गरिएको फाईजर-बोयोनटेकको कोरोना भ्या