top of page

परिजिताको प्रतिभाः अमेरिकामा नेपाली पहिचानको अर्को नाम

Special: अमेरिकी टेलिलिभिजन एबिसीको दि भ्वाई रियालिटी गायन प्रतियोगितामा नेपाली छोरीसत्र वर्षीय परिजिता बास्तोला टप टेन शीर्ष १० स्थानबाट सेमिफाईनल राउण्डको शीर्ष ८ स्थान भित्रपुग्न सफल भएकी छिन्। उनी दि भ्वाईसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकीप्रतिभा हुन् ।


आफ्नो विशिष्ट प्रतिभा प्रस्तुति र विश्वभरका नेपाली समुदायको व्यापक समर्थनबाट उनीसेमिफाईनलसम्म पुग्न सकेकी हुन् । तर अब फाईनल राउण्डको अन्तिम ५ मा पुग्न उनलाई अत्यधिकमत र उनले निरन्तर बेजोड प्रस्तुति गर्नु पर्ने छ । फाईनल राउण्डको शो र मतदान डिसेम्वर ५तारिखदेखि शुरू हुनेछ। एनबिसी टेलिभिजनको यो लिंकमा गएर मतदान गर्न सकिनेछःhttps://voice.vote.nbc.com


को हुन् परिजिता?


परिजिता अमेरिकाको भर्जिनियामा जन्मेकी हुन्। उनी आमा-बाबा वीरा तिवारी र पंकज बास्तोलाकीकान्छी छोरी हुन्। हाल उनी मेरिल्याण्ड राज्यमा आमाबुवासँग बसोबास गर्दै आएकी छिन् ।परिजिताका बाबा पंकज बास्तोला बाईस वर्ष अघि पूर्वि नेपालको झापाबाट अमेरिका आएका थिए।


परिजिताले आफ्नो अध्ययन मेरील्याण्डको सेभेनर्स पार्क हाई स्कुलबाट गरेकी छिन् भने उनकोसांगीतिक यात्रा सेभेनर्स पार्क भ्वाईस व्याण्डबाट भएको थियो । परिजिता १३ बर्षको उमेरदेखिगीतसंगीतमा लागेकी हुन् ।

0 comments
bottom of page