top of page
Writer's pictureNepalism.com

घरेलु हिंशाबाट उत्पीड़ित महिलाहरूमा समर्पित कविता 'स्वतन्त्रता'


अमेरिकामा घरेलु हिंशा र यौन हिंशा सम्बन्धी बिभिन्न फोरमहरुमा चर्चित नारी अधिकार र अस्मितावादी कविता


स्वतन्त्रता

-डा. विष्णुमाया परियार


धेरै पहिले आँधीहुरी मथ्थर भई सकेजस्तै

उनको आँशुको चट्याँगको बज्रपात

उनको अनुहारमा कोरिएका

ती पीडाका रेखांकनहरूबाट

संकेत गर्दथ्यो कि

उनले एक बासस्थान चाहेकीथिईन्

अन्तहीनरूपमा उत्पीड़ित उनी

अब्यक्त कहाली लाग्दो आँधीहुरीबाट

रातमा शीतलताको सुस्साहटझैं

उनको भविष्यको उज्यालो छाउँदैछ आकाशमा

म ति कुराहरू सोंचीरहेछु

जुन वर्षौंदेखि नाँगेझार र प्रताड़ित पारिएकाछन्

उनको जीवन भताभुंग र लथालिंग पारिएकोछ

एउटा अपुरो झुठो बाचाबाट ।


उनको आँखाले त्यो आँधीहुरी गएको संकेत गरेकोछ

तर आँधीहुरीको कम्पन उनको छातीमा मडारिएकैछ

उनी अधैर्यतापूर्वक सुदिनको प्रतीक्षामाछिन्

उनी आँधीहुरीबाट नडराउने भएकीछिन्

उनले अब बिरलै सुन्छिन् उसको आवाज

तर पनि, जब आँखाबाट पीड़ादायी आँशु वर्षिन्छ

अझै उनलाई कतै त्रसित बनाउँछ

त्यो आँधीहुरी अब उनले कमै महशुस गर्छिन्-

संयम, शान्त, मथ्थरिदै,

“उ नजिकै छ त?”


उनीसंग आत्मबल छ

र पुन: फक्रिनेफूल्ने चाहना

उनीसंग सपनाहरू र आशाहरू छन्

नयाँ जीवन शुरूवात गर्ने

जब म उनीसंगै बस्छु

र उनको आवाज सुन्छु

मसंग आधार र विश्वास छ कि

उनी फेरी पुनर्जीवित हुनेछिन्


उनको जीवनयात्रा

न्यानो निश्छल सेतो बालुवारूपी

स्वतन्त्रताको भूमिबाट शुरू हुन्छ

उनी आफ्नो अस्मितालाई

मुठ्ठीमा लिएर भन्न सक्छिन्-

“यहींबाट म फेरी शुरूवात गर्छु।”


घरेलु हिंशाबाट उत्पीड़ित महिलाहरूमा समर्पित


Freedom

-Dr. Bishnu Maya Pariyar


Long after the storm has died

like lightening her tears strike,

through the lines of sorrow on her face

reveal how she longs to find a place.

Too long she has been broken

by the heavy storm unspoken,

the breeze rings in the night

as her future lights up the sky.

I consider those things,

which have been stripped and battered

for many years,

her life has been twisted and shattered,

by an unfulfilled promise.

Her eyes reflect the storm has passed

but the thunder still rattles in her chest

she eagerly longs for the very best

she's not afraid of the storm,

she hardly hears his voice anymore.

Yet, when the rain appears

through the each painful tear

still rolled up in a drop of fear

a storm she can faintly hear

calming, quieting, passing,

“Is he near?”


She has the courage

and to flourish again,

she has the dreams and hopes

to start a new life again,

as I sit and hear her voice,

I have the faith and trust

that she will rise again.

Her journey starts on freedom land

in the warmth of pure white sand,

taking her dignity by the hand

to say "This is where I begin again."

Note: This poem is dedicated to all courageous women who have been freed from the cycle of violence.

New Jersey, USA

0 comments

Comments


bottom of page