निलो छाल: नेपालमा परिवर्तनको सुनामी
- Nepalism.com

- 2 days ago
- 2 min read

Exclusive: नेपालिजम विशेष सम्पादकीयः नेपालमा फागुन २१ (मार्च ५) मा सम्पन्न आमनिर्वाचनको परिणाम आउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनताको स्पष्ट जनादेश (म्यान्डेट) पाउने संकेत देखिएकोछ। तर चुनाव अघि पुराना नेताहरूले जनमतको सुनामी The Revolution of Blue Wave (परिवर्तनको निलो छाल) आउँदै गरेको चाल नै पाएनन् । जसका कारण देशका ठूला, पुराना, अनुभवी र विरासत भएका भनिने दलहरू नेपालको नवनिर्वाचित प्रतिनिधिसभा संसदमा निरिह प्रतिपक्षको रूपमा खुम्चिनु पर्ने परिस्थिति आएको छ।

जेनजी आन्दोलन
जेनजी आन्दोलन जसले झण्डै दुईतिहाईको मिलिजुली एमाले-कांग्रेस गठबन्धनलाई धरासायी बनायो र तिनका नेताहरू हेलिकप्टरमा भाग्न वाध्य पार्यो, उनीहरूले यस्तो भाष्य बनाउने प्रयास गरे कि जेनजीहरू विध्वंसकारी, आतंककारी र देश जलाउनेहरू यिनै जेनजीहरू हुन्। तर जनता जनार्दन रहेछन्, उनीहरूले नेताहरूका कुरा पत्याएनन् बरू उल्टै पुराना दलहरूका प्रायः सबै पुराना नेताहरूलाई मतदानबाट पराजित गरिदिए।

निलो क्रान्ति
एक थोपा रगत नबगाई मत परिवर्तनबाट व्यवस्था हैन अवस्था परिवर्तन गर्ने खुल्ला आँखाले देखेको सपनालाई रास्वपा सभापति रवि लामिछानेले निलो क्रान्तिको नाम दिएका थिए। आज मुलुक त्यहीं निलो क्रान्तिको ऐतिहासिक उत्कर्षमा पुगेको छ।

बालेन फ्याक्टर
उता रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्रीका लागि घोषित बालेन शाहको बालेन फ्याक्टरले पहिलो पटक पुरै मधेसलाई काठमाण्डूसंग जोडेको छ। हिमाल, पहाड र मधेसको दुरी अब मेटिदो छ। नेपालको राजनीति अब देशलाई समृद्ध बनाउने हुनु पर्छ। नेपाली जनताले कुनै क्षेत्र, भेग, जातजातिको राजनीतिभन्दा माथि उठेर अब देश बनाउने स्पष्ट जनादेश दिएका छन्।

रास्वपाको ग्रहुंगो जिम्मेवारी
रास्वपालाई अब कुनै वहाना बनाउने (execuse) छुट छैन। होईन र हैन भन्न पाईदैन। भ्रष्टाचारको अन्त्य गर्न शून्य सहलशीलता कायम गरी भ्रष्टाचारीलाई कार्यवाही हुनु पर्यो। देशको समग्र विकास र सुशासनको प्रत्याभूति देखिने गरी हुनु पर्यो।

प्रवासी नेपालीको अधिकारको सुनिश्चितता
संविधान प्रदत्त प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउने अधिकार सुनिश्चित हुनु पर्यो किनकी एक तिहाई जनसंख्या नेपाली विदेशमा छन्। रास्वपाले आफ्नो नागरिक करारनामामा प्रण गरेको प्रवासमा रहेका नेपालीहरूलाई वंशजको नागरिकताको निरन्तरता प्रदान गर्ने कायम गर्ने गरी संविधान संशोधन गरी सो अधिकारको सुनिश्चितता गर्नु पर्यो।

आशा र विश्वास
अहिलेलाई शंकाको लाभ दिने मात्र हैन, आशा र विश्वास गरौं, रास्वपाले नेपालीले देखेको सपना पुरा गर्छ र देश बनाउँछै बनाउँछ।




Comments