राष्ट्रपति ट्रम्पको आदेश: डिपोर्टेशन अर्डर भएका नागरिकलाई सम्बन्धित देशले बिना ढिलाई स्वीकार्नुपर्ने
Exclusive: नेपालको एक अनलाईन मिडियाले राष्ट्रपति ट्रम्पको आदेश भन्दै “सात दिनभित्र आफ्ना नागरिक फिर्ता लिन नेपालसहितका देशलाई ट्रम्पको आदेश” शिर्षकमा अप्रिल १० तारिख राष्ट्रपति ट्रम्पले जारी गरेको भिषा सम्बन्धित कानूनी अधिकार (Visa Sanctions) विज्ञप्तिलाई गलत अर्थ लगाएर समाचार प्रकाशन गरिएको कुरा न्यू योर्क शहरमा कृयाशील वरिष्ठ वकिल खगेन्द्र जिसीले नेपालिजम डटलाई जानकारी गराएकाछन्। अमेरिकी आप्रवासी कानूनविद जिसीले राष्ट्रपति ट्रम्पको विज्ञप्तीमा डिपोर्टेशन अर्डर भएका आप्रवासीहरूलाई सम्बन्धित देशले बिना ढिलाई स्वीकार्नु पर्ने स्पष्ट उल्लेख गरिएको भन्दै चिन लगायत मुलुकले अमेरिकी अदालतले डिपोर्ट गर्न (सम्बन्धित देशमा फिर्ता पठाउन) अन्तिम आदेश पाएका आफ्ना नागरिकलाई ट्राभल डकुमेण्ट दिन नमानिरहेकोले कोरोना महारोगको बेलामा यस्तो गर्न नपाउन बाध्य पार्न राष्ट्रपति ट्रम्पको विज्ञप्तीले ईंकित गरेको बताए।
राष्ट्रपति ट्रम्पले जारी विज्ञप्तीमा भनेकाछन्- “The United States must be able to effectuate the repatriation of foreign nationals who violate the laws of the United States.”
वकिल जिसीका अनुसार राष्ट्रपति ट्रम्पले कानूनीरूपमा रहेका र डिपोर्ट्सन अर्डर नभएका विदेशी नागरिकलाई सम्बन्धित मुलुकले फिर्ता लग्नु पर्ने उल्लेख नगरेको स्पष्ट पारे।
राष्ट्रपति ट्रम्पद्वारा जारी Memorandum on Visa Sanctions विज्ञप्तीको पुरा पाठ पढ्नुहोस्:
President Trump’s Memorandum on Visa Sanctions during Coronavirus Pandemic Emergency
Issued on: April 10, 2020
MEMORANDUM FOR THE SECRETARY OF STATE