सुपरिचित संचारकर्मी अखण्ड भण्डारी गोरखापत्र संस्थानको अध्यक्ष पदमा नियुक्त
- Nepalism.com

- 13 minutes ago
- 1 min read

काठमाण्डौं: सुपरिचित संचारकर्मी अखण्ड भण्डारी (गोविन्दप्रसाद भण्डारी) नेपाल सरकारको गोरखापत्र संस्थानको अध्यक्ष पदमा नियुक्त भएका छन्। अन्नपूर्ण दैनिक पत्रिकाको प्रधान सम्पादक र कान्तिपुर दैनिकका क्रिएटिव सम्पादक रहेर कुशल सम्पादकको रूपमा भूमिका खेलेका भण्डारी लेखन र सम्पादनमा उम्दा कलमजिवी मानिन्छन्।
सन् २०२० मा पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रबल जनसेवा श्री (चतुर्थ) बाट विभूषित संचारकर्मी भण्डारीको मिडिया लेखन् कृति ‘समाचारको भाषा’, प्रवासी पीडाको उपन्यास ‘मलाया एक्सप्रेस’ र आमाको महिमाको उपन्यास कृति ‘बोरा’ प्रकाशित छन्।
गोरखापत्र संस्थान अन्तर्गत गोरखापत्र दैनिक, द राईजिंग नेपाल, मुना, मधुपर्क, युवा मन्च र नयाँ नेपाल र यिनका अनलाईन संस्करण प्रकाशन हुन्छन् भने यो संस्थानमा झण्डै ५५० कर्मचारी रहेकाछन्।
संचारकर्मी भण्डारीलाई नेपालिजम डट कम परिवारको वधाई छ।









Comments