न्यू योर्कवासीलाई आशाको किरण: कोरोना कहरबाट मुक्तिको सुदिन कहिले आउला?
- Nepalism.com
- Apr 20, 2020
- 2 min read
by Dr. Anga Raj Timilsina
Exclusive: अप्रिल १९ सम्म आइपुग्दा बिश्वभरी झण्डै २४ लाख कोरोना संक्रमितको संख्या रिपोर्ट गरिएकोमा ७ लाख ५४ हजारभन्दा बढी संक्रमित अमेरीकामै थिए । एक लाख ६३ हजारभन्दा बढी विश्वभरी कोरोनाबाट मृत्यू हुँदा झण्डै ४० हजार अमेरिकीले कोरोनाभाइरसबाट संक्रमित भई ज्यान गुमाए ।अहिलेसम्म अमेरीकाको कोरोनाको ‘इपिसेन्टर’ न्यू योर्क नै हो जहाँ २ लाख ४७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १८ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। न्यू योर्कमा मृत्यू हुनेको संख्या अमेरिका भरी मृत्यू हुने संख्याको झण्डै आधा (४६%) हो । शुभसंकेतको रूपमा, हालसालैको आँकडा हेर्दा अब न्यू योर्कले ‘Plateau’ वा ‘Apex’ वा ‘Peak’ पार गरिसकेको देखिन्छ तर समग्र अमेरिकाको अवस्था के हुने हो भन्न सकिने अवस्था आईसकेको छैन ।
पक्कै पनि न्यू योर्कको संकट स्यानो होइन । यस्तो ठूलो संकटमा पनि न्यू योर्कवासीहरूमा देखिएको अभूतपूर्व ‘रेजिलियन्स’ बिश्वका लागि ठूलो शिक्षा बनेकोछ ।
न्यू योर्कले धेरैभन्दा धेरैलाई ‘टेस्ट’ गरेरै संक्रमणको गति र संख्या घटाउन सफल भएको हो ।अमेरिकाका धेरै ठाँउमा न्यू योर्कभन्दा पछि संक्रमण सुरु भएको छ भने धेरै राज्यमा न्यू योर्क कैगतिमा कोरोनाको ‘टेस्ट’ हुन सकेको छैन । भन्नुको अर्थ, अमेरिकाभरीको संख्या अझै केही दिन नघट्न सक्छ र न्यू योर्कको ‘ईपीसेण्टर’ अन्त सर्दै जान सक्छ ।
अहिले अमेरिकाका विभिन्न शहरमा ‘स्टे एट होम अडर’ (अर्थात नेपालमा ‘लकडाउन’ भने जस्तो) फिर्ता गरेर तत्काल अर्थतन्त्र खोल्नु पर्छ भन्ने आबाज पनि उठिरहेको छ। बुद्दी नपुर्याएर समाज र अर्थतन्त्र खोल्ने हो भने घना आबदी भएको न्यू योर्क जस्ता ठूला शहरमा कोरोनाको संक्रमणको दोश्रो लहर पनि आउन सक्छ भन्ने कुरा अहिले सिंगापुर र जापानको अवस्थाले देखाउँछ। न्यू योर्क राज्यभरी नै आक्रामकरुपले “एन्टी बडी” को ‘टेस्ट’ गर्ने भन्ने गभर्नर कुमोको योजना सह्रानीय छ किनकी अहिले देखिएको समाधान भनेकै ‘टेस्ट, टेस्ट, एण्ड टेस्ट’ नै हो ।
अत्यावश्यक क्षेत्र छिट्टै खोल्ने तर संक्रमण बढाउने खालका क्षेत्रमा ‘सोसियल डिस्टयानसिंग’ का निर्देशनहरु लागु गरेर अनि कोरोनाको ‘टेस्ट’ लाई अझै व्यापक बनाएर मात्र खोल्दा बुद्दिमानी हुने कुरामा धेरै सरूवा रोग बिशेषज्ञहरुको राय छ । यसको अर्थ अबको ‘न्यू नर्मल’ भनेको ‘सोसियल डिस्टयानसिंग’ नै हो ।
जीवन र जगत पहिलेकै अबस्थामा फर्किन कि त प्रभाबकारी ‘भ्याक्सिन’ आउनु पर्यो कि त प्रभाबकारी औसधी ।
कोरोनाको ‘इपिसेन्टर’ न्यू योर्कमा आफ्नो ज्यानको प्रवाह नगरी लगातार आफ्ना नेपाली दाजु-भाई, दिदी-बहिनीहरूको सेवामा जुटनु हुने सबैमा नमन् । बाँकी सबैतिरका सबैमा सुरक्षित र स्वस्थ रहनुहोस् भन्ने कामना !!!
नोट: यो लेख लेखक डा. अंगराज तिमल्सिनाको फेसबुक स्टाटसबाट अनुमति लिएर पुन:प्रकाशन गरिएको हो। डा. तिमिल्सिना न्यू योर्क निवासी प्रखर विज्ञ अन्तर्राष्ट्रिय निकायमा कार्यरत गर्विला नेपाली हुन्।
留言