उपसभामुख पचीस वर्षकै उमेरमा बनेर ईतिहास रचिन् रुबीकुमारी ठाकुर

Updated: Exclusive: नेपालको ईतिहासमा पचीस वर्षीय रुबीकुमारी ठाकुरले सबैभन्दा कम उमेरमा उपसभामुख बनेर ईतिहास रचेकिछिन्। प्रतिनिधिसभाको उपसभामुख पदमा जम्मा सात सिट रहेको श्रम संस्कृति पार्टीकी ठाकुरले झण्डै दुईतिहाई संख्याको बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा निर्वाचित भएकी हुन् ।

शुक्रबार भएको निर्वाचनमा राप्रपाकी समानुपातिक सांसद सरस्वती लामालाई पराजित गर्दै श्रम संस्कृतिकी समानुपातिक सांसद ठाकुरले २२९ मत लिएर जितेकि हुन्। उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसेका थिए। उता राप्रपाकी लामाको पक्षमा जम्मा ५ मत खसेको थियो। ठाकुरलाई सत्तारुढ दल रास्वपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाले समर्थन गरेको थियो भने नेकपा एमालेले निर्वाचनमा भाग नलिएर आफूलाई अलग राखेको थियो।

को हुन रूबीकुमारी ठाकुर?
जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया, कोरगाउँकि हुन्- पचीस वर्षीय रुबीकुमारी ठाकुर । रूबीले सिभिल इन्जिनियरिङ डिप्लोमा अध्ययन गरेकी छन्।
रुबीकुमारीका बाबा साउदी अरबियामा श्रमिकको रूपमा कार्यरत शोगारथ ठाकुर र आमा रेनुदेवी ठाकुर हुन्। ठाकुर परिवारका चार छोरी र दुई छोरा गरी ६ सन्तान छन्। छोरीहरू जेठी सुरज, माहिली शोभा, साहिली रुबी र काइँली देवका हुन् भने छोराहरू शनि र सोनी हुन्।
नेपालिजम वहाँलाई हार्दिक वधाई र कार्यकाल सफलताको कामना गर्दछौं।





Comments