काेराेना भाइरसलाई साबुनले हात धुँदा के हुन्छ ? सरल ब्याख्या र सजिलो उपाय

-डा. उत्तमबाबु श्रेष्ठ, वातावरणविद
Exclusive: काेराेनाभाइरस (काेभिड १९) भाइरस मुख्यत तीन तत्वहरू: आरएनए, प्राेटिन र लिपिड (एक प्रकारकाे बाेसाे) मिलेर बनेकाे सुक्ष्म कण (एक इन्चलाइ दश लाखले भाग गर्दा जति आउँछ लगभग त्यत्राे साइजकाे) हाे । यहाँ फाेटाेमा देखाएकाे जस्तै । यसकाे वाहिर आवरणमा लिपिड (बाेसाे) हुन्छ । सावुन पानीले हात धुँदा काेराेनाभाइरसकाे वाहिरकाे वाेसाेले वनेकाे आवरण ध्वस्त हुन्छ, काेराेनाभाइरसकाे त्याे सुक्ष्म कण निस्प्रभावी बन्छ, मर्छ । त्यहि भएर यसका विज्ञहरूले सावुनपानीले हात धुनु भनेकाे हाे । बाँकी बिबरण तलको लिंक या प्याराग्राफमा पढ्नुहोस्:
आरएनएले भाइरसकाे अनुवंश (जीन) प्रसारित गर्दछ, जसरी मानिस वा अन्य जनावरहरूमा डिएनएले गर्दछ । प्राेटिनले मानिस वा अन्य जनावरमा यसलाइ सार्न (हाम्राे भाषामा भन्दा संक्रमित गर्न मद्दत गर्दछ) । यसकाे प्राेट्रिन क्राउन (मुकुट) आकारकाे हुने भएकाेले यसलाइ काेराेना भाइरस भनिएकाेरहेछ । लिपिड अर्थात वाेसाे यसकाे सुरक्षा कबच भइहाल्याे, हाम्राे छाला जस्ताे । हामीले मासु खाँदा हातमा लागेकाे वाेसाे पखाल्न सावुनकाे प्रयाेग गर्छाैं । सावुनमा भएकाे रसायनले वाेसाेकाे अणुलाइ ध्वस्त गर्छ र हातमा लागेकाे वाेसाे जान्छ । हाे, त्यसरी नै सावुन पानीले हात धुँदा काेराेनाभाइरसकाे वाहिरकाे वाेसाेले वनेकाे आवरण ध्वस्त हुन्छ (यदि तपाइकाे हातमा काेराेनाभाइरस कतैबाट आएर बसेकाे छ भने) र काेराेना भइरसकाे त्याे सुक्ष्म कण निस्प्रभावी बन्छ, मर्छ । त्यहि भएर यसका विज्ञहरूले सावुन पानीले हात धुनु भनेकाे हाे । रक्सी (अल्काेहल) भएका सेनिटाइजरहरूले पनि यस्तै काम गर्छ तर सावुन जतिकाे प्रभावकारी हुँदैन त्यसैले सावुन उपलब्ध छ र प्रयाेग गर्न मिल्छ भने सावुननै उत्तम हाे । सावुन पानीले हात धुने वानी वसालाैं ।
जव याे भाइरसले हाम्राे शरिरमा आक्रमण गर्दछ । तव यसकाे आरएनएले हाम्राे शरिरकाे काेषलाइ स्वतन्त्र रूपमा काम गर्न दिदैंन र भाइरसले भनेकाे अनुसार काम गर्न लगाउँछ । जसरी कम्प्युटरमा भाइरस पस्याे भने हामीलाइ एउटा वेभसाइट टाइप गर्दा अर्कै वा अस्लिल साइटमा लग्छ र कप्युटरमा हाम्राे भन्दा बढि नियन्त्रण भाइरसकाे हुन्छ । त्यसरी काेराेना भाइरस मानिसकाे शरिरमा पस्याे भने हाम्राे शरिरकाे काेषलाइ यसले नियन्त्रण गरेर उसले भनेकाे जस्ताे काम गराउँछ । त्यसरी भाइरसले हाम्राे सरिरमा थुप्रै काेरनाभाइरसकाे सन्तान उत्पादन गरिदिन्छ त्यसकाे लागि हाम्राे काेषमा भएकाे वाेसाे र प्राेटिनले सहयाेग गर्छ । र त्यसका सन्तानहरू हाम्राे सरिरकाे विभिन्न भागहरूमा प्रसारण हुन्छ । फाेक्साेमा पुग्छ र फाेक्साेबाट श्र्वास फेर्दा वा हाछिँउ गर्दा त्याे भाइरस राेगीकाे शरिरबाट वाहिर आउँछ । त्यसैले हामीलाइ मास्क लगाउन भनिएकाे हाे । त्याे अरूलाइ नसाराेस् भन्नकाे लागि।
(लेखकको भनाई: म कुनै भाइराेलाेजिष्ट वा सक्रमण विज्ञ हाेइन, यसबारे सुचनाहरू पढ्दै जाँदा मैलेभेटेकाे/पढेकाे कुराहरूलाइ सवैभन्दा सामान्य हिसावमा सवैले बुझ्ने गरि यहाँ राखेकाे मात्रै हाे ।विषेश गरि न्यूसाउथवेल्स विश्वविद्यालयका प्राध्यपक पाली थाेर्डसनकाे टुइटरबाट