गायिका विष्णु माझीको गुमनामपन र गायिका ब्रिटिनी स्पीयर्सको दुखान्त

-Pradeep Pariyar Thapa
Updated: Exclusive: उता नेपालकी बहुचर्चित लोकगायिका ३५ वर्षीय विष्णु माझी विगत १६ वर्षदेखि शारीरिकरूपमा गुमनाम छिन् र उनको एउटा मात्र सार्वजनिक फोटो (जो यो समाचारमा पनि प्रकासित छ) जुन उनका सबै गीति एल्वम र प्रचार सामाग्रीहरूमा देखिने गरेकोछ। गायिका माझीलाई उनका श्रीमान भनिने सुन्दरमणि अधिकारीले एउटा फोटोमा सिमित पारेर उनको सुमधुर स्वर बाहेक सबै कुरा गुमनाम बनाएका छन्। गायिका माझीलाई सुन्दरमणिले बिहेको नाउमा बन्धक जस्तो बनाएर यौन र आर्थिक शोषण बनाएका हुन् कि? सर्बत्र चाँसोको विषय बनेकोछ। यता, अमेरिकी पपगीतकी लोकप्रिय गायिका ३९ वर्षीय ब्रिटिनी स्पीयर्स विगत ११ वर्षदेखि आफ्नै दुर्व्यसनीको खराब लतले गर्दा आफ्नै बाबा र वकिलको अभिभावकत्व र सुपरिवेक्षण (Conservatorship) मा जीवन अगाडि बढाउनु परेकोछ भने उनका दुई छोराहरू पनि पूर्व पतिको ७० प्रतिशत हेरचाह अधिकार (custody) मा छन्। यि दुई फरक मुलुकका दुई बहुचर्चित गायिकाहरू जसको जीवनमा जतिनै बहुचर्चा, नाम, धनदौलत, ऐश, आराम कमाए पनि अत्यन्त एकांकी, अभागी जीवन जिउन विवस दु:खी पात्र बनेकाछन्। मानवले जिउने सामान्य र स्वतन्त्र जीवन यिनीहरूले जिउन सकेकाछैनन् । तर यिनका समर्थक फ्यानहरूले #FreeBritney र #FreeBishnuMajhi भनेर आवाज उठाउँदै आएका छन्। चुरोको कुरो के हो? सविस्तार तलको समाचारमा पढ्नुहोस्:
विष्णु माझीको गुमनामपन
उता, लोकगायिका विष्णु माझी नेपालको स्यांजा जिल्लाको चापाकोटमा सन् १९८६ मा जन्मिएकी हुन्। यिनले सुन्दरमणि अधिकारी नाम गरेका एक व्यक्तिसंग सन् २०१३ सालमा बिहे गरेको बताईएकोछ। उनीहरूको दुई जुम्ल्याहा सन्तान पनि छन् भनिन्छ। तर गायिका माझी श्रीमति मात्र हैनन्, यिनी राष्ट्रकी सम्पत्ती र करोडौं जनता स्रोताहरूको गीतसंगीतकी ढुकढुकी हुन्। उनको लोकप्रिय गीतहरूमा डुबेर गाउँघर फर्किने, राष्ट्रलाई माया गर्ने, प्रेयसी र खसमलाई हुरूक्क भै सम्झिने लाखौं करोडौं स्रोताहरू विष्णु माझीको आफ्नो निजी जिन्दगीदेखि बिल्कुलै बेखवर छन्। अब प्रश्न उठ्छ, गायिका माझी आफ्नै राजीखुशीले गुमनाम गुप्तवास वसेकी हुन् त? यस्तो प्रतिभाशाली, सबैको मन जित्ने गायिका आफ्नै आमाबाबु, दाजुभाई, दिदीबहिनी, साथीसंगी र नातेदारहरूसंग सम्पर्कमा नआई बस्न चाहने एकलकाँटे, सन्की र निष्ठुरी हुन् त? सुन्दरमणि अधिकारीले गायिका माझीलाई १५/१६ वर्षको उमेरदेखिनै गायक बनाउने निहूमा पोखरा हुँदै काठमांडू ल्याएको र त्यस यता उनी परिवारबाट सम्पर्कबिहिन रहेको कुरा कति सत्य हो? के सुन्दरमणिले यौन र आर्थिक शोषण गर्ने नियतवस उनलाई गुमनाम बनाएका हुन्? किन गायिका माझीको एउटा मात्र फोटो सार्वजनिक छ अहिलेसम्म ? कुन कुराको डर या चिन्ताले उनको सार्वजनि