top of page

न्यू योर्कका चर्चित हेयर स्टाईलिस्ट पासाङ शेर्पाको नयाँ म्यूजिक भिडियो ‘सयौं डाँडा काट्दै आएँ’ रिलिज


Special: न्यू योर्क- उम्दा गीतकार एवं न्यू योर्कका चर्चित हेयर स्टाईलिस्ट पासाङ शेर्पाको नयाँ म्यूजिक भिडियो ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएकोछ। उनको सन् २०१७ मा रिलिज ‘नरोउ तिमी' गीतको म्यूजिक भिडियो ७२ लाखभन्दा बढीले हेरि सकिएको छ भने यो नयाँ म्यूजिक भिडियो पनि स्रोताहरूद्वारा खुब मन पराईएकोछ। आज सेप्टेम्बर १६ तारिख गीतकार शेर्पाको जन्मदिन परेकोछ। नयाँ गीत ८ लाखभन्दा बेशीले हेरि सकिएकोछ। योभन्दा खुशी र गुनिलो बर्थ डे गिफ्ट एउटा गीतकारको लागि के हुन सक्छ?


प्रवासी नेपालीको पीडा गीतकार पासाङ नुरू शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ मा मार्मिकरूपमा आत्मसात गरिएकोछ। नेपाल आइडल-२ (२०१८) का उपविजेता बिक्रम बरालको सुमधुर स्वर रहेको यो गीतका संगीतकार हरि लम्साल हुन् भने गीतको एरेन्जर रिकेश गुरुङ हुन् । यो म्यूजिक भिडियोमा बहुचर्चित गीत ‘सुन साईंली’ का नायक गौरव पहाडी र चर्चित नायिका वर्षा राउतको जीवन्त अभिनय रहेको छ। निर्देशन निकेश खड्काको रहेको यो म्यूजिक भिडियोको छायाँकन क्यानाडा निवासी इश्वर थापा मगर र बुद्ध थापा मगरले गरेका छन् । म्यूजिक भिडियोको परिकल्पनाकार स्वयम् गीतकार शेर्पा हुन् । यस अघी उनका ३ वटा म्यूजिक भिडियो र १५ वटा गीतहरु रेकर्ड भैइसकेका छन् ।


‘सयौं डाँडा काट्दै आएँ’ म्यूजिक भिडियो 12 Notes को युट्यूव च्यानलमा हेर्नुहोस्:


गीतकार एवं हेयर स्टाईलिस्ट पासाङ शेर्पा सन् २००५ देखि विश्व फेशनको राजधानी मानिने न्यू योर्क शहरमा हेयर स्टाईलिस्टको रुपमा कार्यरत छन् भने सन् २०१२ देखि न्यू योर्कको कुईन्स ज्याक्सन हाईट्समा उनको आफ्नो नाममै ‘पासाङ स्ट्राइकिङ स्टाइल’ हेयर स्टाईलिंग सलुन सन्चालनमा छ ।


गीतकार पासाङ शेर्पाको ७.२ मिलियन (७२ लाख) भन्दा बढीले हेरिसकिएको चर्चित गीत ‘नरोउतिमी’ म्यूजिक भिडियो Highlights Nepal को युट्यूव च्यानलमा हेर्नुहोस्:

0 comments
bottom of page