top of page

सम्झनामा सुक !

Dec 23, 2019
2 min read


मैले चिनेको सुक गुरुङ (Gurung Suk) एक सुन्दर गीतकार र कुशल संगितकार मात्र हैन, जीवन जिउने कलाका अब्बल कलाकार र असल मित्र पनि हुन्। उनको असामयिक निधनले म स्तब्ध छु । लामो समयपछि सामाजिक संजाल फेसबुकले सम्पर्क गराईदिएको मित्रसंग फेरी रिकनेक्ट हुने मेरो ईच्छा सदाको लागि अधुरै रहने भयो।



त्यतिखेर उनी नेपालको पहिलो प्रोफेसनल फोटो स्टुडियो काठमाडौंको न्यूरोडस्थित फोटो कन्सर्नमा कार्यरत थिए र नेपालको चर्चित म्यूजिक ब्याण्ड ‘नेपथ्य’ को शुरूवाती बेलाको बहुचर्चित गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ का गीतकार र संगितकारको रूपमा अन्तरवार्ता लिन जाँदा उनीसंग मेरो पहिलो पटक फोटो कन्सर्नमा भेट भएको थियो। उसैबेलादेखिन् हामी अभिन्न मित्र बन्न पुग्यौं। म घरीघरी काठमाडौंको उनको डेरा फ्लाटमा अत्यन्त सिमित साथीहरू बिच हुने साँगितिक माहौलमा रंगिन साँझ बताउन पुगेकोछु। उनको पहिलो गीति एल्बम ‘ईशारा’ रिलिज हुनु धेरै अघि उक्त एल्बमभित्रको चर्चित गीत ‘आँखैमा झलझली’ को पहिलो अन्तरा मात्रै लेखिसकिएको र त्यसैको लागि कम्पोज गरिएको सुमधुर संगीत र उनको गायकी मैले कैयन पटक सुनेकोछु उनको त्यो डेरामा। उनीगीत र संगितका यस्ता साधक र पारखी थिएकि परिष्कार र निखार ल्याउने बाहनामा उनले महिनौं एक अन्तराको भाका र त्यसकै संगितमा बिताईदिन्थे। उनलाई आफ्नो घरमा साथीभाईसंग साँगितिक साँझ बिताउँदा सौखिनपाराले पिउने खुब आदत पनि थियो। उनको मिजासिलोपन, आत्मीयता, गीतसंगितप्रतिको गहिरो लगाव र दखलले उनले साथीहरूको माया मनग्गे बटुले। मैले पनि उनलाई औधी माया गरें


हाम्रो नियमित मित्रवत् स्नेहतामा म प्रवासतिर बरालिन थालेदेखिन् बिर्से झैं भा’को थियो। धेरैपछिमात्र हाम्रो फेरी फेसबुक मेसेन्जरमा सम्पर्क हुन थालेको थियो तर झण्डै दुई दशकपछि फेरी भेट्ने अभिलाशा निष्ठुरी दैबले पुरा हुन दिएन। मैले अझ धेरै माया र मिस गरेकोछु उनको अभावमा। तिनै मेरा अनन्य मित्र तथा नेपाली सांगितिक क्षेत्रका चम्किला नक्षत्रप्रति श्रद्धा सूमन् व्यक्त गर्दछु।🙏💞😭🙏


-प्रदीप परियार थापा

प्रधान सम्पादक

नेपालिजम् डट कम


सुपरिचित गीतकार तथा संगितकार सुक गुरुङको असामयिक निधन

सुपरिचित गीतकार तथा संगितकार सुक गुरुङको ५४ वर्षको उमेरमा असामयिक निधन भएकोछ।सन् १९६५ मा लम्जुंगमा जन्मेका गीतकार तथा संगितकार सुक गुरुङको आफ्नो रचना र संगितभएको ‘ईशारा भाग-१-२’, ‘सिरानी’ र ‘निवेदन’ म्यूजिक नेपालबाट प्रकाशित छ भने विरानो माया, तिर्सना, सूचनालगायत जम्मा ११ वटा एल्बमहरू प्रकाशित छन्।

Read details news at:

https://www.nepalism.com/post/prominent-musician-lyricist-suk-gurung-passes-away

1 Comment


Mình chơi xổ số kiểu cho vui là chính, coi như thêm chút giải trí sau giờ làm nên không đặt nặng chuyện trúng hay không. Trước đây nghe bạn bè bàn về đủ loại “cầu” với mẹo này nọ, mình cũng tò mò nhưng vẫn nghi ngờ. Theo dõi một thời gian thì thấy đôi lúc có vài dạng lặp lại khiến mình chú ý hơn, nhưng mình luôn xem như tham khảo cho đỡ chán. Khi đọc mấy nhận định, mình hay ghi lại vài con rồi chờ kết quả để tự kiểm tra xem có bị cảm giác dẫn dắt không, nhất là lúc lướt soicauxsmb.io. Có hôm trúng chút thì vui thật, nhưng cũng nhiều lần…

Like
  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page