top of page

न्यू योर्कमा प्रतिभाशाली नेपाली बालक श्रीजल पन्थीको ट्रकको ठक्करबाट निधन



न्यू योर्क- स्कूल जाँदै गर्दा मंगलवार जनवरी ७ तारिख एकाबिहानै ७ बजे न्यू योर्क शहरको प्रतिभाशाली १० वर्षीय नेपाली बालक श्रीजल पन्थीको ट्रकको ठक्करबाट असामयिक निधन भएकोछ। न्यू योर्क को कुईन्सस्थित ५७ एभेन्यू र ९७ स्ट्रिटमा स्कूल जानेक्रममा श्रीजल र उनकी आमा मिना पौड्याल पन्थी क्रस गर्दैगर्दा न्यू योर्क शहरको पोहर उठाउने गार्बेज ट्रकको ठक्करबाट सख्त घाईते भएका थिए। घटनापछि ईल्महर्स्ट हस्पिटलमा उपचारकोक्रममा श्रीजलको निधन भएको छ भने आमा मिना पन्थीको कुर्कुच्चामा फ्र्याक्चर भएकोले मल्टीपल सर्जरीको लागि अस्पलालमै राखिएको श्रीजलका बुबा पुरूशोत्तम पन्थीका मित्र एवं छिमेकी संचारकर्मी किरण मरहट्टाले नेपालिजम डट कमलाई जानकारी गराएकाछन्।


को हुन् श्रीजल पन्थी ?


नेपाली बालक श्रीजल पन्थी स्पेलिंग टेष्ट, स्विमिंग, नृत्यलगायतमा बहुप्रतिभाशाली विद्यार्थी भएको कुरा संचारकर्मी किरण मरहट्टाले नेपालिजम डट कमलाई जानकारी गराए। श्रीजलका बुबा पुरूशोत्तम पन्थी केमिस्ट बैज्ञानिकका साथै कुईन्स नेपालिज लायन्स कल्बका प्रेसिडेण्ट र कुईन्स लाईब्रेरीका बोर्ड सदस्य हुन्। गुल्मी घर भएका पन्थी परिवार अमेरिकाको डिभि लटरी परेपछि सन् २०१० मा अमेरिका आएका थिए। श्रीजल र उनका दाई प्रन्सल पन्थी नेपालमै जन्मेका हुन्।


आमा मिना पन्थी र श्रीजलले संगै मिलेर बेलाबेलामा टिकटक म्यूज़िक बनाउँथे।तीन महिना अघि बनाएको एउटा टिकटक म्यूज़िक भिडियोमा ‘आमाको सार्है याद आउँछ’ गीतमा आमा-छोरालेसंगै गीतगाएको भिडियो मिना पन्थीको फेसबुकमा हेर्न सकिन्छ।


श्रीजल कृष्ण बनेपछि


श्रीजल नृत्य र अभिनयमा रूची राख्ने बालक थिए। उनी रिजवूड नेपाली समाजले सन् २०१८ मा आयोजना गरेको श्रीकष्ण जन्माष्टमीमा भगवान कृष्णको रूप र पहिरन धारण गरेर महोत्सवमा सहभागी भएका थिए।

0 comments
bottom of page