Exclusive: अमेरिकाको न्यू योर्क शहरमा यो हप्ता शुक्रवार र शनिवार ३ जना नेपालीको असामयिक निधन भएकोछ। केही संचार माध्यममा निधन भएको भनिएको समाचार आएको एक जना नेपाली भेन्टिलेटरमा सिकिस्त बिरामी र मृत्यूसंग लडिरहको जानकारी शेर्पा किदूक अमेरिका प्रेसिडेंट उर्गेन शेर्पाले ति नेपालीको भाईसंग कुराकारी गरी नेपालिजम डट कमलाई जानकारी गराएकाछन्।मृतक मध्ये कसैलाई पनि कोरोनाभाईरस संक्रमणबाट निधन भएको पुष्टी हुन सकेकोछैन। उता न्यू योर्कमा निधन भएका नेपाल घर मुस्तांगका एक नेपालीको परिवारले नेपालबाट उनको नाम उल्लेख नगर्न मिडियालाई अनुरोध गरेकोले नेपालिजम डट कमले नाम गोप्य राखेको छ। त्यसैगरी, मिडियामा नाम आएको, निधन भएका सोनाम लामा मुस्तांग निवासी नभएको जानकारी मुस्तांग समाज अमेरिकाका एक जिम्मेवार पदमा रहीसकेका सामाजिक अभियन्ताले नाम उल्लेख नगर्ने शर्तमा जानकारी गराएकाछन्। उनले समाचार सम्बन्धित परिवारसंग सम्पर्क गरेर मात्र समाचार प्रकाशन गर्न अनुरोध गरेकाछन्। न्यू योर्कमा शनिवार मार्च ४ तारिख हार्ट अट्याकबाट निधन भएका सुपरिचित सामाजिक अभियन्ता, ६४ वर्षीय अजयमान छोचुं निधन अघि कोरोनाभाईरस संक्रमण मुक्त रहेको रिजल्ट आएको उनीकि श्रीमति, गायिका एवं कोरियोग्राफ़र संगिता मुखिया छोचुंले आफ्नो फेसबुक स्टाटसमा र न्यू योर्क नेवा: नख: का अध्यक्ष विष्णुमान प्रधानले नेपालिजम डट कमलाई जानकारी गराएकाछन्।यसैबिच, संचार माध्यम समाजलाई सुसूचित गर्ने अभिन्न अंग भएपनि ब्रेकिंग न्यूज प्रकासन गर्ने हतारमा गलत समाचार सम्प्रेषण नगर्न न्यू योर्कका बिभिन्न नेपाली संघसंस्थाहरूका अगुवाहरूले संचारकर्मीहरूलाई अनुरोध गरेकाछन्।
को हुन् अजयमान छोचुं ?
सुपरिचित सामाजिक अभियन्ता, ६४ वर्षीय अजयमान छोचुं नेपाल र अमेरिकामा सकृय व्यक्तित्व थिए। उनी नेपालमा छँदा सरस्वती बहुमुखी क्याम्पसको सहायक प्रमुख र अर्थशास्त्रको प्राध्यापक थिए। उनी नेपालमा ट्राभल र टुरिजम व्यावसायमा पनि जमेका थिए। काठमाण्डूको बसन्तपुर दरवार स्क्वायरमा भेरिकल फ्रि जोन बनाउने अगुवा उनी थिए। छोचुं अमेरिका आएपछि बिगत १६/१७ वर्षदेखि सामाजिक सेवामा सकृय रहे। डालस एभरेष्ट लायन्स क्लब टेक्सासको पूर्व प्रेसिडेंट र नेवा: नख: न्यू योर्कको बहालवाला सल्लाहकार थिए। न्यू योर्क शहरको मेट्रो प्लसमा काम गर्दै आएका थिए। न्यू योर्क नेवा: नख: का अध्यक्ष विष्णुमान प्रधानका अनुसार अजयमान छोचुंले कामबाट अवकासपछि नेपाल फर्किने योजना सुनाउने गरेको उल्लेख गर्दै भने- “म ६४ पुगी सकें, अब छिट्टै रिटायर्ड भएपछि नेपाल जान्छु।” आफ्नो श्रीमति गायिका भएकोले छोचुं हरेक कार्यक्रमहरूमा श्रीमतिसंगै गएर कार्यक्रमभरी रमाईलो गरी बस्ने र श्रीमतिलाई अधिक माया र ख्याल गर्ने प्रधानले बताए।
श्रीमति, गायिका एवं कोरियोग्राफ़र संगिता मुखिया छोचुं घटनाबारे के भन्छिन्?
स्व. अजयमान छोचुंकि श्रीमति, गायिका एवं कोरियोग्राफ़र संगिता मुखिया छोचुंले आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेकिछिन्:
“Today morning I woke up from the phone call . It was a video call from my husband . He looked good , I told him that you have to come home soon and get strong . He said ok . We talked for sometime and he kept the phone . From 3/4 days I was getting call fro the hospital that he is doing good , no fever , oxygen level 96/98 . Today also got call from hospital, I thought today they called me late , but it was a heartbroken news for me . They said his heart beat stopped suddenly. I don know where is he , I was waiting for him to come home . We both had tested Corona virus and reported negative . I don’t how how it happened.. sangita”
न्यू योर्क नेवा नख:द्वारा जारी प्रेस वक्तव्य:
“We, Newah Nakha New York family, are extremely saddened by untimely demise of our adviser and mentor Mr. Ajaya Man Chhochoon, who passed away today (April 4, 2020) due to heart stroke while he was in the hospital. Please join us to mourn the passing of our beloved Late Mr. Ajaya Man Chhochoon. We extend our deepest sympathy and heartfelt condolences to the bereaved Chhochoon family for their irreparable loss. Please keep them in your thoughts and prayers. May his soul rest in peace.
Newah Nakha New York Family”
न्यू योर्क महामारीको चपेटामा
न्यू योर्कमा यस अघि गत मार्च २४ तारिख कोरोनाभाईरस महामारी रोगबाट न्यू योर्क कुईन्स शहर निवासी ४९ वर्षीय नेपाली अनिल थाम्सुहांग लिम्बु (उर्फ़ रमेश साम्बाहाम्फे) को निधन भएकोछ। उनी अमेरिकामा कोरोनाभाईरस संक्रमणबाट निधन हुने पहिलो नेपाली हुन्।
न्यू योर्कमा हालसम्म १ लाख २२ हजार बढीलाई कोरोनाभाईरस संक्रमण भएकोछ भने ४,१५९ जनाको यो महारोगको संक्रमणबाट निधन भएकोछ। जोन हप्किन्स विश्वविद्यालयको डाटा अनुसार अप्रिल ५ तारिख अपरान्ह ३:३० बजेसम्म अमेरिकाभर ३ लाख २५ हजार १८५ जना अमेरिकीलाई यो संक्रमण लागेकोछ भने ९ हजार २६७ जनाको मृत्यू भैसकेकोछ। विश्वभर १२ लाख ५२ हजार बढीलाई यो संक्रम लागेकोछ भने विश्वभर ६८ हजारभन्दा बुढीको मृत्यू भैसकेकोछ।
Comments