अल्पायूमै अस्ताएका कान्छो भाई र बुहारीको स्मृतिमा अमेरिकाबाट म्यूजिक भिडियो रिलिज
Updated: Feb 3, 2022

Updated: Exclusive: आफ्नो प्यारो कान्छो भाई र कान्छी बुहारीलाई अल्पायूमै एकैसाथ गुमाउँनु पर्दाको पीडा एउटा दाईलाई मात्र थाह हुन्छ। अमेरिकाको बाल्टिमोर निवासी गीतकार निलमकुमार थापा (गर्बुजा) मगरको जीवनमा यस्तै अकल्पनीय दुःखद घटनाबाट गुज्रिनु पर्यो- उनको परिवारका सबैभन्दा कान्छो भाई हस्तकुमार गर्बुजा थापा, ४२ र बुहारी नेत्रकुमारी गर्बुजा, ३७, को सन् २०२० को जनवरी २९ तारिख बेलुकी ललितपुरको एउटा साउना क्लबमा तातो वाफ लिदैंगर्दा अक्सिजनको कमीको कारण निसास्सिएर असामयिक निधन हुन गयो। यो मर्मान्त घटनाको पीडालाई शब्दमा उतारेर परिवार र स्वर्गीय दम्पत्तिको साथीसंगीहरूको चहर्याएको घाउलाई मल्हम लगाउन गीतकार निलम थापाले एक सुमधुर म्यूजिक भिडियो “जिन्दगीको आधा यात्रा” सार्वजनिक गरेकाछन्। हस्त र नेत्रकुमारीले संगसंगै पन्ध्र वर्षे वैवाहिक जीवन जोडी ढुकुर भएर काटे (कभर फोटो हेर्नुहोस्), यदि बाँचेका भए यो साल उनीहरूले सत्रौं बैवाहिक वर्षगाँठ पनि यसरीनै पिरती गाँसेर मनाउने थिए, हेर्ने हैन?
हो, आफ्नो भाई-बुहारीको जीवनमा घटेको त्यो कहाली लाग्दो, निसास्सिलो सत्य घटनामा आधारित म्यूजिक भिडियो हो- ‘जिन्दगीको आधा यात्रा’। गीतकार थापाले तिनै भाई-बुहारीको दोस्रो स्मृति दिवसका अवसरमा अमेरिकाको बाल्टिमोर सहरबाट फेसबुक सन्जाल र निसिजा म्यूजिक एन्डइन्टरटेन्टमेन्ट नामक यूट्यूब च्यानलमा लाइभ गरी उक्त म्यूजिक भिडियो सार्वजनिकीकरण गरिएको छ।
कसरी प्रेमिल दम्पत्ति हस्त र नेत्रकुमारीको अकल्पनीय दुर्घटनाबाट अल्पायूमै निधन भयो?
गीतकार निलमकुमार थापा (गर्बुजा) का कान्छा भाइ हस्तकुमार गर्बुजा थापा जापानमा ९ वर्षसम्म बसेर सन् २००६ मा नेपाल फर्केका पूर्व एनआरएन र युवा कराते खेलाडी र खेल प्रशिक्षक हुन्। उनी जापानमा छँदा त्यहाँको पब्लिक साउना बाथमा गएर पानीको तातो वाफ लिने र शरीरलाई रिल्याक्स र चंगा बनाउने बानीनै पारेर नेपाल फर