top of page

अमेरिकाबाट संचालित ईनेप्लिजका सम्पादकद्वय थापाका बुबा शिक्षाविद हेडमबहादुर थापाको निधन

Writer's picture: Nepalism.comNepalism.com

Tribute! वासिंगटन डिसी- अमेरिकाको राजधानी वासिंगटन डिसी महानगर क्षेत्रबाट संचालित ईनेप्लिज डट कमका सम्पादक दुई दाजुभाई विश्वराज थापा र विजय थापाका पिता शिक्षाविद हेडमबहादुर थापाको ९० वर्षको उमेरमा निधन भएकोछ।


मे १ तारिख शनिवार बिहान ३ बजे काठमाण्डौंस्थित नीजिनिवासमा लामिछाने खलकका सर्व वयोवृद्ध थापाको निधन भएको हो ।


कोरोना महामारीको कारण अमेरिकामा रहेका छोराहरु मध्ये केही छोराहरु नेपाल पुगेपछिअन्त्यष्टि कार्य र अन्तिम श्रद्धाञ्जली हुनेछ । स्व. थापाका जेठा छोरा नारायण थापा र काँईला छोरा विनोद थापा बुबाको दाहसंस्कार र क्रृयाक्रमको लागि नेपाल उडीसकेको ईनेपालिजका संपादक एवं छोरा विजय थापाले नेपालिजमलाई जानकारी गराएकाछन्।


नेपालको धनकुटा मुगा गाउँपालिका घर भै हाल काठमाण्डौंस्थित बालुवाटार निवासमा आफ्नी धर्मपत्नी तीर्थकुमारी थापाका साथमा रहेका शिक्षाविद स्व. थापाका पाँच छोराहरु परिवारसहित अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्दछन्। जेठी छोरी शारदा सिलवाल काठमाण्डौंस्थित ताहचलमा बसोवास गर्दछिन्।


शिक्षाविद हेडमबहादुर थापाको जन्म १९८८ कार्तिक १६ गते सोमवार धनकुटा मुगामा भएको हो भने मृत्यू २०७८ शनिबार, बैशाख १८ बालुवाटारमा भएको छ । स्व. थापा लामो समयसम्म शिक्षण पेशामा रहेका थिए भने ‘ग्लोबल भ्वाइस इन्टरनेसनल’ मासिक पत्रिकाको सम्पादक रहेका थिए।


त्रिभुवन बिश्वबिद्यालयबाट अंग्रेजी भाषामा स्नातकोत्तर गरेका स्व. थापाले नेपालका विभिन्न विश्वविद्यालयहरूमा प्राध्यापन गरेका थिए।


तीन पटकसम्म अमेरिका आएका स्व. थापाले परिवारकै आग्रहमा दशकौं अघि अमेरिकाको ग्रीनकार्ड लिए पनि फेरी उनी अमेरिका फर्किएनन् र उनको सो ग्रीन कार्ड स्वतः खारेज हुन गएको थियो ।


शिक्षाविद हेडमबहादुर थापा अंग्रेजीमा लेख लेख्ने र बिशेष गरि अंग्रेजी साहित्यमा खुव रुची राख्दथे ।


यस दु:खद क्षणमा नेपालिज परिवार शिक्षाविद स्व. थापाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछ।

0 comments

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page