एउटा अजम्बरी प्रेमको सत्य कथा: मृत्यूपछिको बेबीसावर पतिदेवको फोटोसंग


-Pradeep Pariyar Thapa सच्चा प्रेम कहिल्यै मर्दैन। True love never dies. यो भनाईलाई नायिका मेघनाले उनका स्वर्गीय पतिदेव एवं नायक चिरन्जिबी सर्जाको कटआउट पोष्टर फोटोलाई यि दुई प्रेमिल जोडीबाट उनको गर्भमा हुर्किदै गरेको अजम्बरी प्रेमको अमूल्य उपहार- नवजात सन्तानको बेबीसावर पार्टीमा आफूसंगै राखेर समर्पित गरेर साबित गरेकिछिन्। कठै ! कस्तो निर्दयी काल जस्ले मेघनाको सुन्दर सुखी घर र सपनालाई चकनाचुर र भताभुंग पारेर उनको बाँकी जीवनलाई चुनौती दियो। तर उनले जीवनको यो कटु सत्य र नियतीको सामना गर्दै चिरन्जिबी र उनको अजम्बरी प्रेमको कहानी हाम्रो आधुनिक समाजको ईतिहासको सुनौंलो पानामा थपिन्। को हुन् यि प्रमिल दम्पत्ति? कसरी मेघना कसरी नियतीबाट ठगिईन्? सविस्तार समाचार लिंकमा पढ्नुहोस्:


पीड़ादायी नियति


साउथ ईण्डियन फिल्म ईन्डस्ट्रीकी चर्चित नायिका मेघना सुन्दर राजले उनका युवा, ३६ वर्षीय पतिदेव एवं चर्चित साउथ ईण्डियन नायक चिरन्जिबी सर्जालाई गत जुन ७ तारिख गुमाउन बाध्य भएकी हुन्।नायक चिरन्जिबीको जुन ७ तारिख हर्टअट्याकका कारण असामयिक निधन भएको हो। सन् १९८४, अक्टोबर १७ मा भारतको कर्नाटका राज्यको बैंगलोर (बैंगालुरू) मा जन्मिएका नायक चिरन्जिबी आफ्नो ३६ वर्ष पुरा गर्न नपाउँदै यो संसारबाट बिदा हुन बाध्य भए। तर उनको निधन अघि चिरन्जिबी र मेघनाको अजम्बरी प्रेमको चिनो, उनीहरूको पहिलो सन्तान मेघनाको गर्भमा बिजारोपण भैसकेको थियो। मेघनाले दुई दिन अघि अक्टुवर ४ तारिख आफ्नो ईन्स्टाग्राम पोष्टमा आफ्नो र जन्मिदै गरेको सन्तानको बेबीसावरको फोटो प्रकासन गर्दै क्याप्सनमा लेखेकिछिन्-


‘My two special beings ❤️ this is the way u want chiru and this way it shall be ...forever and always! I LOVE YOU BABY MA ❤️’


नायक चिरन्जिबी र नायिका मेघनाको बिहे सन् २०१८ मा भएको हो। नायक चिरन्जिबी सर्जाले सन् २००९ देखि मृत्यूपर्यन्त २२ वटा चलचित्रमा अभिनय गरेकाछन्। उनका चलचित्रहरू वायुपुत्र, वर्धनायक, ह्विसल, चन्द्रलेखा, रूद्र टान्डव, अम्मा आई लव यू, आतगरा, आँखे आदि छन्। उनको निधनपछि रिलिज भएका ३ चलचित्रहरू मध्ये शिवअर्जुन अन्तिम चलचित्र हो।


नायिका मेघना सुन्दर राज पनि उनका श्रीमान् नायक चिरन्जिबी चलचित्र अभिनय यात्रा थालेकै वर्ष सन् २००९ देखि साउथ ईण्डियन फिल्म ईन्डस्ट्रीमा प्रवेश गरेकि हुन्।मलायालम, कन्नडा, तामिल र तेलुगु भाषामा उनका ५० भन्दा बढी चलचित्रहरू छन्।


नायिका मेघनाले आफ्नो श्रीमान् को निधन भएको दिन जुन ७ मा यस्तो पोष्ट लेखेकि थिईन्-


“My Dearest Chiru .... Chiru is a CELEBRATION ... has always been, is and will always be... I know u wouldn’t have liked it any other way! Chiru,the reason i smile... what he has given me is most precious... MY FAMILY.. the JUST US... together we will always be for all eternity baby ma ❤️ and each day will be just the way u like it! Filled with Love, laughter, pranks, honesty and most importantly Togetherness ❤️ WE LOVE YOU BABY MA!”


नायिका मेघनाले आफ्नो श्रीमान् को निधन भएको ११ औं दिन जुन १८ मा हृदयविदारक पोष्ट लेखेकिछिन्-


“CHIRU, I have tried & tried again but I am unable to put in words what I want to tell you. All the words in the world cannot describe what you mean to me. My friend, my lover, my partner, my child, my confidante, my HUSBAND- you are much more than all of this. You are a piece of my soul Chiru.


An unfathomable pain shoots through my soul everytime I see the door and you don't walk in shouting "Baby! I am home". There is a sinking feeling in my heart when I can't touch you every minute of everyday. Like a thousand deaths, slow and painful. But then, like a magic spell I feel you around me. Every time I feel weak, you are around me like a guardian angel. You love me so much that you just couldn't leave me behind alone, could you? Our little one is your precious gift to me-a symbol of our love- and I am eternally grateful to you for this sweet miracle. I can't wait to bring you back to earth, as our child. I can't wait to hold you again. Can't wait to see your smile again. Can't wait to hear that infectious laughter of yours that lights up the entire room. I will wait FOR YOU and you wait FOR ME on the other side.


You will live as long as I breathe. You are in me. I LOVE YOU.”


यो सुन्दर जोडीको यो अजम्बरी प्रेम कहानी कहिल्यै यो मानव ईतिहास नमेटिदासम्म ओझेलमानपरोस्।

nepalism_com_logo2019011020007.png
  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers and aim to become online marketplace leader with innovative offerings to our digital-age, tech-savvy consumers. Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

नेपालीजम (Nepalism.com) डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं ।