top of page

ट्रम्प दोश्रो पटक महाभियोगबाट दुईतिहाईको अभावमा मुक्त, बहुमतबाट दोषी ठहर



Exclusive: अमेरिकी तल्लो सदनद्वारा गत जनवरी १३ तारिख दोश्रो पटक महाअभियोग (Impeachment) द्वारा दोषी ठहर भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी माथिल्लो सदन सिनेटबाट दुई तिहाईको अभावमा महाअभियोग मुक्त गरिएकाछन् तर बहुमतबाट दोषी ठहर भएकाछन्। ट्रम्प महाअभियोगबाट दोश्रो पटक आरोपित हुने ईतिहासमै पहिलो अमेरिकी राष्ट्रपति बन्न पुगेकाछन्। राष्ट्रपति ट्रम्पले गत जनवरी ६ तारिख अमेरिकी संयुक्त सदनको क्यापिटल भवन हमलामा उनका समर्थक बिद्रोहीहरूलाई राज्यको बिरूद्ध उक्साएको (incited to insurrection) भन्दै अमेरिकी तल्लो सदनद्वारा महाअभियोगद्वारा दोषी ठहरिएको हो भने माथिल्लो सदन सिनेटका ५० डेमोक्रेटिक र ७ रिपब्लिकन पार्टीका सिनेटरहरूले तल्लो सदनको सो आरोपलाई समर्थन गर्दै ट्रम्पलाई महाअभियोग दोषी ठहराउने पक्षमा मतदान गरेका छन् भने ४३ रिपब्लिकन पार्टीका सिनेटरहरूले महाअभियोग नलगाउने पक्षमा मतदान गरेका छन्।


अमेरिकी तल्लो सदनद्वारा जनवरी १३ (२०२१) मा आयोजित दोश्रो पटकको महाअभियोग मतदानमा तल्लो सदनका बहुमत २३२ प्रतिनिधि सदस्यहरूले महाअभियोगको पक्षमा मतदान गरेका थिए भने बिपक्षमा १९७ प्रतिनिधि सदस्यहरूले मतदान गरेका थिए । रिपब्लिकन पार्टीका राष्ट्रपति ट्रम्पको महाअभियोगको पक्षमा १० जना रिपब्लिकन प्रतिनिधि सदस्यहरूले मतदान गरेका थिए भने बाँकी २२२ जना डेमोक्रेटिक प्रतिनिधि सदस्यहरूले मतदान गरेका थिए। ४ जना प्रतिनिधि सदस्यहरू मतदानमा अनुपस्थित रहे।


राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१९ को डिसेम्बर १८ तारिख अमेरिकी तल्लो सदनबाटै बाह्य देशबाट निर्वाचनमा सहयोग मागेको भन्दै पहिलो पटक महाअभियोगद्वारा दोषी ठहर भएका थिए। पहिलो पटकको महाअभियोग मतदानमा तल्लो सदनका बहुमत २३० प्रतिनिधि सदस्यहरूले महाअभियोगको पक्षमा मतदान गरेका थिए भने बिपक्षमा १९८ प्रतिनिधि सदस्यहरूले मतदान गरेका थिए । यो मतदानमा डेमोक्रेटिक प्रतिनिधि सदस्यहरूले महाअभियोगको पक्षमा मतदान गरेका थिए। ३ जना प्रतिनिधि सदस्यहरू मतदानमा अनुपस्थित रहेका थिए। यो महाअभियोगमा माथिल्लो सदन सिनेटद्वारा गत फेब्रूवरी ५ तारिख (२०२०) बहुमतबाट ट्रम्पलाई सफाई दिएको थियो।


Read related topic:


Most Dangerous Man in the World | विश्वकै खतरनाक मान्छे


-Pradeep Pariyar Thapa

Exclusive: Time has once again proved that U.S. President Donald J. Trump is indeed the most dangerous man in the world. He is also the most unstable leader of free world. There are so many crazy and cruel dictators and their ruthless enablers around the world but as world’s premier democratic nation’s leader, Trump’s erratic, senseless and careless behavior has made him the most crazy person who has power and authority to create havoc and disasters like no other. He is a wrong man in the right place. And, he must be stopped. Read>>




0 comments

Commenti


bottom of page