top of page

तीजमा ट्वेर्किंग, डगी (घोप्टे) स्टाईल डान्स? ठीक कि बेठिक?

-Pradeep Pariyar Thapa

Opinion: केही दिनदेखि परम्परागत तीज चाडको कार्यक्रममा एक जना नेपाली बिबाहिता महिलाले ट्वेर्किंग (twerking), डगी (घोप्टे) स्टाईल डान्स गरेकोमा नेपाली समाज बिरोध र समर्थनमा दुई खेमामा बिभाजित हुन पुगेकोछ। विरोध गर्नेहरूले तीज जस्तो परम्परागत नारीवादी पर्वमा आधुनिक ट्वेर्किंग (twerking) पाराको डगी (घोप्टे) स्टाईल डान्स गर्नाले बिकृति ल्याएको ठानेको छ भने सो नृत्यको समर्थन गर्नेहरूले #MeToo#IamWith कै हाल सर्वप्रचलितपारामै पक्षमा वकालत मात्र हैन उस्तै डान्स पोज गरी फोटो र भिडियो सामाजिक संजालमा सेयर गरेको पाईन्छ। कुन चैं पक्ष ठीककि बेठीक ठ्याक्कै भन्न प्रसंग हेर्नु पर्ने हुन्छ । हालसालै ५८ वर्षीय क्यानाडाकी टेलिविज़न समाचारवाचिका लिसा लफ्लेमलाई फुलेको कपाल उनले कालो या खैरो नरंग्याएपछि सिटिभी च्यानलले ३५ वर्षको सेवापछि अकस्मात बिदा दिएको छ तर लिसाको समर्थनमा विश्वप्रसिद्ध फास्टफट रेस्टुरेन्ट वेण्डीज (Wendy’s) ले आफ्नो लोगोमा रहेको नारी अनुहारको कपालको रौं रातोबाट फुस्रो (ग्रे) बनाएर सेयर गरेर समर्थन गरे जस्तो कुरो पनि यो ट्वेर्किंग (twerking) पाराकोडगी (घोप्टे) स्टाईल डान्सलाई परम्परागत तीजको प्रसंगमा लिन सकिंदैन जस्तो मलाई लागेकोछ।यसमा समाजशास्त्री, लोक संस्कृतिविदहरूको बिचार के छ होला भनेर जान्न म उत्सुक छु।


मेरो एउटा बिचार चैं क्लियर छ- चाहे तीज होस् या स्याब्रु, रोधी साँझको कौरा चुट्का नाँचको रौनक या साकेला उभौली, च्याब्रूंगमा यदि परम्परागतरूपमा नाँचगान मनाईदै छ भने यो ट्वेर्किंग (twerking) पाराको डगी (घोप्टे) स्टाईल डान्स या अर्कै कुनै आधुनिक नृत्य त्यो बेला प्रस्तुत गरिनु हुन्न। रिचियुवल नृत्यको बेला जसलाई जे स्वतंत्रता छ भनेर परम्परालाई नै तोडमरोड गरिने अर्कै नृत्य गरिनु हुन्न र गरिदैन पनि। तर लोकदोहोरी गीत जस्तै लोक र्याप ब्याटल छुट्टै गर्न चैं ओके छ त। तर फेरी कुरा के हो भने तीज पर्वकै आसपासमै, परम्परागत तीजमा झैं रातो सारी लाएर छम्मछम्मको सट्टा ट्वेर्किंग (twerking) पाराको डगी (घोप्टे) स्टाईल डान्स गर्ने र त्यसलाई तीजको नृत्य भनेर प्रचार गर्ने हो भने चैं आपत्तिनै हो कि भन्ने मलाई लागेकोछ। सोरठी र घाँटु नाँचको रमझमका बेलामा पनि ट्विर्किंग गर्दिने हो भने त अलि अप्रासंगिक हुने हो कि? वास्तविक सामाजिक उत्तरदायित्वपूर्ण स्वतंत्रता र उद्दंड स्वच्छन्दता एउटै कुरा हैन। लिसाको फुस्रो सेतो रौंमा समर्थन गरे जस्तो सजिलो यो परम्परागत तीज प्रसंगको त्यो नृत्यमा कदापि छैन तर लोकसंस्कृतिविदहरूले भन्छन् भने मेरो भन्नु केही छैन। चेतना भया।

0 comments
bottom of page