top of page
Writer's pictureNepalism.com

U.S. Census 2020 Countdown: Days to go: 9: अमेरिकी जनगणना २०२० मा नेपाली किन छुट्नु हुँदैन?


Exclusive: नेपालिजम डट कमले आउँदो पन्ध्र दिनसम्म अर्थात जनगणना दिवस (अप्रिल १ तारिखसम्म) U.S. Census 2020 Countdown प्रकाशित गर्नेछ। काउण्टडाउन फ्लायर हरेक दिन प्रकाशन हुनेछ। अमेरिकी सरकारले हरेक दश वर्षमा लिने जनगणना यो वर्ष अप्रिल १ तारिख Census Day (जनगणना दिवस) कै रूपमा सम्पन्न हुँदैछ। नेपाली अमेरिकी समुदायले जनगणनामा सकृयतापूर्वक भाग लिन थालेको सन् २०१० को जनगणनादेखि हो तर विगतमा जेजति भए पनि यो वर्ष सन् २०२० को जनगणनामा नेपाली समुदायको पुराकापुरा जनगणना हुनु समुदायको चौतर्फी हकअधिकारको निम्ति अपरिहार्य कडी हो। समुदायलाई लक्षित गरी प्रदान गरिने शिक्षा, स्वास्थ्य, रोजगारी, तालिम, बाटोघाटो र अनेक सरसुविधा जनसंख्याको तथ्यांकको भरमा दिईन्छ। त्यसैले नेपाली समुदायले जनगणनामा आफ्नो, आफ्नो परिवार, आफन्त र साथीभाईहरूको नाम दर्ज गराउनकुनै कसुर बाँकी राख्नु हुँदैन।



अमेरिकाले सन् १७९० देखि आफ्नो जनताको जनगणनाको तथ्यांक लिन थालेको हो। त्यो वर्ष ३९ लाख २९ हजार २१४ अमेरिकीहरूको गणना भएको थियो। सन् २०२० सम्म आईपुग्दा यो सालको अनुमानित अमेरिकी जनसंख्या ३२९ मिलियन (३२.९ करोड) नाघि सकेको छ।


अमेरिकी सरकारको कम्यूनिटी सर्भे (२०१७) अनुसार अमेरिकामा रहेका विदेशमा (नेपालमा?) जन्मिएका नेपालीहरूको जनसंख्या सन् २०१७ मा १ लाख १९ हज़ार ६५० देखाईएको छ भने सन् २०१० मा नेपाली जनसंख्या ४७ हजार १७७ जना देखाईएकोछ। नेपालीहरूको सतप्रतिसतभन्दा बढीबढोत्तरी जनगणनामा प्रतिबिम्बित हुनुले केही फाईदा त भएको छ नै तर यसपाली नेपाली समुदायले सबै नछुटाई जनगणनामा भाग लिन सकिएन भने समुदायले माथि उल्लेखित बिविध सरकारी सरसुविधाहरूबाट बन्चित हुन पर्नेछ। त्यसैले अमेरिकी जनगणनामा नेपाली समुदाय तदारूकताकासाथ लाग्नु पर्नेछ।


यो वर्षदेखि जनगणना अनलाईनबाट गर्न सकिने व्यवस्था गरिएकोछ। कम्यूनिटी सर्भे भर्न यो लिंकमा जानुहोस्:

0 comments

Comments


bottom of page