top of page

अमेरिकी सहरका मेयरद्वारा एड्वानको रजत जयन्तीको अवसरमा सहर घोषणापत्र (City Proclamation) जारी गर्दै सम्मान



Special: एड्वानको रूपमा परिचित नेपाल दलित महिला उत्थान संघ (एड्वान) को पचीस वर्षको अवसरमा आयोजित रजत जयन्ती (१९९८-२०२३) समारोहमा अमेरिकी सहर जर्सी सिटीका मेयर स्टेभन फुलपले सहर घोषणापत्र (City Proclamation) जारी गर्दै एड्वानले नेपालका दलित र सीमान्तकृत जनताको पक्षमा सामाजिक न्याय र सशक्तिकरणको अभियानमा सफलता हाँसिल गरेको भन्दै सम्मान गरेकाछन्। विगत पच्चीस वर्षमा एड्वानले थालेको जातीय छूवाछूत विभेद अन्त्यको निम्ति सामाजिक रूपान्तरणको अभियानबाट डेढ लाख दलित र सीमान्तकृत जनता लाभान्वित भएकाछन्। एड्वानकी संस्थापक अध्यक्ष सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियार हुन्।


गत डिसेम्वर २ तारिख अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरमा आयोजित एड्वान रजत जयन्ती समारोह भगिनी संस्था फ्रेण्ड्स अफ एड्वान नेपालले आयोजना गरेको थियो।


एड्वानको सम्मानमा सहर घोषणापत्र (City Proclamation) जारी


मेयर स्टेभन फुलपले आफूले जारी गरेको सहर घोषणापत्र (City Proclamation) मा एड्वानले विगत पचीस वर्षमा गरेका उपलब्धिहरूको प्रशंसा गर्दै जर्सी सिटी सहरले एड्वान संस्थापक डा. परियारसंग सहकार्य गरी सन् २०१७ को जुन ३० तारिख नेपाल बाहिर विश्वमै पहिलो पटक नेपाली झण्डाको झण्डोत्तोलन गरेन सफल भएको स्मरण गरेकाछन्।



उक्त सहर घोषणापत्र (City Proclamation) को पूर्ण पाठ पढ्नुहोस्ः


“OFFICE OF THE MAYOR

CITY OF JERSEY CITY

NEW JERSEY


STEVEN M. FULOP, MAYOR


Proclamation


Recognizing

ADWAN’S

Historic Silver Jubilee Celebration


WHEREAS, the City of Jersey City acknowledges the historic Silver Jubilee of ADWAN (Association for Dalit Women’s Advancement of Nepal), celebrating 25 years of dedicated service during their Charity Gala on Saturday December 2, 2023; and


WHEREAS, ADWAN has been creating a more just and equal society for Dalits, marginalized girls, and women of Nepal for the past 25 years, and will continue. Dr. Bishnu Maya Pariyar, MA, Hon. DLitt., founder of ADWAN, is honored for her outstanding contributions to our community and has served as a member of our city’s first-ever Diversity and Inclusion Advisory Board (2017-2019), Jersey City Employment & Training Board (2021-2024), Emissary of Sister City between City of Jersey City and Nepal’s Indrawati Rural Municipality (2019), and Women Advisory Board (2023-2026); and,


WHEREAS, The City of Jersey City, under Dr. Pariyar's leadership, made history by becoming the first city in the world to unfurl the Nepal Flag atop its City Hall Building on June 30, 2017, and hosted the 2nd historic Nepal Flag Raising Ceremony on September 20, 2021, with Dr. Pariyar playing a pivotal role in these significant events; and,


WHEREAS, The City of Jersey City Municipal Council has twice passed City Resolutions in 2015 and 2018 on Temporary Protection Status (TPS) for Nepalis in the USA, with Jersey City becoming the first and only U.S. city to pass the TPS Resolution #15.403 on May 27th, 2015, following the devastating earthquake in Nepal; and,


WHEREAS, ADWAN has stood as a beacon of hope, leading the charge for equality and empowerment in Nepal since its establishment in 1998, with Ms. Bishnu Maya Pariyar initiating women's groups in her own village in 1996. ADWAN continues to eliminate caste-based untouchability, inequality, injustice, poverty, and illiteracy, promoting dignity, freedom, peace, harmony, and prosperity through innovative women's groups and community-oriented programs.


NOW, THEREFORE, BE IT RESOLVED THAT I, STEVEN M. FULOP, MAYOR of the City of Jersey City, do hereby proclaim DECEMBER 2, 2023 a day to honor the historic Silver Jubilee of ADWAN and extend our best wishes to Dr. Bishnu Maya Pariyar and her esteemed organization for their 25 years of dedicated service in creating a more just and equal society.


IN WITNESS WHEREOF, I have set my hand and the Seal of the Office of the Mayor on this 2nd day of December in the Year of Our Lord, Two Thousand Twenty-Three.

STEVEN M. FULOP

MAYOR”



अमेरिकामा एड्वान रजत जयन्ती समारोह


सो एड्वान रजत जयन्ती समारोहमा एड्वानका डेभलपमेण्ट पार्टर संस्थाका प्रतिनिधिहरू, न्यू जर्सी राज्यका निर्वाचित प्रतिनिधिहरू र सामाजिक संस्थाहरूका प्रतिनिधिहरूले सम्वोधन गरेका थिए ।


एड्वानकी संस्थापक अध्यक्ष एवं फ्रेण्डस अफ एड्वानकी अध्यक्ष नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन् भने फ्रेण्डस अफ एड्वानकी निवर्तमान अध्यक्ष जोन गुडम्यानले धन्यवाद व्यक्त गरेकी थिईन्।



उक्त समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा प्रमुख अतिथि नेपाली वाणिज्यदूत गणेशप्रशाद अधिकारी, विशिष्ट अतिथि जर्सी सिटी काउन्सिल प्रेसिडेंट जोयस् वाटरम्यान, न्यू जर्सी राज्य सिनेटर एन्जेला म्याकनाईट, युएसएड नेपालकी डेमोक्रेसी एण्ड गभर्नान्स विशेषज्ञ सुमित्रा मानन्धर, युएसएड नेपालको लोकल ओर्कसका लागि एड्वान परियोजनाको चिफ अफ पार्टी राजकुमार त्रिखत्री, जर्सी सिटी महिला सल्लाहकार वोर्डकी सदस्य सेरी सिंह, क्लाईमेट चनेज साईन्टिस्ट डा. जेनिन ब्लुमफिल्ड, फ्रेण्डस अफ एड्वानकी पूर्व वोर्ड सदस्य प्रोफेसर ट्रेसी वेयर र युवा चित्रकार ईशान पारमरले सम्वोधन गरेका थिए। समारोहको संचालन फ्रेण्डस अफ एड्वानकी वोर्ड सदस्य आस्था सिंहले गरेकि थिईन्।



चार नेपाली व्यक्तित्वहरू सम्मानित


सो रजत जयन्ती समारोहको अवसरमा जर्सी सिटी सहरका काउन्सिल प्रेसिडेंटद्वारा सिटी कदरपत्रबाट चार नेपाली व्यक्तित्वहरूलाई सम्मानित गरिएको छ। यसरी सम्मानित हुने व्यक्तित्वहरू युएसएड नेपालकी डेमोक्रेसी एण्ड गभर्नान्स विशेषज्ञ सुमित्रा मानन्धर, न्यू योर्कका वरिष्ठ कानूनविद खगेन्द्र जिसी, न्यू योर्कका वरिष्ठ कानूनविद केशवराज सेढाईं, वासिंगटन डिसीकी सुपरिचित कानूनविद बन्दिता शर्मा दाहाल र मेडिकल व्यावसायी माईकल थेभार रहेकाछन्।



प्रायोजकहरूलाई विशेष कदरपत्रद्वारा सम्मान


सो समारोहमा फ्रेण्डस अफ एड्वान र एड्वानले एड्वान रजत जयन्ती समारोहका प्रायोजकहरूलाई विशेष कदरपत्रद्वारा सम्मान गरेको थियो। गत डिसेम्वर २ तारिख सम्पन्न एड्वान रजत जयन्ती समारोहमा सत्ताईस हजार अमेरिकी डलर प्रायोजन अनुदान संकलन भएको थियो।





विशेष साँस्कृतिक प्रस्तुति


उक्त समारोहमा रूकुमको गेमी तकसेरा समाज अमेरिकाको समायोजनमा नेपालको परम्परागत लोकप्रिय लोकसंगित पन्चे बाजा र न्यू योर्कस्थित बसन्त डान्स सेन्टरका विजयमान नकर्मीको कोरियोग्राफी र नृत्य निर्देशनमा कलाकारहरूले नेपाली संस्कृति झल्किने विशेष स्वागत नृत्य साँस्कृतिक प्रस्तुति गरेका थिए।



पंचेवाजाका कलाकारहरूमा किरण बुढा मगर, जोक नारायण बिके, सुसांग बुढा मगर, राजेश बुढा मगर, सुधार बुढा मगर, मधुकर बुढा मगर, धरम बुढा मगर, दीपसागर बुढा मगर, विशाल बुढा मगर र कबल बुढा मगर रहेका थिए भने बसन्त डान्स सेन्टरका कलाकारहरूमा हृदयसी डंगोल, कत्याएनी शाह, कोहिनुर श्रेष्ठ, निभा श्रेष्ठ, सन्जिना रन्जित, दिव्या पौडेल, दुर्गा खत्री र यशोदा गुनी रहेका थिए।



त्यसैगरी, नेपाली नृत्य प्रस्तुति गर्ने कलाकारहरूमा नायिका रन्जिता गुरूंग, कविना महर्जन र सिम्रन अधिकारी रहेका थिए।




एड्वान र एड्वान संस्थापकको विश्व चर्चा


एड्वानकी संस्थापक अध्यक्ष नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जातीय छुवाछूत विरूद्ध र महिला सशक्तिकरण तथा बालबालिका शिक्षाको साढे दुई दशक लामो जीवन संघर्षको कथा अमेरिकी राज्य मासाचुसेट्सका हाल ४० डिस्ट्रिक्टका १५० विद्यालयका ३० हजार विद्यार्थीहरू अध्ययन गरिरहेकाछन् । यो पाठ्यक्रम सन् २०२२ मा मासाचुसेट्स राज्यको शिक्षा विभागले प्राईमरी सोर्सको सहकार्यमा तयार पारी राज्यस्तरमा लागू गरेको हो।


मासाचुसेट्स राज्यको शिक्षा विभागका रेबुबेन हेनरिकले सो पाठ्यक्रमबारे जानकारी गराउँदै राज्यभर १५० डिस्ट्रिक्ट रहेको र अहिले ४० डिस्ट्रिक्टका १५० विद्यालयका झण्डै ३० हजार विद्यार्थीहरूलाई पढाईन शुरू गरि सकिएको जानकारी गराए। साथै, यो पाठ्यक्रम अमेरिकाको अन्य राज्यहरूका विद्यालयहरूले पनि पढाउन शुरू गरिएको बताए।


Nurturing Young Minds Equality

नयाँ पुस्तालाई समानताको शिक्षा


विभेद रहित समाजको कल्पना गर्नु हाम्रो नियती हो भने भावी पुस्ताको न्युनतम हक हो। संयुक्त राष्ट्र संघले आफ्नो दीगो विकासको लक्ष-१० मा Reduced Inequality (असमानताको न्यूनिकरण) भन्दै सन् २०३० सम्ममा आर्थिक असमानताको साथसाथै जात, जाति, धर्म, लैंगिक, उमेर र असक्तताको आधारमा हुने असमानता घटाउने प्रतिवद्दता गरेकोछ। नेपालकी सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियार जन्मिदै तथाकथित दलित र अछुत बनाएको कारण उनले खेप्नु परेको हण्डर र संघर्षको कथा अहिले विश्वभरका कलेज, विश्वविद्यालयहरूमा लाखौं युवा विद्यार्थीहरूले पढिरहेकाछन्- डा. लिसा होफ्नरको The Writer’s Mindset मार्फत।


त्यसैगरी, अछुत र दलित बनेर उनले भोग्नु परेको पीडा र त्यसबाट उन्मुक्तिको बाटो पहिल्याउन उनी र उनको संस्था एडवानले विगत २७ वर्षदेखि गर्दै आएको सत्प्रयासको दृष्टान्तलाई यतिखेर अमेरिकाको मासाचुसेट्स राज्यको शिक्षा विभागले राज्यस्तरको कक्षा-७ को पाठ्यक्रममा “Lession-12: Untouchability and SDG 10” (पाठ-१२ः अछुतपना र दीगो विकास १०) शिर्षक अन्तर्गत आठ पेजको लामो पाठ्य सामाग्री अनुमोदन गरी राज्यस्तरमा पढाई शुरू गरेको छ। यो पाठ्यक्रम शैक्षिक पाठ्य सामग्री निर्माण गर्ने मुनाफारहित संस्था प्राईमरी सोर्सले तयार गरेको हो।


उता नेपाल सरकारको शिक्षा मन्त्रालय या शिक्षा विभागले जातको आधारमा अछुत/छुवाछूत विभेद न्यूनीकरण गर्ने सम्बन्धी पाठ्यक्रम कतै निर्माण गरेको छ या छैन। नेपालको संविधान र कानूनले छुवाछूत र जातीय विभेद बर्जित गरेकोछ तर तथाकथित दलित भएकै कारण हेपिनु पर्ने र मारिनेक्रम रोकिएको छैन। तर यता अमेरिकाको मासाचुसेट्स राज्यको यो शैक्षिक चेतना नयाँ पुस्तामा अंकुरण गर्ने पहल सराहनीय छ।


सन् २०१७ को जुन ३० तारिख अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहर आफ्नो सिटी हल भवनको ताज छानामा नेपालको झण्डा फहराउने विश्वमै पहिलो अमेरिकि शहर बनेको थियो । जर्सी सिटी सहरकी तत्कालिन डाईभर्सिटी र ईन्क्लुसन वोर्डकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो। सोही जर्सी सिटी नगरले दोश्रो ऐतिहासिक झण्डोत्तोलन समारोह पनि डा. परियारकै पहलमा सन् २०२१ को सेप्टेम्वर २० तारिख नेपालको झण्डा फराएकोथियो।


त्यसैगरी, अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सन् २०१९ को जनवरी २४ तारिख सिस्टर सिटी बनाउन दुई मेयरद्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा सन् २०१८ को डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेषदूत) को डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच सिस्टर सिटी बनाउन सफल भएको थियो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।


जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. विष्णुमाया परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि नेपालमा गएको महाभूकम्पले उनीहरूको नेपालमा रहेका परिवारमा पर्न गएको क्षतिको निम्ति राहत पुर्याउन टिपिएस (TPS) सुविधा दिलाउने सम्बन्धी काउन्सिल रिजोलुसन पारित गरिएको थियो। टिपिएस रिजोलुसन सन् २०१५ र २०१८ मा पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो ।


अमेरिकाको न्यू जर्सी राज्यको गभर्नर फिल मर्फीद्वारा गठित पहिलो एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डर आयोग (AAPI Commission) मा नेपाली अमेरिकी सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियारसहित २८ जना व्यक्तित्वहरू मनोनित गरिएकोछ। यसरी कमिसनर नियुक्त हुने डा. परियार एक मात्र नेपाली हुन्। गभर्नर मर्फीले सन् २०२१ को नोवेम्बरमा एएपिआई कमिसनको स्थापना गरेका थिए भने मे महिना एएपिआई सम्पदा महिनाकोरूपमा मनाईने अवसर पारेर उक्त नियुक्ति गरेका हुन्। गभर्नर मर्फीले एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरहरूको जनसंख्या न्यू जर्सी राज्यमा अमेरिकाभरमा तेश्रो ठूलो संख्या रहेको उल्लेख गर्दै राज्यको विविधतामा एएपिआई समुदायको मुख्य भूमिका रहेको बताएकाछन्। उक्त एएपिआई आयोगले राज्यमा एएपिआई समुदायको सामाजिक र आर्थिक हक हीतको निम्ति नीति निर्माण गर्ने र गभर्नर र राज्य सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिईएकोछ।


यसैविच, गभर्नर मर्फीले न्यू जर्सी राज्यको K-12 विद्यालयहरूमा सन् २०२२-२३ शैक्षिक सत्रदेखि अनिवार्यरूपमा एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरबारे पठनपाठन गरिने कानून पारित गरेका थिए। एएपिआई समुदायबारे पाठ्यक्रममा पढाई अनिवार्य गर्ने राज्यहरूमा ईलिनोई राज्यपछि न्यू जर्सी राज्य दोश्रो अमेरिकी राज्य बनेकोछ।


जर्सी सिटी सहरको मेयर स्टिभन फुलपको विविधता र समावेशी वोर्डकि पूर्व सल्लाहकार रही सकेकी डा. परियार हाल जर्सी सिटी सहरको महिला सल्लाहकार तथा रोजगारी र तालिम कमिटीको सदस्य रहेकीछिन्। जर्सी सिटी सहरको महिला आयोगको गठन सन् २०२२ को जनवरी २६ मा काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यानको नेतृत्व र डा. परियारको पहलमा गठन भएको हो।


डा. परियार हाल अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीस्थित केयरपोईन्ट हेल्थ अन्तर्गत हड्सन स्पिककि वरिष्ठ प्रोग्राम डाईरेक्टरको रूपमा कार्यरत छिन्। हड्सन स्पिक न्यू जर्सी राज्यको हड्सन काउण्टीमा साढे छ लाख जनसंख्यालाई यौन हिंशा विरूद्ध गैरसरकारी र सरकारी सहकार्यमा आकस्मिक सहायता प्रदान गर्ने मुख्य संस्था हो।


नयाँ पुस्तालाई समानताको शिक्षा


डा. विष्णुमाया परियारको जीवन कहानी विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित छ। विश्वविद्यालय र हाईस्कूलका विद्यार्थीहरूको पाठ्यपुस्तक प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशकम्याकग्रो हिलले डा. लिसा राईट होफ्नरद्वारा लिखित ‘दि राईटर्स माईण्डसेट’ (The Writer’s Mindset) पुस्तकमा डा. परियारको जीवन संघर्षको कहानी प्रकाशन गरेको छ। उक्त पुस्तकको ६९२ पृष्ठ मध्ये डा. परियारको कहानी पृष्ठ ५९१-५९४ बिच चार पृष्ठहरूमा समावेश गरिएकोछ। यसरी नेपाली व्यक्तित्वको कहानी विश्व प्रसिद्ध पाठ्यपुस्तकमा प्रकाशित भएको ईतिहासमै पहिलो पटक हो।



उनको यो पाठ्यपुस्तकमा समावेश कहानी यस अघि अमेरिकी संघीय सरकारको पिस कोरले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो।


विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तकहरू अमेरिकामा मात्र हैन विश्वको १००+ (सय बढी) मुलुकहरूका हाईस्कूल, कलेज र विश्वविद्यालयहरूमा पढाईन्छ। सन् २०२० को डाटा अनुसार हाल यो पब्लिकेसनको ४३ लाख बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थीहरू र प्रोफेसरहरू छन् भने यसका ११ सयभन्दा बढी शिक्षण संस्थानहरू विशेष प्रयोगकर्ता छन्।


राष्ट्रीय र अन्तर्राष्ट्रीय ४० बढी पुरस्कारहरूबाट सम्मानित डा. विष्णुमाया परियारलाई सन् २०१५ मा उनले समाजमा पुर्याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका मेयरग्रेग ई फिसरले प्रोक्लेमेसन पत्रद्वारा सेप्टेम्बर २७ तारिखलाई "डा. विष्णुमाया परियार डे" घोषणा गरिएको छ । यसरी जिवित नेपाली व्यक्तित्वको नाममा दिवस (डे) घोषणा गरेर विदेशी भूमिमा सम्मान गरिएको यो पहिलो ऐतिहासिक दिन हो ।


एड्वानले स्थापना काल सन् १९९८ देखि हालसम्म २५ हजार बढी बालबालिकाहरू र डेढ लाखभन्दा बढी दलित र सिमान्तकृत तिनका परिवार र जनतालाई शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण, दीगो कृषि, सामाजिक जागरण, संचेतना, कानूनी प्रशिक्षण लगायतका विविध क्षेत्रहरूमा योगदान पुर्याउँदै आएकोछ। एड्वानकी संस्थापक अध्यक्ष डा. परियार हुन्।


Dr. Bishnu Maya Pariyar is founding President of ADWAN (Association for Dalit Women's Advancement of Nepal), a rights-based Nepali organization which has supported more than 25,000 children and more than 150,000 Dalit and marginalized women and their family members in Nepal since 1998.


for more info about ADWAN's work, visit: www.adwannepal.org


0 comments
bottom of page