top of page

अमेरिकी संयुक्त सदनद्वारा २.३ ट्रिलियन बजेट पारित, ९०० बिलियन कोरोना राहत प्याकेज, यो रक़म कति हो?

Writer's picture: Nepalism.comNepalism.com

-प्रदीप परियार थापा

Exclusive: अमेरिकी संघीय फेडेरल सरकारको दुबै सदन सिनेट र हाउस अफ रिप्रिसेन्टेटिभबाट $२.३ ट्रिलियन डलर अर्थात् नेपाली रूपैंयाँ २७ नील, १८ खर्ब, ५९ अर्ब, ७७ करोड बराबरको बजेट पारित गरेकोछ। त्यस मध्ये $९०० (नौ सय) बिलियन डलर कोरोना महामारी राहतको रूपमा वितरण गरिनेछ।


यो अमेरिकी सरकारको बजेट $2.300,000,000,000 लाई हालको USD 1= 118 NPR मा रूपान्तर गर्दा नेपाली रू. 2,71,859,770,000,000 हुन आउँछ। त्यो भनेको नेपाली रूपैंयाँ २७ नील, १८ खर्ब, ५९ अर्ब, ७७ करोड हो। (नोट: नेपाली रकम गिन्तिक्रम: लाख, करोड, अर्ब, खर्ब, नील, पद्म, शंख, क्रत्म)


सिनेट र हाउसले पास गरेको यो $२.३ ट्रिलियन डलर बजेटलाई अमेरिकी राष्ट्रपतिले पास गरेपछि लागू हुन्छ। कानूनत: राष्ट्रपति ट्रम्पले संयुक्त संसदबाट पारित भएको दश दिन भित्र हस्ताक्षर गर्नुपर्नेछ। यदि राष्ट्रपति ट्रम्पले भिटो पावर लगाए भने यो बजेट संयुक्त सदनमा बिचारार्थ फर्किनेछ जुन संयुक्त सदनको दुई तिहाई मतले पास गरी पठाएमा राष्ट्रपतिले हस्ताक्षर गरी लागू गर्नु पर्ने बाध्यात्मक व्यावस्था छ । तर राष्ट्रपति ट्रम्पले आफ्नै दलका सिनेटर र सभासदहरूको मिलिभगतमा पास गरिएको बजेट बिना भिटो हस्ताक्षर गर्ने निश्चित जस्तै छ।


यो बजेटमा $२८४ बिलियन डलर साना व्यावसायहरूको राहत र तिनको कर्मचारीको तलब सुरक्षा राहत Paycheck Protection Program (PPP) मा खर्च गरिने छ भने बेरोजगार भत्तामा रहेकाहरूलाई प्रति व्यक्ति हप्ताको $३०० थप भत्ता आगामी ११ हप्तासम्म प्रदान गरिनेछ। साथै, प्रति व्यक्ति $६०० को स्टिमुलस चेक$७५ हजार डलरसम्म कमाउनेलाई प्रदान गरिनेछ। यो बजेटबाट अस्पताल, विद्यालय र घरभाडाबाटनिकालिने अवस्थाका परिवारलाई सुरक्षा दिने व्यावस्थापनमा पनि खर्च गरिनेछ।

0 comments

Commentaires


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page