अमेरिकी संसदबाट $२ ट्रिलियन डलरको कोरोना स्टिमुलस प्याकेज बिल, जनता र कम्पनीहरूलाई राहत कसरी हुन्छ?
-Pradeep Pariyar Thapa
Exclusive: अमेरिकी संसदबाट $२ ट्रिलियन डलरको कोरोनाभाईरस राहत स्टिमुलस प्याकेज बिलमा अमेरिकी माथिल्लो सदन सिनेटका दुई दलहरू रिपब्लिकन र डेमोक्रेट पार्टीका सिनेटरहरू अन्तत: राजी भएकाछन्। यो राहत प्याकेजबाट जनता र कम्पनीहरूलाई राहत कसरी हुन्छ? अमेरिकाको कूल ग्रायस्थ उत्पादन GDP को १० प्रतिशत बराबरको यो कोरोना राहत प्याकेजले अमेरिकी जनता र कम्पनीहरूलाई राहत मिल्नेछ। जनता र कम्पनीहरूले के, कति डलर राहत, अनुदान र रिणस्वरूप प्राप्त गर्नेछन्? यो $२ ट्रिलियन भनेको कति हो? यो $२ ट्रिलियन डलर नेपालीमा गरिने गन्ति- लाख, करोड, अर्ब, खर्ब, नील, पद्म, शंख, क्रत्मको हिसाबमा २० खर्ब डलर हो। यसलाई डलरबाट नेपाली रूपैयाँमा साट्दा चैं अहिलेको $1=Rs122 को दरले २,४४० खर्ब रूपयाँ हुन्छ । सबिस्तार समाचार र विश्लेषण पढ्न तलको नेपालिजम डट कमको समाचार लिंकमा जानुहोस्:
प्रेसिडेंट ट्रम्प सरकारको National Economic Council डाईरेक्टर लारा कुड्लोले अमेरिकी संसदले सहमति गरेको कोरोना स्टिमुलस बिल $२ ट्रिलियन डलर भनेको अमेरिकाको कूल ग्रायस्थ उत्पादन GDP को १० प्रतिशत बराबर हो भनेकाछन्: “The package is coming in about 10% of GDP, it's a very large package," अमेरिकाको सन् २०१९ को कूल ग्रायस्थ उत्पादन GDP $२१.४४ ट्रिलियन डलर हो।
कोरोनाभाईरस राहत स्टिमुलस प्याकेज बिलमा व्यावस्था गरिअनुसार सन् २०१८ मा फाईल गरेको ट्याक्सका आधारमा $७५ हजारसम्म वार्षिक कमाई गर्ने अमेरिकी एकल नागरिकले $१,२०० सम्म, $१ लाख ५० हजारसम्म कमाउने दम्पत्तिले $२,४०० सम्म र प्रति बालबालिक $५०० डलर प्राप्त गर्नेछन्। तर एक्लै $९९,००० बढी र दम्पत्ति $१,९८,००० बढी कमाउनेले यो बिलबाट कुनै रकम सहयोग पाउनेछैनन्। यो रकम अप्रिल महिनामा भुक्तान गरिने बताईएकोछ।
सो $२ ट्रिलियन डलर मध्ये $३५० बिलियन डलरबाट साना व्यावसायी कम्पनीहरूलाई सहुलियत रीण उपलब्ध गराईनेछ जसले १० हप्तासम्म उनीहरूको खर्च धान्न मद्दत हुनेछ। तर उनीहरूले यदि ८ हप्तासम्म कर्मचारी बर्खास्त गरेनन् भने या आगामी जुन महिनासम्म ति कर्मचारी पुन:नियुक्त गरे भने तेतिन्ज्लसम्मको रीण चुक्ता शुरू (repay) गर्नु नपर्ने व्यवस्था छ।
साथै उक्त बिलमा कोरोनाभाईरसको महामारीक