नेपाल फर्किएका नेपालीहरूलाई जासूसको आरोप लगाउने युवराज पौडेल सफल को हुन्? उनको राष्ट्रघाती नियत के?

-प्रदीप परियार थापा
Updated: Exclusive: Opinion: नेपाली नागरिकको तर्फबाट भन्दै एक्लै मनमौजीरूपमा नेपालको विद्यमान प्रवासी नेपाली विरोधी कानूनको दुरूपयोग गर्ने कुत्सित मनशाय युवराज पौडेल सफलको रहेको देखिएकोछ। नेपालको राष्ट्रपतिको टेबुलमा गएर अड्केको बिचाराधिन नागरिकता ऐन विधेयकमा एक पटकको नेपाली संधैको नेपाली रहने व्यवस्था सहितको नागरिकताको निरन्तरताको माग गरीरहेका पचास लाखभन्दा बढी गैरआवासीय नेपाली (एनआरएन) हरूलाई झस्काउने र मर्माहट हुने गरी अमेरिकाबाट नेपाल फर्किएका रवि लामिछानेको नेपाली नागरिकताको वैधानिकताको विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका मध्ये एक युवराज पौडेल सफल फेरी लामिछानेको नागरिकता पुरानै नागरिकता प्रमाण-पत्र नम्बर कायम गरी जारी भैसकेपछि पनि सरकारको विभिन्न निकायमा "गैरनागरिक गृहमन्त्री हुँदा राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने कार्य गरेको" जस्तो गंभीर आरोप लगाउँदै निवेदन दर्ता गराउँदै हिडेपछि उनको असलितबारे थप आशंका उब्जिएकोछ। उनको पछिल्लो गतिविधिले प्रवासी नेपाली र नेपालमा वसोबास गर्ने नेपालीहरू बिच विद्वेष र घृणा फैलाउने, नेपाली-नेपाली बिचमै एकआपसमा अविश्वास र सद्भाव खल्बल्याउने जघन्य राष्ट्रघाती कार्य भएको छ। को हुन् उनी? उनको राजनीतिक नश्ल र नियत के हो?
युवराज पौडेल सफलको गतिविधि नियाल्दा प्रवासी नेपालीलाई बिना प्रमाण जासूसी देख्ने पूर्वाग्रह, दिग्भ्रमित र असन्तुलित मानसिकता भएका व्यक्ति ठम्याउन गाह्रो छैन। उनी पाँचवटा दलहरू आवद्ध भएको समाजवादी केन्द्रको अध्यक्ष मण्डलको सदस्य रहेको प्राप्त कागजातबाट देखिन्छ। उनी “नेकपा (नेपाल कम्युनिस्ट पार्टी) राष्ट्रिय एकता अभियान” को संयोजक रहेको र सो पार्टीको नाम परिवर्तन गरी “समाजवादी केन्द्र” को घोषणा गरिएको कुरा मिति २०७९/०४/१९ मा नेपाली संचारमाध्यमलाई प्रेषित पत्रमा जनाईएको छ। हेर्नुहोस् सो पत्रः

अर्को एक डिजिटल पत्रकार सम्मेलन ब्यानरमा लेखिए अनुसार समाजवादी केन्द्रमा आवद्ध अन्य पार्टीहरूमाः (१) समाजवादी केन्द्र नेपाल, (२) आधुनिक नेपाल समाजवादी पार्टी, (३) आम नेपाली पार्टी, (४) नेकपा (राष्ट्रवादी), र (५) नेकपा (समाजवादी) । हेर्नुहोस् सो डिजिटल ब्यानरः

यि माथिका प्रमाणले उनी बामपन्थीधारका रहेको स्पष्ट संकेत गर्दछ।

उनले नेकपा माओवादी केन्द्रका नेताहरू अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल लगायतसंग भेटी खिचेको फोटोहरू सामाजिक सन्जालहरूमा देख्न सकिन्छ।
त्यसैगरी, उनको दुईवटा फेसबुक प्रोफाईलहरूमा अत्यन्त कम प्रकाशित फोटोहरू हेर्दा उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेका नेता डा. रामशरण महतसंग खिचेको फोटो पोष्ट गरेको देखिन्छ। हेर्नुहोस् फोटो उनको फेसबुक प्रोफाईलबाट कोलाज गरिएको फोटोः

Phots from Yubraj Poudel Saphal Facebook profiles
यिनै युवराज पौडेल सफलले रवि लामिछाने पुनः नेपाली नागरिकता लिई सकेपछि लामिछानेको विरूद्ध नेपाली राहदानीको दुरूपयोग, लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवैधताको विषयमा संसद सचिवालय, अध्यागमन विभाग, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय र काठमाडौं जिल्ला प्रहरी कार्यालयमा निवेदन लिएर पुगेको कुरा नेपाली संचारमाध्यमहरूले उल्लेख गरेकाछन्।
अन्नपूर्ण पोष्ट दैनिकले “राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी” भन्दै सम्प्रेषण गरेको एक समाचारमा “गैरनागरिक गृहमन्त्री हुँदा राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने कार्य भएको कारण रास्वपा खारेज हुनु पर्ने माग गरिएको” उल्लेख गरेकोछ।
यो गम्भीर आरोप हो। रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको निर्देशनकै आधारमा पुनः नेपाली नागरिकता उनको पुरानै नागरिकता नम्बर कायम गरी लिई सकेको अवस्था छ। अर्थात, जन्म र वंशजको नाताले पहिलेकै नेपाली नागरिकता प्रमाण-पत्र कायम गर्न मिल्ने नेपाली नागरिक भएको सर्वोच्च अदालतको फैसलाबाट ठहरिई सकेको व्यक्तिको विरूद्ध राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने” भन्ने गंभीर राष्ट्रघाती, प्रवासी नेपाली र नेपालमा वसोबास गर्ने नेपालीहरू बिच विद्वेष र घृणा फैलाउने, नेपाली-नेपाली बिचमै एकआपसमा अविश्वास र सद्भाव खल्बल्याउने कार्य भएको छ। के यि युवराज पौडेल सफललाई उनलाई मनलागेकै आधारमा जतापायो तेतै, जहिले मन लाग्यो तहिले मुद्दा हालेर कानूनको दुरूपयोग गर्दै नेपाली-नेपाली बिचमै बैमनष्यता, बैरभाव र अविश्वास फैलाउने छुट हुन्छ?





Comments