विश्वकै महंगो Balenciaga ले विज्ञापनमा बालबालिकाको गलत विज्ञापन गर्दा विवादमा, के के गर्न हुँदैन?

-Pradeep Pariyar Thapa
Updated: Exclusive: विश्वकै महंगा फेशनका सामाग्रीहरूको डिजाईन, उत्पादन र बिक्रीवितरण गर्ने चर्चित फेसन ब्राण्ड Balenciaga ले गत नोवेम्वर महिनाको एउटा विज्ञापनमा बालबालिकाको तस्वीरसंगै गलत सामाग्री देखाएर विज्ञापन गर्दा विवादमा फँस्न पुगेकोछ। ब्यालेन्सियागाको मुख्य ब्राण्ड सद्भावनादूत, चार बालबच्चाकी आमा, सेलिब्रिटी मोडल, व्यावसायी किम कर्डासियन समेत विवादमा मुछिएकीछिन्। ब्यालेन्सियागाको एउटा लेडिज ह्याण्ड ब्यागलाई $७,४०० (नेपाली रूपैंयाँ ९ लाख ६१ हजार) सम्म पर्दछ। यति महंगोमा सामान बेच्ने कम्पनीले बालबालिकाको मामलामा यति विवादास्पद विज्ञापन किन बनाउनु पर्यो? यो घटनाबाट के शिक्षा लिने?
यो विवादमा ब्यालेन्सियागाले आफ्नो ईन्स्टाग्राम पोष्टमा आफूले बालबालिकाहरूको दुरूपयोग हिंसाको कडा शब्दमा विरोध जनाउने भन्दै आफ्नो त्यस्तो नियत नरहेको जनाएकोछः
“WE STRONGLY CONDEMN CHILD ABUSE; IT WAS NEVER OUR INTENT TO INCLUDE IT IN OUR NARRATIVE. THE TWO SEPARATE AD CAMPAIGNS IN QUESTION REFLECT A SERIES OF GRIEVOUS ERRORS FOR WHICH BALENCIAGA TAKES RESPONSIBILITY.”ब्यालेन्सियागाको वक्तव्यको पूर्ण पाठ समाचारको अन्तमा पढ्नुहोस्।
त्यो विज्ञापनमा के छ?
ब्यालेन्सियागाले गत नोवेम्बर महिनामा जारी गरेको एक विज्ञापनमा एक बालिकाको फोटोसंगै एक अदालतले चाइल्ड पोर्नोग्राफी (बाल यौनादुराचार) मुद्दामा चाइल्ड पोर्नोग्राफी विरूद्ध गरेको फैसलाको लिखत कपि देखाईएकोछ जुन सरासर गलत छ।
उता, ब्राण्ड सद्भावनादूत किम कर्डासियनले पनि आफ्नो ईन्स्टाग्राम पोष्टमा आफू चार बालबच्चाको आमाको हिसाबले तेस्तो विज्ञापन आउँदा आफू अत्यन्त चिन्तित भएको बताउँदै बालबालिकाहरूप्रतिको कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने उल्लेख गरेकिछिन्ः
“As a mother of four, I have been shaken by the disturbing images. The safety of chi