top of page

महावीरको राष्ट्र निर्माण महायात्रामा सहभागी किन बन्ने?


Exclusive: विश्व सुपरिचित नेपाली सामाजिक उद्यमी तथा वैज्ञानिक डा. महावीर पुन मगर यतिखेर नेपालको आसन्न प्रतिनिधिसभाको आमनिर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार खडा भएकाछन्। जेनजी आन्दोलनपछि बनेको अन्तरिम मन्त्री मण्डलमा शिक्षा मन्त्री बनेका डा. पुन उनले शैक्षिक सुधारका निम्ति अध्यादेश ल्याउने प्रयास गरेका थिए तर सफल हुन सकेनन्, जसको फलस्वरूप उनी राजनीतिमा होमिने निर्णयमा पुगे र आफ्नो जन्मथलो म्याग्दीबाट उम्मेदवार बने। अब भने हामी सबैको दायित्व भएको छ- राष्ट्र र युवाहरूको भविष्य निर्माणको लागि डा. पुनलाई जिताएर संसदमा पुर्याउनु पर्ने। र, आशा हरौं, त्यो अभिभारा म्याग्देली जनताले पनि पुरा गर्नेनै छन्।



डा. महावीर उनै गर्विला नेपाली छोरो हुन् जो अमेरिकामा उच्च शिक्षा हाँसिल गरेर स्वदेशमै केही गर्नेमातृभूमि नेपाल फर्किएका थिए। नेपालमा वायरलेस प्रविधिको अग्रणी यि वैज्ञानिक पुनले नवप्रवर्तन र आविष्कारमा युवा नेपाली अनुसंधानकर्ताहरूलाई नेपालमै बसेर नेपाल समृद्ध बनाउने महायात्रा शुरू गरे तर नेपाल सरकारले पटक पटकको उनको मागलाई आश्वान मात्र दिएर वर्षौं झुलाई रह्यो। प्रवासमा रहेका हामी नेपालीहरूले उनको महायात्रामा होस्टेमाहैसे गरी रह्यौं। पछिल्लो पटक उनले देशभर आफ्नो जीवनकथा पुस्तक बेचेर रू. दश करोडभन्दा बढी रकम संकलन गरी वीरगंजस्थित जिर्ण रहेको कृषि औजार कारखानालाई पुनरोद्दार गरी संचालनमा ल्याएर नेपाली कृषकलाई चाहिने कृषिऔजारहरूको पहिचान, परिक्षण र उत्पादन शुरू गरेकाछन्


सरकारले गर्न नसकेको / नचाहेको काम डा. पुनको नेतृत्वमा के के र कसरी सम्पन्न भयो?


नवप्रवर्तन र उद्यमशीलताको माध्यमबाट नेपाललाई समृद्ध राष्ट्र बनाउन सकिन्छ भन्ने दृष्टिकोण राखेको डा. महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रमा बाल चार दर्जन बढी युवा आविष्कारक तथा वैज्ञानिकहरू नवप्रवर्तन परियोजनाहरूमा कार्यरत छन्, जसले नेपालको वर्तमान निराशाजनक अवस्थालाई रूपान्तरण गर्ने लक्ष्य राखेका छन्। यी परियोजनाहरूमा मेडिकल ड्रोन, न्यानो नानी (बेबी वार्मर तथा इन्क्युबेटर), एआई–आधारित नवप्रवर्तनहरू, बाँदर भगाउने प्रणाली, सेलरोटी बनाउने मेसिन, सब्जी कोठी, भुइँ सफा गर्ने रोबोट, रिभर्स भेन्डिङ मेसिन, कुखुरापालनका लागि वैकल्पिक पशु प्रोटिन स्रोतका रूपमा ब्ल्याक सोल्जर फ्लाइ, विद्युतीय रूपान्तरण, अदुवा पेय पदार्थ, इलेक्ट्रोनिक बिलिङ प्रणाली, सौर्य पानी तताउने यन्त्र, झिँगा (प्राउन) पालन, टेलि–मेडिसिन तथा इलेक्ट्रोनिक स्वास्थ्य अभिलेख प्रणाली, तापीय ऊर्जा, प्लास्टिक पगाल्ने मेसिन, एआई प्रयोग गरेर ब्लाइन्ड स्पट पहिचान प्रणाली, अगरबत्ती बनाउने मेसिन, ठोस जैविक फोहोर व्यवस्थापन प्रणाली, स्मार्ट पकाउने चुलो, इभापोरेटिभ कुलर, मौरी विष संकलन उपकरण, कृषि उपकरणहरू, घाँस काट्ने मेसिन, मदिरा (वाइन) निर्माण, स्मार्ट पानी ट्यांकी, कफी तथा बहुउद्देश्यीय रोस्टर, तथा रक्षा क्षेत्रमा प्रयोग गर्न सकिने सशस्त्र रोबोट लगायत रहेका छन्।


कोरोनाभाइरस महामारीको समयमा डा. पुनको निस्वार्थ र दृढ नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्रले १५,००० भन्दा बढी व्यक्तिगत सुरक्षा सामग्री (PPE) उत्पादन गरी नेपालका सातै प्रदेशका ५८ जिल्लामा रहेका ३०० भन्दा बढी अस्पतालहरू—विशेषतः स्वास्थ्य संस्था, कोरोनाभाइरस आइसोलेसन केन्द्रहरू तथा कोरोना परीक्षण तथा उपचार अस्पतालहरू—लाई निःशुल्क रूपमा वितरण गरेको थियो।


डा. पुनले आफ्नो नाममा भएको रू. ३ करोड पर्ने पोखराको बेगनास ताल नजिकै रहेको २७ रोपनी जग्गा 'राष्ट्रिय आविस्कार केन्द्र' लाई अनुदान दिई सकेकाछन्। डा. पुन पनि एक समय अमेरिका बसेका भूतपूर्व अमेरिकी नेपाली एनआरएन हुन्। उनी अमेरिकी विश्वविद्यालय युनिभर्सिटी अफ नेब्रास्काबाट शिक्षामा मास्टर्स गरेर नेपालमा केही गरौं भन्दै मातृभूमि फर्केका कर्मवीर नेपाली आमाका सच्चा भूमिपुत्र हुन्।



विश्वमै ख्याती


डा. पुनले सन् २००२ देखि आफ्नो जन्मथलो म्याग्दी जिल्ला र वरिपरीका जिल्ला र गाउँलाई ईण्टर्नेटबाट जोड्ने वायरअलेस प्रोजेक्ट शुरु गरेका थिए जसबाट १५ जिल्लाका १७५ गाबिसहरुका लाखौं जनताहरु ग्रामिण वायारलेस ईण्टरनेट सुबिधाबाट लाभान्बित हुन पुगेका थिए जसको कारण सन् २०१४ मा ईण्टरनेट सोसाईटीले डा. पुनलाई नेपालमा वायरलेस टेक्नोलोजी गाउँगाउँमा पुर्याउन महत्वपूर्ण भूमिका निभाएकोमा जोनाथन बि पोस्टेल सर्भिस पुरस्कारबाट सम्मानित गरेको थियो ।


डा. पुनलाई आफ्नो मातृभूमि नेपाल फर्केर उल्लेखनीय सामाजिक कार्य गरे वापत उक्त विश्वविद्यालयले सन् २००७ मा अनरेरी डाक्टर अफ लेटर्स बिद्यावारिधीबाट सम्मानित गरेको छ । सन् २००७ मै डा. पुनलाई एशियाको नोबेल पुरस्कार मानिने पूर्व फिलिपिनो राश्ट्रपतिको नाममा स्थापित मागसायसाय पुरस्कारद्वारा सम्मानित गरिएको थियो भने उनी सन् २००२ को अशोका फेलो पुरस्कार बिजेता पनि हुन् ।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page