top of page

विश्व क्यान्सर दिवसको अवसरमा काठमाडौंमा सचेतना साइकल र्‍याली

Updated: Feb 5, 2023

Updated: Exclusive: विश्व क्यान्सर दिवस फेब्रुवरी ४ को अवसरमा क्यान्सरविरुद्ध सचेतना फैलाउन अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको 'अन्नपूर्ण पोस्ट राइड फर लाइफ-२०२३' साइकल र्‍यालीमा सोह्र सय काठमाडौंवासीहरू सहभागिता रहे। मौका मिल्नासाथ साईकल यात्रा गरीरहने नवनिर्वाचित उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यमा आयोजित साइकल र्‍यालीपछि उपसभामुख रानामगरले आगामी वर्षहरूको सचेतना साइकल र्‍यालीको निम्ति सद्भावनादूत बन्न स्वीकार गरेकिछिन्। विश्वभर झण्डै पौने दुई करोड क्यान्सर रोगबाट संक्रमित जनसंख्या रहेको अनुमान गरिन्छ।


विश्व क्यान्सर दिवस फेब्रुवरी ४ को २०२२-२०२४ को नारा Close the Gap: Everyone deserves access to cancer care रहेको छ। यो दिवस Union for International Cancer Control (UICC) द्वारा शुरू गरिएको दिवस हो।



अन्नपूर्ण नेटवर्कले वार्षिक कार्यक्रम अन्तर्गत क्यान्सरविरुद्ध सचेतना जगाउन आयोजना गरेको "अन्नपूर्ण पोस्ट राइड फर लाइफ-२०२३" साइकल र्‍याली अन्नपूर्ण पोस्टको कर्पोरेट टावर तीनकुनेबाट सुरु भएको र्‍याली गौशाला, चावहिल, नारायण गोपाल चोक, बसुन्धारा, गोंगबु, बालाजु चोक, सोह्र खुट्टे, अमृत साइन्स कलेज, थमेल चोक (गा हल), कान्तिपथ, जमल, भद्रकाली,  सुन्धारा,  त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बिजुली बजार पुल, यूएन पार्क,  महादेवस्थान मन्दिर अगाडिको पुल, तीनकुने पुल हुँदै अन्नपूर्ण पोस्टको कर्पोरेट टावरमा आएर समापन भएको थियो।


'अन्नपूर्ण पोस्ट राइड फर लाइफ-२०२३' नारा दिइएको र्‍यालीलाई प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले उद‍्घाटन गरेकी थिईन्।

0 comments
bottom of page