top of page

अमेरिकी नेपाली साहित्यिक संस्था अनेसासमा सतप्रतिसत महिला नेतृत्व चयन

Exclusive: अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) न्यू योर्क  च्याप्टरको निर्वाचनबाट आगामी २ वर्ष (२०२३-२०२५)  को कार्यकालको लागि सतप्रतिसत महिला नेतृत्व चयन भएको छ । नेपाली अमेरिकी संघसंस्थाहरूमा महिला नेतृत्वको खडेरी हुने गरेको छ भने महिला प्रतिनिधित्वलाई नजरअन्दाज गर्दै नेपाली पुरूषहरूले प्राय सबै महत्वपूर्ण पदहरूमा बर्चस्व कायम राख्दै आएकोमा अनेसास न्यू योर्क च्याप्टरले सबै पदाधिकारी पदहरूमा महिला नेतृत्व चुनेर उदाहरणीय परम्पराको शुरूवात गरेकोछ।


सो च्याप्टरको अध्यक्षमा साहित्यिकार लक्ष्मी  श्रेष्ठ निर्वाचित भएकिछिन् भने उपाध्यक्षमा जानुका वस्ती ढकाल, महासचिवमा नदिया लिबांग लिम्बु, सचिवमा मेनका पराजुली र कोषाध्यक्षमा सिर्जना लामा निर्विरोध निर्वाचित भएकाछन्।


विश्वभर ८० भन्दा वढी मुलुकमा अनेसास विस्तार भएकोछ।

0 comments
bottom of page