न्यू योर्कमा व्यावसायी समीर महर्जनद्वारा आमाको नाममा अष्ट माया फाउण्डेसनको स्थापना

Exclusive: न्यू योर्क सहरका चर्चित नेपाली व्यावसायी समीर महर्जनले आफ्नो परिवारसंग मिलेर आफ्नी ८५ वर्षीय आमा अष्ट माया महर्जनको नाममा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर च्यारिटेबल संस्था ‘अष्ट माया फाउण्डेसन’ को स्थापना गरेकाछन्। दश हजार डलर सिड फण्डिंगबाट शुरू गरिएको फाउण्डेसनको उदघाटन सामाजिक अभियन्ता डा. विष्णुमाया परियार र युनाईटेड शेर्पा एशोसियसनकी नवनिर्वाचित प्रथम महिला प्रेसिडेंट छिरिंग शेर्पाले संयुक्तरूपमा गरेका थिए। न्यू योर्कको ज्याक्सन हाईट्सस्थित समीर महर्जन र उनकी श्रीमति सूर्य श्रेष्ठ महर्जनद्वारा संचालित कुईन्स डाईमण्ड एण्ड ज्वेलरीको लक्जरी सेक्सनको शुरूवातीसंगै स्थापना गरिएको फ़ाउण्डेशनले नेपालमा आर्थिक सक्षमता, समानता र शिक्षामा अनुदान गर्ने जनाएकोछ।

उक्त उद्घाटन समारोहमा कुईन्स डाईमण्ड एण्ड ज्वेलरी कम्पनीले समाजमा पुर्याएको योगदानको कदर गर्दै डा. विष्णुमाया परियार र युनाईटेड शेर्पा एशोसियसनकी नवनिर्वाचित प्रथम महिला प्रेसिडेंट छिरिंग शेर्पालाई सम्मान समेत गरेको छ।

को हुन् आमा अष्ट माया महर्जन ?