न्यू योर्कमा 'बाजेको सेकुवा' को रिओपनिंग
- Nepalism.com
- Mar 10, 2023
- 1 min read

Bajeko Sekuwa New York reopening
Special: न्यू योर्क सहरको सनीसाईड, कुईन्समा नेपाल बाहिर खुलेको पहिलो नेपाली ब्राण्ड रेस्टुरेण्ट 'बाजेको सेकुवा' को रिओपनिंग गरिएको छ । नेपाली परिकारका पारखी अमेरिकन र नेपालीहरूलाई लक्षित गरी सन्२०१८ मा खोलिएको 'बाजेको सेकुवा दि हिमालयन ग्रिल' ले लोकप्रियताको शिखर चढ्दै गर्दा सन् २०२१ को अगष्टमा आगलागीको कारण बन्द गर्नु परेको थियो भने डेढ वर्षपछि दुई तल्लामै बार, लाईभ म्युजिक र नेपालीपनको थप सजावटकासाथ मार्च १० तारिखदेखि रिओपनिंग गरिने भएकोछ ।
न्यू योर्कका पाँच नेपाली व्यावसायीहरू पदम गुरुङ(Namuna Gau), सुरेन्द्र रायमाझी (Surendra Rayamajhi), दीपक भण्डारी (Deepak Bhandari), गणेश लम्साल र केदार श्रेष्ठले नेपालमा नाम चलेको बाजेको सेकुवा ब्राण्डको फ्रेन्चाईजको रूपमा यो रेष्टुरेण्ट खोलेका हुन्। यो समूहले अमेरिकाको टेक्सास राज्यमा पनि विगत डेढ वर्षदेखि सोही नामको रेष्टुरेण्ट सन्चालनमा ल्याई सकेकोछ भने भविष्यमा अन्य अमेरिकी राज्यहरूमा पनि रेष्टुरेण्ट खोल्ने तयारी गरिरहेको व्यावसायी पदम गुरुङले नेपालिजमलाई जानकारी गराए।
बाजेको सेकुवा रेष्टुरेण्टको मेनु र विशेष मसाला नेपालकै बाजेको सेकुवा रेष्टुरेण्ट कम्पनीबाट उत्पादन गरिएको प्रयोग गरिन्छ। पाँच प्रोप्राइटर मध्येका सुरेन्द्र रायमाझी नेपाल गएर बाजेको सेकुवा रेस्टुरेण्टमा दुई महिने कुक ट्रेनिङ लिएर आएका यहाँका प्रमुख सेफ (कूक) हुन् । लोकप्रिय मौलिक मेनुहरुमा सेकुवा (खसी), टाउको फ्राई (खसी), सुकुटी साँदेको (खसी), बँदेल दामेको, काठ्माण्डु खाजा सेट र भुटन (खसी) छन् । नेपालको जस्तै स्वाद कायम गर्न जंगली बँदेल (वाईल्ड बोर) टेक्सास राज्यबाट झिकाइन्छ जुन धाराने कालो बँदेलको जस्तै स्वाद आउँछ भने सिंगो खसी न्यू जर्सीबाट ल्याईन्छ ।
तीस वर्ष अघि दीनानाथ भण्डारी बाजेले काठमाण्डौंको त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थल अघिल्तिरको चौरमा शुरू गरेको बाजेको सेकुवा नेपालमा एक दर्जन बढी सन्चालनमा छ भने नेपाल बाहिर न्यू योर्कको सनीसाईडमा पहिलो बाजेको सेकुवा रेष्टुरेण्ट खोलिएको हो ।
Comments