रास्वपाको अभूतपूर्व जीतसंगै बालेनको सत्तारोहण, जनताको सपना पुरा होला?
- Nepalism.com

- 2 days ago
- 7 min read

Updated: Exclusive: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुई तिहाई बहुमत सरकारको प्रमुखको रूपमा सो पार्टीका वरिष्ठ नेता, पैंतीस वर्षीय बालेन्द्र शाह (बालेन) ले नेपालको ४० औं प्रधानमन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन्। यससंगै उनी आधुनिक नेपालका सबैभन्दा कान्छा प्रधानमन्त्री पनि बनेका छन्। यसैबिच, रास्वपाको १५ सदस्सीय बालेन सरकारको मन्त्रिमण्डलमा डा. स्वर्णिम वाग्ले- अर्थ, सुधन गुरुङ- गृह, शिशिर खनाल- परराष्ट्र, सुनिल लम्साल- भौतिक पूर्वाधार, विराजभक्त श्रेष्ठ- ऊर्जा, खड्कराज पौडेल (गनेश)- पर्यटन, सस्मित पोखरेल- शिक्षा, निशा मेहता- स्वास्थ्य, विक्रम तिमिल्सिना- सञ्चार, प्रतिभा रावल- सामान्य प्रशासन, दीपक साह- श्रम, सोविता गौतम- कानुन, सीता वादी- महिला, बालबालिका र ज्येष्ठ नागरिक, गिता चौधरी- कृषि मन्त्री नियुक्त भएकाछन्। मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ गराएकाछन्।

प्रधानमन्त्रीका रूपमा शाहले मार्च २६ तारिख (चैत्र १३) शुक्रबार दिउँसो १२ः३४ बजे साइत जुराएरै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । शपथग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद गरिएको थियो भने १०८ ब्राह्मण बटुक पुजारीबाट स्वस्ति शान्ति वाचन र १०७ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो। शपथग्रहणपछि शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पदभार ग्रहण गरेकाछन् । प्रतिनिधिसभा संसद को २७५ सिटमा रास्वपाका १८२ जना सांसद छन्। यो कूल सिटको ७२.८ प्रतिशत हो। नेपालको प्रजातान्त्रिक संसदीय इतिहासमा रास्वपाले पहिलो पटक यति ठूलो जनमत पाएको हो।

पाँच जना महिला प्रतिनिधित्व (३३.३३ प्रतिशत) सहित बालेन मन्त्रिमण्डलको सूचीः
१.बालेन्द्र शाह- प्रधानमन्त्री, रक्षा र उद्योग
२.स्वर्णिम वाग्ले- अर्थ
३.सुधन गुरुङ- गृह
४.शिशिर खनाल- परराष्ट्र
५.सुनिल लम्साल- भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास
६.विराजभक्त श्रेष्ठ- ऊर्जा जलस्रोत तथा सिंचाइ
७.खड्कराज पौडेल (गनेश)- पर्यटन
८.सस्मित पोखरेल- शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद
९.निशा मेहता- स्वास्थ्य तथा जनसंख्या
१०.विक्रम तिमिल्सिना- सञ्चार
११.प्रतिभा रावल- सामान्य प्रशासन
१२.दीपक साह- श्रम
१३.सोविता गौतम- कानुन
१४.सीता वादी- महिला, बालबालिका र ज्येष्ठ नागरिक
१५.गिता चौधरी- कृषि
यो पनि पढ्नुहोस्ः
रास्वपाले तीन वर्षमै ८६६.६ प्रतिशत बढी सांसद कसरी जित निकाल्यो?

Exclusive: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन वर्ष अघि सम्पन्न नेपालको आमनिर्वाचनमा २१ जना सांसद जित निकालेर प्रतिनिधिसभामा चौंथो ठूलो दल बनेको थियो भने जेनजी आन्दोलनपछि गत फागुन २१ मा सम्पन्न आमनिर्वाचनमा १८२ स्थानमा जित निकालेर देशको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। अंकगणितीय भाषामा बि.सं. २०७९ सालको चुनावी परिणामभन्दा यस पटक बि. सं. २०८२ सालको नतिजा ८६७ (८६६.६७) प्रतिशत बढी जित निकालेको हो। रास्वपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमा १२५ सिट जितेर तल्लो सदनको कूल साँसद संख्याको ७५.७६ प्रतिशत पदमा रास्वपाले आफ्नो पकड जमाएको छ भने समानुपातिकतर्फको ११० पदमा ५७ जना पाएर कूल समानुपातिकमा ५१.८२ प्रतिशत पदमा आफ्नो सांसद विजयी बनाउन सफल भएको छ। यो ऐतिहासिक सफलता र विरासतलाई कायम गर्न रास्वपाले जनताले महशुस गर्ने गरी सुशासनको प्रत्याभूति दिनु पर्ने छ भने जनताका दिनदैन्निकीमा राहत, युवा रोजगारी सृजना र भ्रष्टाचारको समूल नष्ट गर्न भ्रष्टाचारीहरूलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने गहन जिम्मेवारी र चुनौती छ।
Read details news at:
समानुपातिक निर्वाचन प्रणालीतर्फ १,१२,८०,६१७ मत खसेकोमा १,०८,३५,०२५ (९६.०५%) मत सदर भएको निर्वाचन आयोगले जानकारी गराएको छ। समानुपातिकतर्फ रास्वपाले कूल समानुपातिक मत ५१,८३,४९३ प्राप्त गरेको छ जुन कुल समानुपातिक मतको ४७.४८ प्रतिशत मत प्राप्ति हो। यस अनुसार रास्वपाको तर्फबाट ५७ जना समानुपातिक साँसदहरूको सूची निर्वाचन आयोगले प्रमाणित गरेको छ।

उता प्रतिनिधिसभा सदस्यको लागि कुल १,८९,०३,६८९ मतदातामध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १,११,६८,०३२ मतदान खसेको र त्यसमध्ये १,०५,५९,०१७ (९४.५५%) मत सदर भएको निर्वाचन आयोगले जानकारी गराएको छ।
निर्वाचन आयोगले प्रकाशन र प्रमाणित गरेको रास्वपाको तर्फबाट ५७ जना समानुपातिक साँसदहरूको सूची यस प्रकार छः
खस–आर्यतर्फः
१.प्रतिभा रावल
२.रचना खतिवडा खत्री
३.लिमा अधिकारी आचार्य
४.विदुषी राणा
५.समीक्षा बास्कोटा
६.श्रद्धा कुवर क्षेत्री
७.टीका संग्रौला (पिछडिएको क्षेत्र)
८.क्रान्तिशिखा धिताल
९.आकृति अवस्थी
१०.सृष्टि भट्टराई
११.मन्जु भुसाल
१२.प्रभा कार्की
१३.शोभा खनाल
१४.रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र)
१५.ज्ञानु पौडेल
१६.प्रभा ढकाल
१७.रमेश प्रसाईं (अपांगता)
थारूतर्फः
१८.गीता चौधरी
१९.करिश्मा कठरिया
२०.सुरेन्द्र चौधरी
२१.प्रेमलाल चौधरी
मुस्लिमतर्फः
२२.समिना मियाँ
२३.अफ्सना बानु
२४.गजाला शमिम मिकरानी
मधेसीतर्फः
२५.पुनमकुमारी अग्रवाल
२६.निशा मेहता
२७.ललिता कुमारी
२८.डा. अंकिता ठाकुर
२९.सरिता महतो
३०.कामिनी कुमारी
३१.सुनिताकुमारी चौधरी
३२.पुरुषोत्तम सुप्रभात यादव
३३.खगेन्द्र कर्ण
दलितकर्फः
३४.रिमा विश्वकर्मा
३५.अमृता विक
३६.सीता बादी
३७.स्मृति सेन्चुरी
३८.सुष्मा स्वर्णकार (डिम्पल)
३९.तारा विश्वकर्मा
४०.खिमा विक
४१.प्रकाशचन्द्र परियार (दर्जी)
आदिवासी जनजातितर्फः
५२.बसुमाया तामाङ
४३.गंगा छन्त्याल
४४.सुम्निमा उदास
४५.अनुष्का श्रेष्ठ
४६.ओजश्वी शेरचन
४७.सिर्जना श्रेष्ठ
४८.रजनी श्रेष्ठ
४९.कुसुम महर्जन
५०.भूमिका श्रेष्ठ
५१.प्रमिला कुलुज
५२.सुजाता तामाङ
५३.कृपा महर्जन
५४.एलिजा गुरुङ
५५.डा. राम लामा
५६.खुस्बुसरकार श्रेष्ठ
५७.मिङमा ग्याबु शेर्पा
त्यसैगरी, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने देहायका ६ दलहरुबाट निम्नानुसारको संख्यामा उम्मेदवारहरु निर्वाचित हुनेगरी दलले प्राप्त गर्ने सिट संख्या निर्धारण भएको छः
राजनीतिक दलको नाम र निर्वाचित हुने समानुपातिक संख्याः
१. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५७
२. नेपाली कांग्रेस (नेका) २०
३. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (एमाले) १६
४. नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ९
५. श्रम संस्कृति पार्टी ४
६. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४
राजनीतिक दलको नाम र प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रत्यक्षतर्फको संख्याः
१. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५
२. नेपाली कांग्रेस (नेका) १८
३. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (एमाले) ९
४. नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ८
५. श्रम संस्कृति पार्टी ३
६. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १
७. स्वतन्त्र १
अन्य दलहरूको समानुपातिक सूची ईमेज फाईलमा हेर्नुहोला।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फ विजयी १२५ सांसदहरूको सूचीः
१. रन्जु दर्शना न्यौपाने — काठमाडौं–१
२. सुनिल के.सी. — काठमाडौं–२
३. राजु नाथ पाण्डे — काठमाडौं–३
४. पुकार बम — काठमाडौं–४
५. सस्मित पोखरेल — काठमाडौं–५
६. शिशिर खनाल — काठमाडौं–६
७. गणेश पराजुली — काठमाडौं–७
८. विराज भक्त श्रेष्ठ — काठमाडौं–८
९. डोल प्रसाद अर्याल — काठमाडौं–९
१०. प्रदिप विष्ट — काठमाडौं–१०
११. बुद्ध रत्न महर्जन — ललितपुर–१
१२. जगदिश खरेल — ललितपुर–२
१३. तोसीमा कार्की — ललितपुर–३
१४. रुकेश रन्जित — भक्तपुर–१
१५. राजीव खत्री — भक्तपुर–२
१६. हरि ढकाल — चितवन–१
१७. रवि लामिछाने — चितवन–२
१८. सोविता गौतम — चितवन–३
१९. निशा डाँगी — झापा–१
२०. इन्दिरा राना मगर — झापा–२
२१. प्रकाश पाठक — झापा–३
२२. शम्भु प्रसाद ढकाल — झापा–४
२३. वालेन्द्र शाह — झापा–५
२४. सुनिल लम्साल — रूपन्देही–१
२५. सुलभ खरेल — रूपन्देही–२
२६. डा. लेखजंग थापा — रूपन्देही–३
२७. कन्हैया बनिया — रूपन्देही–४
२८. तौफिक अहमद खान — रूपन्देही–५
२९. सागर ढकाल — गुल्मी–१
३०. गोविन्द पन्थी — गुल्मी–२
३१. धनन्जय रेग्मी — स्याङजा–१
३२. झवि लाल डुम्रे — स्याङजा–२
३३. लाल बिक्रम थापा — सुनसरी–२
३४. अशोक कुमार चौधरी — सुनसरी–३
३५. दीपक कुमार साह — सुनसरी–४
३६. यज्ञमणि न्यौपाने — मोरङ–१
३७. कृष्ण कुमार कार्की — मोरङ–२
३८. गणेश कार्की — मोरङ–३
३९. सन्तोष राजवंशी — मोरङ–४
४०. आशा झा — मोरङ–५
४१. रुबिना आचार्य — मोरङ–६
४२. नितिमा भण्डारी (कार्की) — सर्लाही–१
४३. रबिन महतो — सर्लाही–२
४४. नरेन्द्र साह कलवार — सर्लाही–३
४५. अमरेश कुमार सिंह — सर्लाही–४
४६. राजन गौतम — नवलपरासी (पू.)–१
४७. मनिष खनाल — नवलपरासी (पू.)–२
४८. विक्रम खनाल — नवलपरासी (प.)–१
४९. नरेन्द्र कुमार गुप्ता — नवलपरासी (प.)–२
५०. राम विनोद यादव — धनुषा–२
५१. मनिष झा — धनुषा–३
५२. राज किशोर महतो — धनुषा–४
५३. देवराज पाठक — दाङ–१
५४. विपिन कुमार आचार्य — दाङ–२
५५. कमल सुबेदी — दाङ–३
५६. बब्लु गुप्ता — सिराहा–१
५७. शिव शंकर यादव — सिराहा–२
५८. शम्भु कुमार यादव — सिराहा–३
५९. तपेश्वर यादव — सिराहा–४
६०. गणेश धिमाल — बारा–१
६१. चन्दन कुमार सिंह — बारा–२
६२. अरविन्द साह — बारा–३
६३. रहवर अंसारी — बारा–४
६४. खडक राज पौडेल — कास्की–१
६५. उत्तम प्रसाद पौडेल — कास्की–२
६६. बिना गुरुङ — कास्की–३
६७. आसिका तामाङ — धादिङ–१
६८. बोध नारायण श्रेष्ठ — धादिङ–२
६९. स्वर्णिम वाग्ले — तनहुँ–१
७०. श्रीराम न्यौपाने — तनहुँ–२
७१. पुष्पा कुमारी चौधरी — सप्तरी–१
७२. रामजी यादव — सप्तरी–२
७३. अमर कान्त चौधरी — सप्तरी–३
७४. सिताराम साह — सप्तरी–४
७५. मोहन लाल आचार्य — कपिलबस्तु–१
७६. विक्रम थापा — कपिलबस्तु–२
७७. जनक सिंह धामी — कञ्चनपुर–१
७८. दिपक राज बोहरा — कञ्चनपुर–२
७९. ज्ञानेन्द्र सिंह महता — कञ्चनपुर–३
८०. प्रमोद कुमार महतो — महोत्तरी–१
८१. दिपक कुमार साह — महोत्तरी–२
८२. उज्ज्वल कुमार झा — महोत्तरी–३
८३. गौरी कुमारी — महोत्तरी–४
८४. सुधन गुरुङ — गोरखा–१
८५. कविन्द्र बुर्लाकोटी — गोरखा–२
८६. पारश मणि गेलाल — उदयपुर–१
८७. सुर्य बहादुर तामाङ — उदयपुर–२
८८. प्रकाश गौतम — मकवानपुर–१
८९. प्रशान्त उप्रेती — मकवानपुर–२
९०. बुद्धि प्रसाद पन्त — पर्सा–१
९१. सुशील कुमार कानु — पर्सा–२
९२. रामाकान्त प्रसाद चौरसिया — पर्सा–३
९३. टेक बहादुर शाक्य — पर्सा–४
९४. ठाकुर सिंह थारु — बर्दिया–१
९५. श्रीधर पोख्रेल — बर्दिया–२
९६. सुरेश कुमार चौधरी — बाँके–१
९७. खगेन्द्र सुनार — बाँके–३
९८. राजेश कुमार चौधरी — रौतहट–१
९९. रविन्द्र पटेल — रौतहट–३
१००. गणेश पौडेल — रौतहट–४
१०१. विक्रम तिमिल्सिना — नुवाकोट–१
१०२. अचुत्तम लामिछाने — नुवाकोट–२
१०३. कोमल ज्ञवाली — कैलाली–१
१०४. के.पी. खनाल — कैलाली–२
१०५. जगत प्रसाद जोशी — कैलाली–३
१०६. खेम राज कोइराला — कैलाली–४
१०७. आनन्द बहादुर चन्द — कैलाली–५
१०८. धनेन्द्र कार्की — सिन्धुली–१
१०९. आशिष गजुरेल — सिन्धुली–२
११०. मधु कुमार चौलागाई — काभ्रेपलाञ्चोक–१
१११. बदन कुमार भण्डारी — काभ्रेपलाञ्चोक–२
११२. सुशील खड्का — बाग्लुङ–१
११३. सोम शर्मा — बाग्लुङ-२
११४. भरत प्रसाद पराजुली — सिन्धुपाल्चोक–१
११५. हरी प्रसाद भुसाल — अर्घाखाँची–१
११६. जगदीश खरेल — दोलखा–१
११७. सागर भुसाल — पर्वत–१
११८. धर्म राज के.सी. — लमजुङ–१
११९. सुशान्त वैदिक — प्यूठान–१
१२०. माधव बहादुर थापा — पाल्पा–२
१२१. कृष्ण हरी बुढाथोकी — रामेछाप–१
१२२. विश्व राज पोखरेल — ओखलढुंगा–१
१२३. रमेश कुमार सापकोटा — सुर्खेत–२
१२४. हरि मोहन भण्डारी — बैतडी–१
१२५. तारा प्रसाद जोशी — डडेलधुरा–१

निलो छाल: नेपालमा परिवर्तनको सुनामी
Exclusive: नेपालमा फागुन २१ (मार्च ५) मा सम्पन्न आमनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनताको स्पष्ट जनादेश (म्यान्डेट) पाएकोछ। चुनाव अघि पुराना नेताहरूले जनमतको सुनामी The Revolution of Blue Wave (परिवर्तनको निलो छाल) आउँदै गरेको चाल नै पाएनन् । जसका कारण देशका ठूला, पुराना, अनुभवी र विरासत भएका भनिने दलहरू नेपालको नवनिर्वाचित प्रतिनिधिसभा संसदमा निरिह प्रतिपक्षको रूपमा खुम्चिनु पर्ने परिस्थिति आएको छ।
जेनजी आन्दोलन
जेनजी आन्दोलन जसले झण्डै दुईतिहाईको मिलिजुली एमाले-कांग्रेस गठबन्धनलाई धरासायी बनायो र तिनका नेताहरू हेलिकप्टरमा भाग्न वाध्य पार्यो, उनीहरूले यस्तो भाष्य बनाउने प्रयास गरे कि जेनजीहरू विध्वंसकारी, आतंककारी र देश जलाउनेहरू यिनै जेनजीहरू हुन्। तर जनता जनार्दन रहेछन्, उनीहरूले नेताहरूका कुरा पत्याएनन् बरू उल्टै पुराना दलहरूका प्रायः सबै पुराना नेताहरूलाई मतदानबाट पराजित गरिदिए।

निलो क्रान्ति
एक थोपा रगत नबगाई मत परिवर्तनबाट व्यवस्था हैन अवस्था परिवर्तन गर्ने खुल्ला आँखाले देखेको सपनालाई रास्वपा सभापति रवि लामिछानेले निलो क्रान्तिको नाम दिएका थिए। आज मुलुक त्यहीं निलो क्रान्तिको ऐतिहासिक उत्कर्षमा पुगेको छ।

बालेन फ्याक्टर
रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको बालेन फ्याक्टरले पहिलो पटक पुरै मधेसलाई काठमाण्डूसंग जोडेको छ। हिमाल, पहाड र मधेसको दुरी अब मेटिदो छ। नेपालको राजनीति अब देशलाई समृद्ध बनाउने हुनु पर्छ। नेपाली जनताले कुनै क्षेत्र, भेग, जातजातिको राजनीतिभन्दा माथि उठेर अब देश बनाउने स्पष्ट जनादेश दिएका छन्।

रास्वपाको ग्रहुंगो जिम्मेवारी
रास्वपालाई अब कुनै वहाना बनाउने (execuse) छुट छैन। होईन र हैन भन्न पाईदैन। भ्रष्टाचारको अन्त्य गर्न शून्य सहलशीलता कायम गरी भ्रष्टाचारीलाई कार्यवाही हुनु पर्यो। देशको समग्र विकास र सुशासनको प्रत्याभूति देखिने गरी हुनु पर्यो।

प्रवासी नेपालीको अधिकारको सुनिश्चितता
संविधान प्रदत्त प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउने अधिकार सुनिश्चित हुनु पर्यो किनकी एक तिहाई जनसंख्या नेपाली विदेशमा छन्। रास्वपाले आफ्नो नागरिक करारनामामा प्रण गरेको प्रवासमा रहेका नेपालीहरूलाई वंशजको नागरिकताको निरन्तरता प्रदान गर्ने कायम गर्ने गरी संविधान संशोधन गरी सो अधिकारको सुनिश्चितता गर्नु पर्यो।
अहिलेलाई शंकाको लाभ दिने मात्र हैन, आशा र विश्वास गरौं, रास्वपाले नेपालीले देखेको सपना पुरा गर्छ र देश बनाउँछै बनाउँछ।




Comments